Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सातौं झापा गोल्डकपः झापा ११ को विजयी सुरुवात
    Uncategorized

    सातौं झापा गोल्डकपः झापा ११ को विजयी सुरुवात

    कनकाई खबरBy कनकाई खबर२०८२ माघ २५, आईतवार ०६:११ गते3 Mins Read

    झापा \ आयोजकको टिम झापा–११ फुटबल क्लबले खेलमा कमब्याक गर्दै झापाको डोमालाल राजवंशी रंगशालामा शनिबारबाट सुरू भएको एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

    १–० ले पछि परेको अवस्थालाई उल्टाउँदै झापाले नेपाल पुलिस माथि २–१ को नतिजा निकाल्यो । झापाका लागि शिशिर लेखी र राजेश दाहालले १–१ गोल गरे ।

    खेलको १२औँ मिनेटमा पुलिसले खेलमा अग्रता लिएको थियो । पुलिसका लागि धीरेन्द्र साहको क्रस पासमा जोन विष्टले वान टचमा गोल गरेका थिए ।

    झापाले पहिलो हाफको इन्ज्युरी समयमा गोल फर्कायो । झापाका लागि राजेश दाहालले गरेको प्रहारलाई डिबक्समा अनमार्क रहेका शिशिर लेखीले गोल गर्न सफल भए ।

    झापाका लागि निर्णायक गोल भने राजेश दाहालले गरे । ५९औँ मिनेटमा शिशिर लेखीको फ्रिकिकलाई दाहालले पोस्टको दिशा दिए । उनको गोल नै झापाको जितका लागि पर्याप्त बन्यो ।

    पाएका सुन्दर अवसरहरु पुलिसले सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ । ३५औँ मिनेटमा विजय उराउले पाएको अवसर झापाका गोलकिपर सन्दिप लिम्बुले विफल बनाए ।

    ५२औँ मिनेटमा वीरेन्द्र साहले गरेको प्रहार गोलरक्षकले मुस्किलले बचाए । ५७औँ मिनेटमा गोलकिपर अगाडि बढेको अवस्थामा पाएको अवसर पनि पुलिसले सदुपयोग गर्न नसक्दा पहिलो चरणबाटै बाहिरिएको छ ।

    झापाका एरोन थापा मगरले ४१औँ मिनेटमा डिएरियाबाट गरेको हेडबल बारमा लागेर फर्किएको थियो । टेक्निकल खेल प्रदर्शन गरेको झापाले पुलिसलाई दबाबमा राखेको थियो ।

    खेलको प्लेयर अफ द म्याच विजेता टिम झापाका राजेश दाहाल भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए ।

    आइतबारको खेल त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट कोच, हाइ स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

    प्रतियोगितामा नेपालका तीन विभागीय क्लब नेपाल पुलिस, सशस्त्र प्रहरीको एपिएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, लालिगुराँस एसोसिएसन पोखरा, चर्च ब्वाइज युनाइटेड, आयोजक झापा–११ तथा भारतको सिङलिङ स्पोर्टिङ क्लब, भुटानको रोयल थिम्पु कलेज र मलेसियाको एन पेनाङ एफसीको सहभागिता रहेको छ ।

    प्रतियोगिताको उद्घाटन बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंले गरेकी थिइन् । उद्घाटन मन्ब्य राख्दै नगरप्रमुख प्रसाईंले मैदानको संरचना निर्माण गर्न नगरपालिका तयार रहेको बताउँदै जमिनको स्वामित्वको विवादका कारण लगानीको वातावरण नबनेको बताइन् ।

    आयोजक अध्यक्ष केदार गिरीले झापा गोल्डकपले नेपालीलाई एकताको सुत्रमा बाँध्ने माध्यम भएको दाबी गरे । उनले झापालाई फुटबलको हब बनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको बताए ।

    नेपालकै उत्कृष्ट खेल मैदान डोमालाल राजवंशी रंगशाला भएको बताउँदै उनले गोल्डकपका संरक्षक जलकुमार गुरुङले झापा गोल्डकपले नेपालको फुटबललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल हुँदै गएको बताए ।

    प्रतियोगिता उद्घाटन समारोहमा डोमालाल राजवंशी रंगशालाका जग्गादाता परिवारमध्ये छोरी सम्पति राजवंशीलाई १ लाख १ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

    त्यस्तै, डोमालाल राजवंशीको शालिक अनावरण गरिएको थियो । कार्यक्रममा पूर्वअध्यक्ष विनोद बस्नेतको सम्मानमा पूर्वेली युथ क्लबले मार्चपास गरेको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.