• About
  • Advertise
  • Careers
  • Contact
Saturday, June 3, 2023
  • Login
No Result
View All Result
NEWSLETTER
kanakaikhabar
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • स्थानीय
  • आर्थिक
  • स्वास्थ्य
  • खेलकुद
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • स्थानीय
  • आर्थिक
  • स्वास्थ्य
  • खेलकुद
No Result
View All Result
kanakaikhabar
No Result
View All Result
Home मुख्य १०

झापाको कनकाईमा १५ वटा घर सिल गर्दै रातो झण्डा गाडियो

ram by ram
२०७९/०८/१२
in मुख्य १०, समाचार, स्थानीय, स्वास्थ्य
1 min read
0
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

राम निरौला,
कनकाई खबर / झापाको कनकाईमा १५ वटा घर सिल गर्नुका साथै घरमा रातो झण्डा गाडिएको छ । नगर क्षेत्रमा अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको छ ।
पछिल्लो चरणमा कनकाई नगरपालिकाको दुर्गापुरस्थित दलित सामुदायिक भवनमा रहेको क्वारेन्टिनमा बस्दै आएकी ३१ बर्षिय एक महिलाको कोरोना भाइरसको पिसिआर रिपोर्ट पोजेटिभ देखिएसँगै समुदायमा कोरोना संक्रमण फैलिन नदिन सतर्कता अपनाउँदै कनकाई नगर क्षेत्रमा थप कडाई गरिएको हो ।

   कुबेतवाट आएकी कनकाई नगरपालिका ७ निवासी ती महिलाको सम्पर्क समुदायमा समेत भएको हुँदा कोरोना भाइरस फैलिने उच्च जोखिमका कारण सम्वन्धित व्यक्तिको घरपरिवारसहित सोही टोलका १५ वटा घरलाई पाँच दिनकालागि सिल गर्दै पहिचानकालागि घरमा रातो झण्डा गाडिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताएका छन् ।

   कनकाई नगरमा यस अघि तीनजनामा कोरोना संक्रमणको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । यसरी चौथो व्यक्तिमा संक्रमित प्रमाणित भएसँगै थप कन्टेक ट्रेसिङ गर्नु पर्ने भएपछि जोखिम नियन्त्रण तथा व्यवस्थापनकालागि सुरक्षा व्यवस्थालाई कडाई गरिएको नगर प्रमुख पोखरेलले जानकारी दिएका छन् ।
नगरस्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिको आकस्मीक बैठक बसी संक्रमणको सम्भावित जोखिमवाट बच्न र बचाउँन अत्यावश्यक काम बाहेक आफ्नो घरबाट बाहिर नजान समेत नगर प्रमुख पोखरेलले नगरबासीलाई अपिल गरेका छन् । समितिको बैठकमा भएको निर्णय अनुसार आज असार ८ गते सोमवार दिउँसो १२ बजेदेखि असार १३ गते शनिवार रातको १२ बजेसम्मकालागि कनकाई नगरका वडा नं.१ देखी वडा नं.७ भित्रका सम्पूर्ण बजार/पसल, शैक्षिक संस्था, नगरपालिका कार्यालय, वडा कार्यालयहरु, बैंक तथा बित्तिय संस्थाहरु, सहकारीहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको बताइएको छ । त्यस्तै ओपिडी बाहेकका स्वास्थ्यका अत्यावश्यक सेवाहरु खुल्ला रहने साथै निर्माण कार्य तथा अत्यावश्यक सेवाकालागि प्रयोग हुने सवारी साधनहरुलाई भने संचालनमा कुनै रोक नलगाउँने निर्णय भएको कनकाई नगरपालिकाले जारी गरेको सुचनामा जनाइएको छ ।

कमेन्टस्
ram

ram

Next Post

कोरोना जितेर कनकाईका युवा घर फर्के

Comments 0

  1. yogendra says:
    3 years ago

    कन्काई नगरको नगर प्रमुक अध्यक्ष ज्यु लगायत सम्पुर्ण टिम लाई धन्यवाद यत्ति राम्रो डिसिजन लिनु भयो ,,घर घर मिलेर समुदाय अनी समुदाय मिलेर समाज र नगर बन्ने हो यदि घर घरका मान्छेले सोच्ने हो भने समुदाय बच्नेछ !!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

कनकाई छठको धुमधाम होली

4 years ago

विकासलाई किन धोका दिइन् बर्षाले ?

5 years ago

लोकप्रिय

  • भवानी खानेपानीबाट उपभोक्तामा हाहाकार, समिति गम्भिर नभएको उपभोक्ताको ठहर

    भवानी खानेपानीबाट उपभोक्तामा हाहाकार, समिति गम्भिर नभएको उपभोक्ताको ठहर

    0 shares
    Share 0 Tweet 0
  • धानको बिउ वितरणमा जनप्रतिनिधिबाटै कमजोरी भएपछि किसान समस्यामा

    0 shares
    Share 0 Tweet 0
  • कोटीहोम धार्मिक संस्थाको अधिवेशनसहितको साधारण सभाको सम्पूर्ण तयारी पूरा

    0 shares
    Share 0 Tweet 0
  • बुक–फ्रि शिक्षण सिकाईमा रमाउँदै देवकोटा फाउण्डेशनका विद्यार्थी

    0 shares
    Share 0 Tweet 0
  • गर्मी बढेपछि कनकाई नगरपालिकासहित झापाका पालिकाले विद्यालयमा दिए विदा

    0 shares
    Share 0 Tweet 0

फेसबुकमा जोडिनुस्

हाम्रो बारे

रामप्रसाद निरौला

सञ्चालक

कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

हाम्रो टिम

सम्पादक – हुमकला मिश्र

सल्लाहकार सम्पादक – तीर्थराज खरेल

सम्वाददाता – शान्ता अधिकारी

निर्देशक – टिकाप्रसाद कट्टेल

प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

  • Uncategorized
  • अन्तरवार्ता
  • आमनिर्वाचन
  • आर्थिक
  • कनकाई खबर बिशेष
  • खेलकुद
  • टप न्युज
  • पर्यटन
  • भिडियो
  • मनोरञ्जन
  • मुख्य १०
  • राजनीति
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • समाचार
  • साहित्य
  • सिफारिस
  • स्थानीय
  • स्वास्थ्य

सम्पर्क

कम्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
स्थायी लेखा नं.- ६१००८१३६५
सम्पर्क – ९८१४०८०३८२
कनकाई नगरपालिका–३, सुरुङ्गा
प्रदेश नं. १, झापा (नेपाल)
kanakaikhabar@gmail.com

  • About
  • Advertise
  • Careers
  • Contact

© 2022 Kanakai Khabar Most viewed news portal from Jhapa - Site by GoSA.

No Result
View All Result
  • Home

© 2022 Kanakai Khabar Most viewed news portal from Jhapa - Site by GoSA.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In