Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » “मृत वा दिवंगत आत्माको चिरशान्तिको कामना” भन्ने लबजलाई हटाउँदै लैजाने हो कि !
    विचार

    “मृत वा दिवंगत आत्माको चिरशान्तिको कामना” भन्ने लबजलाई हटाउँदै लैजाने हो कि !

    कनकाई खबरBy कनकाई खबर२०७८ असार २७, आईतवार ०७:४५ गते5 Mins Read

    पुण्यप्रसाद खरेल

    हामी धेरैले कसैको निधनमा श्रद्धाञ्जली प्रकट गर्दा निधनलाई नै ‘परमपदप्राप्ति’, ‘वैकुण्ठबास’, ‘परमधाम गमन’, ‘स्वर्गलोक गमन’, ‘ब्रह्मलोक गमन’, ‘शिवलोक गमन’,वा यस्तै कुनै आनन्दको लोकमा गएको भन्ने गरेका छौं । व्यक्तिको निधन भएपछि रुढ अर्थमा ऊ मृत भयो । उसका सबै अङ्ग–प्रत्यङ्ग अब निरर्थक भए । भन्ने नै हो । अर्को कुनै लोक छैन भन्ने पनि आजको विज्ञानले पुष्टि गरिसकेको छ । मान्छे चन्द्रमा, मङ्गल ग्रहमा त चाहारिसक्यो नै । त्यसभन्दा माथि अनेक ताराहरु वा भौतिक पिण्डहरु भए पनि मान्छे मरेपछि जाने त कुनै त्यस्तो दैवी लोक कसैले पत्ता लगाएको पनि छैन र छँदा पनि छैन । तैपनि व्यक्तिको निधन हुँदा ‘ऊ रहेन’, ‘ऊ गयो !’ भन्ने हुँदा सान्त्वनाका लागि राम्रै ठाउँमा गयो वा पुगोस् ! भन्ने कामना राम्रै हो । तर त्यसपछि ‘मृतआत्माको’ वा ‘दिवंगत आत्माको’ चिर शान्तिको लागि कामना गर्छौं’ भन्ने पढ्दा वा सुन्दा अलिक यो छलफलको विषय लागेर मैले केही लेख्ने धृष्टता गरें ।

    नजान्नेले वा नबुझ्नेले त अरुअरुले आफूभन्दा जान्ने ठानेकाहरुले जे–जे भनेको वा लेखेको सुन्छन् देख्छन् त्यसै भन्नु लेख्नु स्वभाविक हो, तर आफूलाई जान्ने, समाजको अगुवा हुँ भन्नेहरुले पनि लतारिईरहेको देख्ता खसखस लागेर छलफल चलाउन चाहेको हुँ ।
    आत्माले शान्ति पाउने, त्यो पनि ‘मृत’ वा ‘दिवंगत’ आत्माले शान्ति पाउने कुरा छ यसमा । यो बारेमा बुझ्न पहिला त ‘आत्मा’ हुन्छ कि हुन्न ? यस बारेमा जानकारी हुनुपर्यो । दोस्रो आत्मा मर्छ कि मर्दैन ? तेस्रो कुरा आत्मा हुन्छ र मर्छ भने त्यो अशान्तिमा वा छट्पटाएको हुन्छ कि हुन्न भन्ने बारे जानकारीमा राखेर यो कुरा भनिनु वा लेखिनु पर्यो ।

    दुनियाँमा भएका दर्शनहरुले आत्मा बारे तीन वटा मत बनाएका छन्– एउटा मतले भन्छ आत्मा भन्ने कुरा हुँदै हुँदैन । भौतिकवादी दर्शन र बुद्ध दर्शनको मुख्य शाखाले भन्छ आत्मा हुँदैन । अर्थात् ती अनात्मवादी दर्शन हुन् । आफूलाई कम्निस्ट भन्नेहरु त द्वन्द्वात्मक भौतिकवादी दर्शनका पक्षधरहरु हुन् । ती अनात्मवादी नै हुन् । उनीहरुका अनुसार आत्मा भन्ने कुरा हुँदै त हुन्न । त्यसैले नभएको कुराको शान्ति न अशान्ति ? त्यो चर्चा गर्ने कुरै होइन ।

    दोस्रो मत छ, आत्मा हुन्छ, जीवसँगै जन्मन्छ र जीवसँगै मर्छ । जीवसँगै त्यो विलिनभएपछि त्यसको बेचैनी, छट्पटी वा अशान्ति त्यो जीव बाँच्ता सम्म मात्र हो । उसले बेचैनी वा छट्पटी बेहोर्दा सम्म मात्र हो । पछिल्ला समयमा केही बौद्ध, सांख्य, जैन दर्शनवालाले धर्ममा दर्शनलाई लतारेर त्यस्तो मानेको सुनिन्छ । यसमा पनि जीव मरिसकेपछि वा ऊ बितिसकेपछि र उसको अन्तिम संस्कार सकिएपछि आत्माको पनि अन्तिम संस्कार भइसकेको हुन्छ । अब उप्रान्त उसको शान्ति वा अशान्तिको कुरा बाँकी रहँदैन ।

