Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दुर्गापुर बजारमा कुनै बेथिति भएको छैनः वडाअध्यक्ष कन्दङ्वा
    राजनीति

    दुर्गापुर बजारमा कुनै बेथिति भएको छैनः वडाअध्यक्ष कन्दङ्वा

    कनकाई खबरBy कनकाई खबर२०७७ चैत्र १८, बुधबार २३:५९ गते4 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिका ७ स्थित दुर्गापुर बजारसँग सम्बन्धित विषयलाई जोडेर केही दिन अघि विभिन्न संचार माध्यममा सार्वजनिक भएको प्रेस विज्ञप्तीप्रति कनकाई ७ वडासमिति साथै दुर्गापुर बजार व्यवस्थापन समितिको गम्भिर ध्यानआकर्षण भएको जनाइएको छ ।
    केही राजनीतिक दलका वडास्तरीय प्रमुख तथा प्रतिनिधिहरु साथै मौजुदा बजार समितिका केही जिम्मेवार पदाधिकारीको समेत हस्ताक्षरमा सार्वजनिक गरेको विज्ञप्तीप्रति वडासमिति साथै बजार समितिले खण्डन गरेको हो ।

    वडासमितिका तर्फबाट कनकाई ७ का वडाअध्यक्ष लिलाबहादुर कन्दङ्वा, वडा सदस्यहरु प्रकाश शिवाकोटी, गीता चौहान साथै बजार समितिका अध्यक्ष देवीप्रसाद भट्टराईद्वारा हस्ताक्षर गरिएको संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै जिल्लाकै पुराना बजारहरु मध्येको एक मानिने पूर्वपश्चिम लोकमार्गसँगै जोडीएको कनकाई नगरको वडा नं.७ मा पर्ने दुर्गापुर बजारको ५० वर्षे इतिहासलाई स्मरण गर्दै सरोकारवाला सबैसँग सकारात्मक साथै रचनात्मक बन्न अपिल गरिएको छ । साथै सरोकारवालाले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख भए जस्तो बजारबासीलाई सूचना नदिई आँफू अनुकुलको नयाँ समिति बनाउने प्रयासमा वडासमिति अघि बढेको भन्ने विषयप्रति घोर भत्र्सना गर्दै सत्य, तथ्य र यथार्थताको धरातलमा उभिएर विषयबस्तुलाई सार्वजनिक गरिदिनकालागि सम्पूर्ण संचार माध्यम लगायत सरोकारवालाहरुलाई समेत अनुरोध गरिएको छ ।
    दुर्गापुर बजार क्षेत्रका सरोकारवालाहरुले केही दिन अघि बजार व्यवस्थापनमा गम्भिर बन्न प्रेस विज्ञप्ती मार्फत समितिको ध्यानआकर्षण गराएका थिए । वडास्तरीय क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि साथै वजार समितिकै जिम्मेवार पदाधिकारीहरुले समेत हस्ताक्षर गरेको प्रेस विज्ञप्ती मार्फत तत्काल नयाँ बजार व्यवस्थापन समिति गठन गर्न माग गरिएको थियो ।
    नेपाली कांग्रेस कनकाई ७ का वडा सभापति ईश्वरीप्रसाद शिवाकोटी, माओवादी केन्द्र वडा नं.७ का सहइन्चार्ज तथा दुर्गापुर बजार व्यवस्थापन समितिका सचिव राजु अधिकारी, नेकपा एमालेका प्रतिनिधि शिवराज बस्नेत, संघिय लिम्बुबान मंच नेपालका वडा अध्यक्ष तथा दुर्गापुर बजार व्यावस्थापन समितिका सदस्य बसन्त मेयाङबो र राप्रपाका प्रतिनिधि चन्द्र घिमिरे, दुर्गापुर व्यापारी समितिका अध्यक्ष भुवानी शिवाकोटीले हस्ताक्षर गरेको प्रेस विज्ञप्ती सार्वजनिक गर्दै बजार व्यवस्थापन समितिको अधिवेशनलाई कनकाई ७ का वडाअध्यक्ष लिलावहादुर कन्दङ्वाले पछि पारेको आरोप लगाएका थिए ।
    आरोपको खण्डन गर्दै कनकाई ७ का वडाअध्यक्ष लिलावहादुर कन्दङ्वाले २०७४ को चैत १० गतेका दिनदेखि तीन वर्षकालागि जिम्मेवारी प्राप्त गरेको मौजुदा बजार समितिको कार्यकाल यहि १० गते मात्र तीन वर्ष पूरा हँुदै गरेको वर्तमान अवस्थामा समिति निर्माणमा ढिलासुस्ती भयो भन्नु कत्तिको जायज छ भन्ने कुरामा सम्बन्धित सबैको ध्यान केन्द्रित गर्न चाहेको बताएका छन् । जनप्रतिनिधिले स्थानीय तहको नेतृत्व सम्हाले यता नगर क्षेत्रका बजारलाई स्मार्ट सिटी बनाउँने नगरको योजना अनुरुप भएका गतिविधिले व्यवस्थित बन्दै गएको दुर्गापुर बजारलाई एउटा विधि र पद्धतिमा लैजानकालागि वडा समितिले बजार संचालनकालागि छुट्टै कार्यविधि निर्माण गरेर संचालनमा ल्याएको वडाअध्यक्ष कन्दङ्वाले जानकारी दिए । