Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रधानमन्त्री किन डा. खतिवडाकै निरन्तरता चाहनुहुन्छ ?
    राजनीति

    प्रधानमन्त्री किन डा. खतिवडाकै निरन्तरता चाहनुहुन्छ ?

    कनकाई खबरBy कनकाई खबर२०७६ फाल्गुन १७, शनिबार ०६:४२ गते5 Mins Read

    आरपी शर्मा

    प्रधानमन्त्री केपी शर्मा ‘कन्भिक्सन’ भएका नेता हुनुहुन्छ, यो कम्युनिष्ट राजनीतिमा चासो राख्ने र इतर राजनीति गर्नेहरुका लागि नौलो बिषय होइन । उहाँ कुनै बिषयबस्तु र व्यक्तिप्रति दृष्टिकोण बनाउन समय लिनुहुन्छ र बनाएपछि आकस्मिक केही नहुँदासम्म त्यसमा अडान राख्नुहुन्छ ।

    अर्को पनि उहाँको बिशेषता छ–उहाँ फरक सोच्नुहुन्छ । र, त्यही काम फरक ढंगले गर्नुहुन्छ । पहिलोपटक प्रधानमन्त्री बन्दा जसरी उहाँले नेपाली आत्मासम्मान र राष्ट्रियताको नेतृत्व लिनुभयो, दोश्रोपटक शक्तिशाली प्रधानमन्त्री बन्ने आधार त्यही नागरिक समर्थन थियो । प्रचण्डलाई थाहा छ र माधवकुमार नेपाललाई थाहा छ– पछिल्लो दुईतिहाई जनमत ओली नेतृत्वले पाएको जनमत हो । १५ बर्षमा एमाले कहाँ थियो र १० बर्षको जनयुद्ध र पछिल्लो निर्वाचनअघि माओवादीको हालत के थियो, त्यो पनि जगजाहेर छ ।

    राजनीतिक संक्रमणपछि बिकास र समृद्धिको आरम्भ र नेतृत्व गर्नु चूनौतीपूर्ण थियो । पार्टी एकीकरणको नेतृत्व लिएर त्यसमा सफल भएपछि अव उहाँले बिकास र समृद्धिको नेतृत्व लिनुभयो । त्यसका लागि पार्टीका समकालिन, नेता र कार्यकर्ताको सहयोग र समर्थन अपरिहार्य थियो नै, संगै नेपाल बुझेका, अर्थतन्त्र र विकास बुझेका  टेम्क्नोक्रेटहरुको पनि आवश्यकता थियो ।

    प्रधानमन्त्रीको पछिल्लो पुस्तक ‘भिजन टु एक्सन’ को बिमोचनमा पुस्तकमाथि टिप्पणी गर्नेक्रममा पूर्बराजदूत शम्भुराम सिंखडा भन्दै हुनुहुन्थ्यो– उहाँ थिङट्याँक बनाउने पहिलो प्रधानमन्त्री हुनुहुन्छ । बिज्ञबाट सरकारलाई नीतिगत सुझाव सल्लाह आओस् भन्ने उहाँ चाहनुहुन्छ । म यसका लागि बिशेष प्रशंसा गर्छु ।’ त्यो थिङट्ँयाकले कस्तो काम गर्दैछ, त्यो अकै छलफलको बिषय हो ।

