Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सुरुङ्गामा कनकाई कप सुरु, उदघाटन खेलमा कनकाई बिजयी

    २०८३ बैशाख २७, आईतवार ०५:४८ गते

    आज शनिबारदेखी कनकाई माविको खेल मैदानमा कनकाई कप सुरु

    २०८३ बैशाख २६, शनिबार ०६:१८ गते

    बिपन्न परिवारलाई खाद्य सामाग्री सहित उज्यालो भविष्यको आशा जगाउँदै रोटरी क्लव

    २०८३ बैशाख २१, सोमबार ११:२४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » गौरादहमा हजुरआमाको हत्या,नातिसहित चार पक्राउ
    गौरादह नगरपालिका

    गौरादहमा हजुरआमाको हत्या,नातिसहित चार पक्राउ

    कनकाई खबरBy कनकाई खबर२०८० चैत्र १, बिहीबार ०८:५३ गते2 Mins Read

    झापाको गौरादहमा हजुरआमाको हत्या गर्ने नातिसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    गौरादह नगरपालिका–७ निवासी ८२ वर्षीया वृद्धा नरमाया विकको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको हो । बृद्धा नरमाया विकको हत्या आरोपमा नाति १७ वर्षीय धिरज विकसहित चार जनालाई आज दिउँसो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

    घटना फागुन २५ गते शिवरात्रिको मध्यरातको हो । लागूऔषध सेवन गरेका धिरजले वृद्धा हजुरआमा नरमायाको टाउकोमा रड प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक केसीले बताए । हत्यापश्चात् उनको शव ग्वालीमा लगेर पुरेका थिए । पाँच दिनदेखि आमा हराइरहेको भन्दै उनका छोरा रमेश विकले आज बिहान प्रहरीमा उजुरी दिएका थिए ।

    ‘प्रहरीमा उजुरी परेलगत्तै अनुसन्धान गर्दै जाँदा उनको हत्या भइसकेको र शव ग्वालीमा गाडिएको अवस्थामा फेला प¥यो,’ प्रहरी उपरीक्षक केसीले भने ।

    नाति धिरजले हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरिसकेको केसीले जानकारी दिए । धिरजले दिएको बयान अनुसार उनका साथीहरु टंक दर्नाल, राजु मल्लिक र बहादुर दर्जीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । धिरजको संलग्नता पुष्टि भएपनि उनका साथीहरुको संलग्नताको विषयमा छानबिन भइरहेको प्रहरी उपरीक्षक केसीले बताए । शिवरात्रिका दिन लागूऔषध सेवन गरी धिरज पैसा माग्न हजुरआमालाई भेट्न घर पुगेका थिए । घरमा अरू कोही सदस्य नभएको बेला हजुरआमासँग पैसाको विषयमा विवाद भएको र धिरजले नशाको झोकमा हजुरआमाको हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण

    २०८१ मंसिर २५, मंगलवार ०७:३० गते

    झापाको पहिलो फिफा रेफ्री बने श्याम दनुवार

    २०८० पुष २१, शनिबार ११:५८ गते

    झापाकाे गौरादहमा नगद १ लाख ३५ हजार सहित १५ जुवाडे पक्राउ

    २०८० मंसिर १, शुक्रबार १५:२१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सुरुङ्गामा कनकाई कप सुरु, उदघाटन खेलमा कनकाई बिजयी

    २०८३ बैशाख २७, आईतवार ०५:४८ गते

    आज शनिबारदेखी कनकाई माविको खेल मैदानमा कनकाई कप सुरु

    २०८३ बैशाख २६, शनिबार ०६:१८ गते

    बिपन्न परिवारलाई खाद्य सामाग्री सहित उज्यालो भविष्यको आशा जगाउँदै रोटरी क्लव

    २०८३ बैशाख २१, सोमबार ११:२४ गते

    स्वदेशमै अवसर सृजनाः डा.अभिषेक लुइँटेलको स्वरोजगारको प्रेरणादायी यात्रा

    २०८३ बैशाख १९, शनिबार २२:३७ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.