Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगरपालिकालाई संचारमैत्री सुशासन कायम गर्न प्रेस क्लवको ध्यानाकर्षण
    समाचार

    कनकाई नगरपालिकालाई संचारमैत्री सुशासन कायम गर्न प्रेस क्लवको ध्यानाकर्षण

    कनकाई खबरBy कनकाई खबर२०७८ असार ९, बुधबार १४:४४ गते2 Mins Read

    कनकाई खबर / झापाको कनकाई नगरमा क्रियाशिल पत्रकारहरुको संस्था कनकाई सुरुङ्गा प्रेस क्लवले स्थानीय सरकार कनकाई नगरपालिकालाई संचारमैत्री बन्न अनुरोध गर्दै आज बुधबार ध्यानाकर्षण पत्र बुझाएको छ ।

    कोरोना संक्रमणका कारण प्रेस क्लवका तर्फबाट आवश्यक स्वास्थ्य सुरक्षा अपनाउँदै प्रतिनिधिमूलक सहभागितामा अध्यक्ष रामप्रसाद निरौला, उपाध्यक्ष सावित्रा दहाल भट्टराई, सचिव मनोज बस्नेतसहितको पदाधिकारीहरु साथै कनकाई नगरपालिकाका सूचना प्रविधि अधिकृत खगेन्द्र मिश्र समेतको उपस्थितीमा नगर प्रमुख राजेन्द्र पोखरेललाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।

    क्लवले स्थानीय सरकारसँग थप संचारमैत्री सुशासन कायम गर्न जोडदार माग गर्दै नगरपालिकाले सार्वजनिक गर्नु पर्ने सवै किसिमका सूचनाहरुमा नगरका कर्मचारी र विज्ञापन एजेन्सीवालाको एकाधिकार अन्त्य हुनु पर्ने तर्फ नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

    त्यस्तै कनकाई नगरपालिकामा जनप्रतिनिधिले नेतृत्व सम्हाले यता यो चार वर्षको नगरको बजेट पुस्तिकामा हरेक वर्ष विनियोजन भएको “कनकाई नगर पत्रकारिता पुरस्कार” अहिले सम्म सार्वजनिक नभएको विषयमा प्रष्ट पार्नकालागि नगरप्रमुखको ध्यानाकर्षण गराइएको छ । क्लवका अध्यक्ष रामप्रसाद निरौला र सचिव मनोज बस्नेतद्वारा हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्रमा स्थानीय संचारकर्मी साथै यहाँका संचार माध्यलाई प्राथमिक्ताका साथ सूचना उपलव्ध गराउँन अनुरोध गरिएको छ ।

    साथै आगामी दिनमा अझ व्यवस्थित तरिकाले संस्था सञ्चालन गर्ने लक्ष्य सहित आवश्यक भौतिक पूर्वाधार विकास गर्ने क्लवको योजनालाई प्राथमिक्तामा राख्न नगरपालिकालाई अनुरोध गरिएको प्रेस क्लवका अध्यक्ष रामप्रसाद निरौलाले बताए । नगरको आगामी आ.व.२०७८/०७९ को वार्षिक बजेटमा क्लवको भवन निर्माणकालागि आवश्यक जमिन साथै बजेटको व्यवस्थापन गर्न स्थानीय सरकारलाई अनुरोध गरिएको क्लवका अध्यक्ष निरौलाले जानकारी दिए ।

    प्रेस क्लवको ध्यानाकर्षण पत्र बुझ्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले समय सापेक्ष सूचना तथा संचार प्रविधिसँग आँफू पनि नजिक रहेकाले स्थानीय तहलाई समेत संचारमैत्री बनाउँने प्रयासमा आँफू सधैं सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । नगरपालिकाको तर्फबाट बजेटमा राखिएको कनकाई नगर पत्रकारिता पुरस्कार विविध कारणले हाल सम्म सार्वजनिक नभएको बताउँदै चालु आर्थिक वर्षदेखि नै नगरपालिकाको विशेष कार्यक्रममा सार्वजनिक गर्ने योजना रहेको नगर प्रमुख पोखरेलले प्रतिवद्धता जनाएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.