    प्रधानमन्त्री ओलीले पछिल्लो पटक अभ्यास गर्न खोजेको सरकार संचालन पद्यती पनि फरक थियो । उहाँले पार्टीभन्दा माथि उठेर राष्ट्रिय स्वार्थ र नेपाली जनताको पक्षमा फराकिलो सोचसहित राजनीति अघि बढाउनुभयो । त्यसोगर्दा पार्टीले मात्र सिफारिस गरेका वा पार्टी नेता र कार्यकर्ताले मात्र राजकीय जिम्मेवार नपाएका हुनसक्छन् । किनकी देश बिकासमा चिनिएका बिज्ञहरुको सहयोग आवश्यक पथ्र्यो । त्यस्ता बिज्ञहरुलाई पार्टी नहेरी उहाँले जिम्मेवारी दिनुभएको छ । अरुको चर्चा नगरौं, त्यस्ता एक अर्थबिज्ञ, योजना र मौद्रिक नीतिका ज्ञाता डा. युवराज खतिवडालाई उहाँले राष्ट्रियसभा सदस्य हुँदै अर्थमन्त्री बनाउनुभयो । खतिवडा योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्रबैंकका गभर्नर हुँदा चौतर्फी प्रशंसा पाएका व्यक्ति हुनुहुन्थ्यो । उहाँको इमान्दार छबीमाथि कहिकतै प्रश्न उठेन र उठेको छैन ।

    त्यहीभएर पार्टीमा लामो समय काम गरेका, सिनियर जिम्मेवारी सम्हालेका नेतालाई समेत नदिएर ओलीले खतिवडालाई अर्थ मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी दिनुभएको थियो । यो नेकपाका पंक्तिका लागि आकस्मिक आश्चर्य थियोभने आम नेपाली जनताका लागि आकस्मिक नै भएपनि सुखद आश्चर्य थियो । एकजना ‘एक्स्पर्ट टेक्नोक्रेट’ अर्थमन्त्री बन्दा आम नागरिक खुशी भएका थिए र छन् ।

    प्रधानमन्त्री ओलीलाई कतै देश गलत तत्वको हातमा पर्छ कि भन्ने चिन्ता छ । त्यसका लागि उहाँले खतिवडाको निरन्तरता खोज्नुभएको छ

    नभन्दै अर्थमन्त्री खतिवडाले समाजवादी अर्थतन्त्रको आधारशिला निर्माण गर्नुभयो, गर्दै हुनुहुन्छ । उहाँले अनुत्पादक क्षेत्रलाई निरुत्साहित गर्नुभयो र रोजगार सृजनाका क्षेत्रमा लगानीलाई प्रोत्साहित गर्नुभयो । दलाल र बिचौलियाले चलाएको अर्थतन्त्रलाई उहाँले निषेध गर्नुभयो । पैसाको भरमा व्यापारीले नेतालाई रिझाएर आफू अनुकुलका अर्थनीति, बजेट, नीति तथा कार्यक्रम ल्याउन सफल भइरहेको अवस्थामा उहाँले पूर्णबिराम लगाउनुभयो ।  आफैं अर्थतन्त्रका बिज्ञ भएकाले कुनै कालोबजारी ब्यापारी, दलाल र एजेण्टले उहाँलाई गुमराहमा पार्ने सम्भावना रहेन र पर्नुभएन । व्यापारिक स्वार्थमा नराम्रो ठेस परेपछि उनीहरु छटपटिन थाले । र, एकोहोरो अर्थतन्त्र चौपट भएको प्रोपोगाण्डा गर्न थाले । जवकि उनै खतिवडाले प्रस्तुत गरेको बजेटलाई नेपाल उद्योेग बाणिज्य महासंघले अहिलेसम्मै राम्रो बजेट भनेर बिज्ञप्ती नै निकालेको थियो ।

