झापा । जुवा खेलिरहेको अवस्थामा झापाको गौरादह नगरपालिका ३ को एक घरबाट नगद, तास कौडासहित १५ जुवाडे पक्राउ परेको प्रहरीले जनाएको छ ।
गौरादह नगरपालिका –३ बस्ने युवराज खड्काको घरमा जुवा खेलिरहेको अबस्थामा शुक्रवार बिहान ३ बजे इलाका प्रहरी कार्यालय दमक र गौरादहबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा १५ जना सहित नगद १ लाख ३५ हजार नौ सय २० रुपैँया सहित १६ थान कौडा, तीन बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।
पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय दमकमा अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए ।
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

