Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई
    कनकाई नगरपालिका

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    कनकाई खबरBy कनकाई खबर२०८३ बैशाख ११, शुक्रबार २१:४६ गते3 Mins Read

    बिर्तामोड \ नयाँ सरकारले लोकतान्त्रिक अधिकार खोस्ने प्रयास गरिरहेको नागरिक अगुवाहरुले बताएका छन् । लोकतन्त्र दिवसको अवसरमा रेडियो भिजनले आयोजना गरेको कार्यक्रममा अगुवाहरुले लोकतन्त्रमाथि धावा नबोल्न चेतावनी दिए ।

    झापाको बिर्तामोडमा आयोजिक नागरिक स्वतन्त्रता र राज्यको सीमा विषयक कार्यक्रममा अधिकांश वक्ताहरुले लोकतन्त्रमाथि गलत नजर नलगाउन सुझाव दिएका छन् । नागरिकको लोकतान्त्रिक अधिकारमाथि बालेन शाह नेतृत्वको सरकारले प्राकृतिक न्यायको सिद्धान्त समेत पालना नगरेको उनीहरुको भनाई थियो । अधिकांशले बोल्न पाउने, संगठिन हुन पाउने अधिकार र लोकतन्त्रको मजबुद आधार मिडिया क्षेत्रमाथि सरकार गलत रुपमा प्रस्तुत भएको धारणा राखेका थिए ।
    जनताको संघर्षबाट ल्याएको लोकतान्त्रिक व्यवस्थालाई सरकारले हल्का रुपमा लिए त्यसको परिणाम पनि भोग्न तयार हुनुपर्ने भनाई राखेका थिए । उद्बोधन कार्यक्रममा पत्रकारका नेता, विद्यार्थी संगठनका नेता, कर्मचारीका नेता र स्थानीय तहका प्रमुखले सम्बोधन गरेका थिए ।

    नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सदस्य वशिष्ठ अधिकारीले मुलुकको परिवर्तनमा कर्मचारीहरुको भूमिका स्मरण गर्न आग्रह गरेका छन् । लोकतन्त्रका लागि कर्मचारीको योगदान नभुल्न आग्रह गर्दै उनले मुलुकको निर्माणमा सधैंमा सहयोग रहने बताए । कर्मचारीको अधिकार कुण्ठित नगर्न भन्दै उनले दलहरुले प्रयोग मात्रै गरेको आरोप लगाए । दलहरुलाई राज्य सञ्चालनका लागि असाध्यै सहयोग गर्यौं, तर कर्मचारीहरुको अधिकार र कानुन निर्माणमा खासै सहयोग हुन सकेन ।

    अनेरास्ववियू कोशी प्रदेश अध्यक्ष नारायण पोखरेल, अनेरास्ववियू ९क्रान्किारी० का कोशी प्रदेश सचिव राजन चापागाँई, नेपाल बिद्यार्थी संघ ९नेविसंघ० झापा अध्यक्ष संजय निरौलाले सरकार पहिलो चरणमै गलत बाटोमा लागेको धारणा व्यक्त गरे । सरकारका राम्रा कामहरुको समर्थनमा लाग्ने बताउँदै उनीहरुले लोकतान्त्रिक अधिकार खोस्ने प्रयास नगर्न चेतावनी दिए । विद्यार्थी नेताहरुले वर्तमान सरकारले विद्यार्थी संघ संगठनहरु खारेज गर्ने निर्णय गरेर ठुलो गल्ती गरेको बताए ।

    सरकारलाई गल्ती सच्याउन सुझाव दिदैं उनीहरुले विद्यार्थीहरुलाई सडकमा उत्रिन बाध्य नबनाउन चेतावनी दिए । उनीहरुले यसअधिका कठिन व्यवस्थालाई घोडा टेकाएको स्मरण गराउँदै लोकतान्त्रिक अधिकारलाई तलमाथि गरे सरकारलाई महंगो पर्ने स्पष्ट पारे । विद्यार्थी नेताहरुले लोकतान्त्रिक अधिकार नबुझ्नेहरु सामाजिक सञ्जालबाट गालीगलौचमा उत्रिएको बताए । लोकतन्त्रमा विरोध वा समर्थन गर्न छुट छ, गालीगलौच गर्न पाइदैन, उनीहरुले भने ।

    कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले सामाजिक सञ्जालमा बढ्दै गइरहेको नकारात्मक भावनाप्रति चिन्ता व्यक्त गरिन् । उनले लोकतान्त्रि शक्तिहरुमाथि भइरहेको प्रहारले मुलुकलाई ठिक ठाउँमा पुराउन नसक्ने स्पष्ट पारिन् । लोकतन्त्रको पक्षमा, विकृति विसंगतिका विरुद्ध बोल्दा सामाजिक सञ्जालबाट आक्रमण भइरहेको उनले सुनाइन् । अहिले सत्य र राम्रो विषयवस्तुमा बोल्दा लेख्दा गाली खानुपर्ने अवस्था आएको उनको भनाई थियो । प्रमुख अतिथि प्रसाईले भनिन्, हामी मुलुकको परिवर्तनका लागि गोली खान तयार भएका मान्छे हौं, गाली गरेर केही हुनेवाला छैन ।

    लोकतन्त्र दिवसको अवसर पारेर झापा बिर्तामोडको मेची भद्रपुर प्रकाशन प्रशारण प्रालिद्धारा सञ्चालित रेडियो भिजनले आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले सरकारले मिडिया क्षेत्रप्रति संवेदनशिल नभएको बताए । उनले मिडियाको अधिकार कटौतीका विरुद्ध पत्रकारहरु आन्दोलनमा रहेको बताए ।

    लोकतन्त्रको बलियो आधार मिडिया क्षेत्रलाई कमजोर बनाउने सोच नराख्न उनले सुझाव दिएका छन् । सरकारी विज्ञापन सरकारी मिडियालाई मात्र दिनुपर्ने बाध्यताले सरकार निजी मिडियाप्रति बायस भएको बताउँदै स्थानीय मिडियालाई पनि संरक्षण गर्नुपर्ने बताए । टेण्डरका सूचना सरकारी मिडियालाई दिनुपर्ने भनेर राज्यले गरेको सर्कुलरलाई आधार बनाएर केही स्थानीय तहले स्थानीय मिडियालाई समेत दिन नमिल्ने भाष्य निर्माण गरेकोप्रति आपत्ति जनाए ।

    रेडियो भिजनका सञ्चालक सुव्रत न्यौपानेले स्वागत गरेको कार्यक्रमको सहजीकरण रेडियो भिजनका प्रवन्ध निर्देशक गणेश पोखरेल गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.