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण सवै क्षेत्र अस्तव्यस्त भएको वर्तमान अवस्थामा दुर्गापुर बजार क्षेत्र पनि अछुतो रहन नसकेको अवस्थाप्रति वडासमिति गम्भिर भएको प्रष्ट पार्दै वडाअध्यक्ष कन्दङ्वाले संक्रमणकालिन अवस्थामा स्वास्थ्य सुरक्षा अपनाउँन सरकारले जारी गरेको सर्कुलर अनुसार गतिविधि गर्ने प्रयासमा वडासमिति अघि बढेको प्रष्ट पारेका छन् । वडाअध्यक्ष कन्दङ्वाले स्थानीयस्तरमा शान्ती सुरक्षाका साथ सुशासन कायम राख्ने सवालमा वडासमितिबाट केही कमजोरी भएको भए सकारात्मक साथै रचनात्मक सुझावकालागि सम्वन्धित सबैसँग अनुरोध समेत गरेका छन् ।
    यसै अवसरमा वडासमिति र बजार व्यवस्थापन समिति लगायत विभिन्न संघसंस्थाहरुको सहकार्यमा आयोजना गरिएको दुर्गापुर बजारको स्वर्ण महोत्सव समेत कोरोनाका कारण प्रभावित बनेपछि महोत्सव समापनकालागि बजार समिति उपयुक्त समयको पर्खाइमा रहेको दुर्गापुर बजार व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद भट्टराईले बताएका छन् । कोरोनाको थप संक्रमणसँगै जिल्ला प्रशासन कार्यालयबाट आएको सर्कुलरलाई समेत मध्यनजर गरी हाल सम्मको संस्थाको गतिविधिसहित भावी रणनीतिका बारेमा बजार समितिले सिमित व्यक्तित्वहरुको उपस्थितीमा अन्तरक्रियासहितको आयव्यय सार्वजनिक गर्ने कार्यक्रमलाई केही स्थानीय व्यक्तित्वहरुबाट गलत ढङ्गले प्रचार गरिनु आँफैमा गैह्रजिम्मेवारी पन भएको बजार समितिका अध्यक्ष भट्टराईले जानकारी दिएका छन् । दुर्गापुर बजारलाई थप व्यवस्थित गर्दै बजार क्षेत्रमा सुशासन कायम राख्नकालागि बजार समितिले निस्वार्थका साथ स्थानीय सरकारसँगको सहकार्यमा महत्वपूर्ण भूमिका खेल्दै आएको कुरा प्रष्ट पार्दै बजार समितिका अध्यक्ष भट्टराईले स्थानीय सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, क्रियाशिल सामाजिक संघसंस्था, उद्योगी, व्यवसायी, मानवअधिकारकर्मी, सुरक्षा निकाय, संचारकर्मी लगायत सम्बन्धित सबैमा सकारात्मक साथै रचनात्मक भूमिका निर्वाह गरिदिन अनुरोध गरेका छन् ।
    राजनितीक दलको तर्फबाट प्रेस विज्ञप्तीमा हस्ताक्षर गर्ने मध्ये माओवादी केन्द्र वडा समितिका सहइन्चार्ज साथै बजार समितिका जिम्मेवार सचिव समेत रहेका राजु अधिकारीले बजार समितिलाई अनिर्णयको बन्दी बनाउँन नहुने भन्दै समस्या समाधानकालागि पहल भइरहेको बताएका छन् । बजार समितिले यहि चैत १४ गतेका दिन आयोजना गरेको बजार व्यवस्थापन मार्गदर्शन बोर्डको समुद्घाटन साथै आयव्यय विवरण सार्वजनिकसहितको अन्तरक्रिया कार्यक्रमबाट उत्पन्न असहज परिस्थितीले स्थानीय स्तरमा अन्यौलको वातावरण सृजना भएको भन्दै समस्या समाधानकालागि सबै पक्ष एक जुट हुनु पर्ने अधिकारीले बताए । मौजुदा बजार समितिमा केही परिवर्तन गरी वर्तमान अध्यक्षकै नेतृत्वमा समितिलाई सक्रिय गराएर अघि बढ्न सकिने तत्कालको एउटा विकल्प रहेको भन्दै बजार समितिका सचिव अधिकारीले तीन वर्ष अघि २०७४ को चैत १० गतेदेखि आँफूहरुले जिम्मेवारी सम्हालेको प्रष्ट पारेका छन् । बजार समितिका जिम्मेवार सचिव अधिकारीले वर्तमान अवस्थामा आँफू दुबै पक्षबाट अप्ठ्यारोमा परेको भन्दै धेरै कुरा बोल्नुभन्दा पनि अब एकआपसमा सहकार्य गरेर समाधान तर्फ लाग्नु उचित हुने बताए । बजार समितिको आयव्ययको सम्पूर्ण जिम्मेवारी समेत सम्हाल्दै आएका सचिव अधिकारीले ६ लाख २१ हजार ८ सय ३०रुपैंयाँ बराबरको आयव्यय विवरण समेत कार्यक्रममा सार्वजनिक गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.