Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बिर्तामोड नगरपालिकाद्वारा कृषकलाई ६ सय ७५ वटा बाख्रा वितरण
    बिर्तामोड नगरपालिका

    बिर्तामोड नगरपालिकाद्वारा कृषकलाई ६ सय ७५ वटा बाख्रा वितरण

    कनकाई खबरBy कनकाई खबर२०८१ बैशाख २५, मंगलवार १२:१८ गते2 Mins Read

    बिर्तामोड नगरपालिकाले कृषकहरुलाई ६ सय ७५ वटा बाख्रा वितरण गरेको छ । नगरले आर्थिक वर्ष २०७४र०७५ देखि हालसम्म नगरको मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत महिला कृषकहरुलाई बाख्रा वितरण गर्दै आएको हो । त्यस यता १९ वटा उन्नत बोयर जातको बिउ बोकासमेत वितरण गरिएको जनाइएको छ।

    नगरको पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले यस अवधिमा १५ वटा महिला कृषक समूहका २ सय २५ जना सदस्यलाई बाख्रा वितरण गरेको जानकारी दिनुभयो । नगरले बाख्रा दिएपछि खोर पनि निर्माण गरिदिने गरेको छ । आर्थिक वर्ष २०७४र०७५ यता २ सय २५ वटा खोर निर्माण गरेको नगरले जनाएको छ ।

    नगरले सुरुवातमा २ लाख ६५ हजार लगानी गरेर बाख्रा खरिद गरी मेयर पकेट अन्तर्गत बाख्रा साटासाट कार्यक्रमलाई अघि बढाएको थियो । यस कार्यक्रम अन्तर्गत बाख्रा प्राप्त गर्न एउटा महिला कृषक समुहमा १५ जना अनिवार्य छ । समूहका सबै सदस्यलाई तीन तीन वटाको दरले बाख्रा वितरण हुन्छ । बाख्रा प्राप्त गरीसकेपछि अर्को वर्ष समूहका सबैले तीन तीन वटाकै दरले बाख्रा नगरलाई बुझाउनु पर्छ । यसरी प्राप्त गरेको बाख्रा फेरी नगरले बाख्रा माग गर्ने महिला कृषकहरुलाई वितरण गर्छ ।

    नगरले बाख्रा वितरण गरेपछि खोर निर्माणसंगै विमा, खोप, सिजनको घाँस र औषधी उपचारमासमेत सहयोग गर्दै आएको शाखा प्रमुख दाहालले जानकारी दिनुभयो । सोही कार्यक्रम अन्तर्गत नगरपालिकाले सोमबार बिर्तामोड २ को ओम नवज्योती कृषक समूहका महिलाहरुलाई ४५ वटा बाख्रा वितरण गरेको छ । बिर्तामोड ८ को जीवन आधार कृषक महिला समूहले जिम्मा लगाएको ४५ वटा बाख्रा नवज्योतीलाई वितरण गरिएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईले समूहलाई बाख्रा हस्तान्तरण गर्नुभयो ।

    कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले कृषक महिलाहरुको आर्थिक जीवनस्तर उकास्न सघाउ पुर्याउने उदेश्यले वाख्रा वितरण गरिँदै आएको बताउनु भयो । उहाँले बाख्रालाई राम्रो घाँस पानी गरेर मनग्य आम्दानी गर्न सकिने भन्दै मेहनत गर्न आग्रह गर्नुभयो ।

    यस्तै वडाअध्यक्ष किशोर कुमार पौडेलले बाख्रा वितरण कार्यक्रम प्रभावकारी भएको बताउनु भयो । बिर्तामोड नगरपालिका खसीको मासुमा आत्मनिर्भर बनेको भन्दै थप बजारीकरणको लागी उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । थप अन्य समूहलाई पनि बाख्रा वितरणको तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सातौं झापा गोल्डकपः झापा ११ को विजयी सुरुवात

    २०८२ माघ २५, आईतवार ०६:११ गते

    ‘पौरखी जेनजी’ सम्मानसँगै लोकतन्त्र म्यागजिन लोकार्पण

    २०८२ माघ १२, सोमबार ०९:१८ गते

    मध्यरातमा दुर्गा प्रसाईं पक्राउ, प्रहरीको उच्च सतर्कता

    २०८२ मंसिर २, मंगलवार १८:३३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.