Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापाको कनकाईमा १५ वटा घर सिल गर्दै रातो झण्डा गाडियो
    समाचार

    झापाको कनकाईमा १५ वटा घर सिल गर्दै रातो झण्डा गाडियो

    कनकाई खबरBy कनकाई खबर२०७७ असार ८, सोमबार ०८:५८ गते2 Mins Read

    राम निरौला,
    कनकाई खबर / झापाको कनकाईमा १५ वटा घर सिल गर्नुका साथै घरमा रातो झण्डा गाडिएको छ । नगर क्षेत्रमा अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको छ ।
    पछिल्लो चरणमा कनकाई नगरपालिकाको दुर्गापुरस्थित दलित सामुदायिक भवनमा रहेको क्वारेन्टिनमा बस्दै आएकी ३१ बर्षिय एक महिलाको कोरोना भाइरसको पिसिआर रिपोर्ट पोजेटिभ देखिएसँगै समुदायमा कोरोना संक्रमण फैलिन नदिन सतर्कता अपनाउँदै कनकाई नगर क्षेत्रमा थप कडाई गरिएको हो ।

       कुबेतवाट आएकी कनकाई नगरपालिका ७ निवासी ती महिलाको सम्पर्क समुदायमा समेत भएको हुँदा कोरोना भाइरस फैलिने उच्च जोखिमका कारण सम्वन्धित व्यक्तिको घरपरिवारसहित सोही टोलका १५ वटा घरलाई पाँच दिनकालागि सिल गर्दै पहिचानकालागि घरमा रातो झण्डा गाडिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताएका छन् ।

       कनकाई नगरमा यस अघि तीनजनामा कोरोना संक्रमणको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । यसरी चौथो व्यक्तिमा संक्रमित प्रमाणित भएसँगै थप कन्टेक ट्रेसिङ गर्नु पर्ने भएपछि जोखिम नियन्त्रण तथा व्यवस्थापनकालागि सुरक्षा व्यवस्थालाई कडाई गरिएको नगर प्रमुख पोखरेलले जानकारी दिएका छन् ।
    नगरस्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिको आकस्मीक बैठक बसी संक्रमणको सम्भावित जोखिमवाट बच्न र बचाउँन अत्यावश्यक काम बाहेक आफ्नो घरबाट बाहिर नजान समेत नगर प्रमुख पोखरेलले नगरबासीलाई अपिल गरेका छन् । समितिको बैठकमा भएको निर्णय अनुसार आज असार ८ गते सोमवार दिउँसो १२ बजेदेखि असार १३ गते शनिवार रातको १२ बजेसम्मकालागि कनकाई नगरका वडा नं.१ देखी वडा नं.७ भित्रका सम्पूर्ण बजार/पसल, शैक्षिक संस्था, नगरपालिका कार्यालय, वडा कार्यालयहरु, बैंक तथा बित्तिय संस्थाहरु, सहकारीहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको बताइएको छ । त्यस्तै ओपिडी बाहेकका स्वास्थ्यका अत्यावश्यक सेवाहरु खुल्ला रहने साथै निर्माण कार्य तथा अत्यावश्यक सेवाकालागि प्रयोग हुने सवारी साधनहरुलाई भने संचालनमा कुनै रोक नलगाउँने निर्णय भएको कनकाई नगरपालिकाले जारी गरेको सुचनामा जनाइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.