    तेस्रो मत छ, आत्मा छ, हुन्छ र त्यो आत्मा अजर अमर छ भन्ने मत । यस बारेमा भने अलिक छलफल गरेर प्रष्ट हुनु पर्छ । यो मत मान्नेहरुका मुख्य ग्रन्थ भनेका बिभिन्न उपनिषद, ब्राह्मण सुत्रहरु, नीतिहरु नै हुन् । अझ ती सबै नीतिको सार रुपमा प्रस्तुत पुस्तक भगवद्गीता हो । भगवद्गीताले आत्मा बारेमा गरेका कुराको अलिकति चर्चा गरौं । त्यही गीताको दोस्रो अध्यायको २० औं श्लोकले भन्छ–
    न जायते म्रियते वा कदाचिन्नायं भूत्वा भविता वा नभूयः ।
    अजो नित्यः शाश्वतोयं पुराणो न हन्यते हन्यमाने शरीरे ।।

    अर्थात् यो ‘आत्मा’ न कहिल्यै जन्मन्छ, न मर्छ, न कहिल्यै थियो, न अब उत्पन्न हुने नै हो । यो त अजन्मा, नित्य रहनेवाला, कहिल्यै पुरानो नहुने, शरीर मरे पनि नमर्ने हो ।

    यस्तै त्यही दोस्रो अध्यायकै २३ औं श्लोकले भन्छ–
    नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः ।
    न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ।।

    अर्थात् आत्मा यति जब्बर छ कि यसलाई न त हतियारले काट्ता काटिन्छ, न आगोले डढाएर डढ्छ, न पानीले भिजाएर भिज्छ या न गिलो नै हुन्छ, न त हावाले सुकाएर नै सुकाउन सक्छ !
    फेरि तुरुन्त त्यहीं २४ औं श्लोकले भन्छ–
    अच्छेद्योऽयम् अदाह्योऽयम् अक्लेद्योऽशोष्य एव च ।
    नित्यः सवर्गतः स्थाणुरचलोऽयं सनातनः ।।

    अर्थात्, यो आत्मा काट्ता नकाटिने, डढाउँदा नडढ्ने, भिजाएर नभिज्ने वा नगल्ने, सुकाएर नसुक्ने हो । यो सदासदा नित्य, सर्वव्यापी, अचल, स्थीर सनातन रहने हो ।
    आत्मा हुन्छ भन्नेले मान्ने कुरा यिनै हुन् । आत्मा भोकाउँदैन, उसलाई जाडो हुँदैन, तिर्खा लाग्दैन, उसलाई शोकसुर्ता हुँदैन, उसले प्रधानमन्त्री हुनु पनि छैन र प्रधानमन्त्री भएपछि अब खुस्किन्छु कि भनेर तड्पिनु पनि छैन । उसलाई उनान्सयले भेटेर सय पार्ने ध्याउन्नामा धाइफल तोडिरहनु छैन । ऊ ‘भोक न भकारी शोक न सुर्ता’को स्थीर र शान्त हो । त्यसो हो भने ऊ कुन बेचैनीमा होला, कुन छट्पटाहटमा होला भनेर शान्तिको कामना गर्ने हो ? त्यसकारण सोचौं, सम्झौं त हामीले आत्माको शान्तिको कामना गरेर बुद्धिमानी गर्यौं त ?
    मेरो भनाइको तात्पर्य हो ‘आत्मा’ हुन्छ भन्ने मान्ने या नमान्ने कसैले पनि यस श्रद्धाञ्जली अर्पण गर्दाका बखत यो नभएको वा नमर्ने आत्मालाई ‘मृत वा दिवंगत’ भन्दै ‘आत्माको चिर शान्तिको कामना’ वेकारको लवज हो, यसको कुनै तुक छैन । तुक नभएको कुरा व्यक्त नगरौं ।
    हो बित्नुभएका व्यक्तिका लक्ष्यहरु बाँकी रहेका होलान्, केही कामनाहरु पूरा हुन बाँकी होलान् नै । किनभने कोही पनि कामनाहरु पूरा भएर अब मरे पनि भयो भन्ने अवस्थामा पुगेका हुँदैनन्, हुँदैनौ नै । त्यसकारण उहाँका कामनाहरु पूरा होऊन् है भनेर परिवारजनसँग कामना गर्नु मनासिव नै होला ! वा हामी सबै भएर उहाँका कामनाहरु पूरा गर्न मद्दत गरौं भन्नु पनि उचित नै हो ।
    त्यसकारण यो “मृत वा दिवंगत आत्माको चिरशान्तिको कामना” भन्ने लबजलाई हटाउँदै लैजाने हो कि !

    (साहित्यकार खरेलले आफ्नो मुहारपुस्तिकामा पोष्ट गर्नु भएको विचारलाई हामीले जस्ताको तस्तै प्रकाशित गरेका छौं ।)

    Advertisement :

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

    २०८३ असार २९, सोमबार ०७:१४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.