    तर विदेशमा सम्पति थुपार्ने बिनोद चौधरी, अजय सुमार्गीहरुलाई अर्थमन्त्रीले चलखेलको ठाउँ दिएनन्, उनका पावर र पैसा अर्थमन्त्रीका अघि कुनै मुल्यका रहेनन् । त्यहीभएर जसरी पनि खतिवडा हटाउने खेलमा लागे र लागिरहेका छन् । जव उक्त खेल वामदेव गौतम र प्रचण्डमार्फत राजनीतिक एजेण्डाका रुपमा पदर्शित र प्रस्तुत भयो, त्यसमा प्रधानमन्त्री ओलीको आपत्ती हो । गोप्य भेटघाट गरेर एउटा स्वच्छ छबी भएको बिज्ञ अर्थमन्त्रीलाई हटाउने खेलकुद अपारदर्शी रुपमा गरिन्छ भने त्यसको प्रतिवाद हुनुपर्छ । फेरी अर्थमन्त्री खतिवडाको नेतृत्वमा अर्थतन्त्र सही ट्रयाकमा रहेको इण्डिकेटरहरुले देखाएका पनि छन् । व्यापारघाटा कम गर्न आयात प्रतिस्थापनको नीति सफल भएको छ, राजश्व संकलनमा उल्लेखनीय प्रगती भएको छ  र सबैभन्दा ठूलो आर्थिक बृद्धिद्धर अहिलेसम्मकै उच्च कायम हुँदैछ । त्यतिमात्र होइन, सरकार संचालनमा आर्थिक अनुशासन कायम गर्न उहाँको ठूलो योगदान छ  ।

    अर्थमन्त्री खतिवडाले अरु मन्त्रीका नाजायाज प्रस्तावलाई बजेट नदिएर बिधिको शासनको असल आरम्भ गरेका छन् । उनले  सांसदलाई समेत सही बाटो देखाएका छन् । त्यसोहुँदा कतिपय नेता, मन्त्री र सांसदसमेत उनलाई प्रतिस्थापन गर्न पाए हुन्थ्यो भन्नेमा हुनसक्छन् । त्यसको एकमात्र उदेश्य देशले सही बाटो लियोस् वा नलियोस्, आफूले भनेको दिने लोयल अर्थमन्त्रीको खोजी हो । व्यापारी, दलाल र कमिशनखोरहरु आफूले निर्देशित गर्ने अर्थमन्त्री खोज्छन, त्यसोनहुँदा बिरोधमा उत्रन्छन् ।

    के त्यसोभए अव डा. खतिवडालाई हटाउने हो त ? के यो देशको अर्थतन्त्र दलाल व्यापारी, कमिसनखोर र विदेशीका एजेण्टहरुको हातमा सुम्पिने हो ? के त्यसको मोहरा बनेका वामदेव गौतममार्फत खतिवडाको प्रतिस्थापन गर्ने हो ? त्यसरि आउँछ त समाजवाद ? प्रचण्डलाई देश र जनताको चिन्ता छैन, उहाँ कुनैपनि बेला दुबै अतितर्फ हुत्तिन सक्ने नेता हुनुहुन्छ । उहाँलाई जसरि पनि ओलीलाई छिटो सत्ताच्यूत गरेर आफू त्यहाँ रोहण गर्न चाहानुहुन्छ । त्यसका लागि आज वामदेवलाई प्रयोग गर्नुहुन्छ र प्रयोग सकेपछि फालिदिनुहुन्छ । भोलि झलनाथ खनाल र त्यस्तै अरु नेताहरु ।

    प्रधानमन्त्री ओलीलाई कतै देश गलत तत्वको हातमा पर्छ कि भन्ने चिन्ता छ । त्यसका लागि उहाँले खतिवडाको निरन्तरता खोज्नुभएको छ । अर्थमन्त्रीमात्र सही भयो भने  हत्तपत संकट आउँदैन । अहिलेको निराशा त जर्बजस्ती सृजना गरिएको हो विकासलाई छोपेर । र, त्यसमा तिनै खराव तत्वको हात छ । त्यसैले सरकारले सिफारिस गर्ने कोटामा वामदेव होइन, खतिवडा उपयुक्त हुनुहुन्छ । उहाँलाई नै नियुक्ति गर्नुपर्छ । फेरी यो सरकारमा निहित स्वायत्त अधिकार हो, पार्टीले डिक्टेट गर्ने होइन । ओली अडान त्यसअर्थमा सही छ । देश र जनताका लागि यो नै उपयुक्त कदम हुन्छ । चक्रपथ डटकमवाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    राष्ट्रपति पौडेलद्वारा संसद् अधिवेशन आह्वान

    २०८२ चैत्र १६, सोमबार १९:५६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.