Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापाको बुद्धशान्तिमा हजुरबुवाले नातिनी भारतमा लागेर बेचिएको खुलास
    बुद्धशान्ति गाउँपालिका

    झापाको बुद्धशान्तिमा हजुरबुवाले नातिनी भारतमा लागेर बेचिएको खुलास

    कनकाई खबरBy कनकाई खबर२०८० पुष ११, बुधबार १०:३२ गते4 Mins Read

    झापाको बुद्धशान्तिमा आफ्नै हजुरबुवाले एक हप्ताको शिशु बिक्री गरेको खुलेको छ । उक्त बच्चालाई सिक्किमको एक प्रधानको घरमा भारतीय रुपैयाँ २ हजार ५ सयमा बिक्री गरेको स्रोतको दाबी छ ।

    झापा बुद्धशान्ति–३ मा बसोबास गर्ने पुरन भट्टराई र बुद्धशान्ति–२ मा अर्काको घरमा बस्दै आएकी एक युवतीबीचको सम्बन्धले जन्मिएको बच्चा बिक्री गरिएको जनाइएको छ ।छोरी जन्मेको ६ दिनमा पुरन र उनका बाबुले आमा र छोरीलाई सिक्किम लगेर सन्तानविहीन प्रधान थरका व्यक्तिलाई शिशु बिक्री गरेका थिए ।

    उनीहरुको अवैध सम्बन्ध रहेको र गर्भ बसेको थाहा पाएपछि २०७९ पुस २७ मा विवाह गरेको एक निवेदनमा उल्लेख छ । पीडित युवतीले २०८० भदौ २५ गते छोरी जन्माएकी थिइन् ।तर, छोरी जन्मेको ६ दिनमा पुरन र उनका बाबु भीमप्रसाद भट्टराईले आमा र छोरीलाई सिक्किम लगेर सन्तानविहीन प्रधान थरका व्यक्तिलाई शिशु बिक्री गरेका थिए ।‘आफ्नो बच्चा खोइ भनेर सोध्दा भट्टराई परिवारले ‘नानी काठमाडौँमा छ’ भनेर जवाफ दिने गरेका थिए,’ ती युवतीले निवेदनमा भनेकी छन् ।

    हाल पीडित ती युवती बेसहारा छिन् ।उनकी छिमेकी प्रकृति रिजालले सामाजिक सञ्जालमा घटनाको विषयमा एक भिडियो पोष्ट गरेकी छन् । उक्त भिडियोमा ‘विवाहपछि केटीलाई घरमा नराखेर अर्कैको घरमा राखेको, बच्चा जन्मिँदासम्म कुनै हेरबिचार नगरेको, बच्चा जन्माएको ६ दिनमा सार्वजनिक बसमा भारत पानीटंकीसम्म लिएर आएको’ उल्लेख गरेकी छन् ।

    उनले एक हप्ताको सुत्केरीलाई आराम दिनुको सट्टा उक्त परिवारले सार्वजनिक बसमा सिक्किम पुर्याएको र बच्चा बिक्री गरेको दाबी गरेकी छन् ।बच्चा बिक्री गरेर नेपाल फर्किएपछि युवती भागेर झापा बिर्तामोडस्थित बुट्टाबारीमा रहेको नाताले दाजु पर्नेको घरमा पुगिन् । आफ्नो बच्चा बिक्री भएको सुनाएपछि गाउँलेहरु भेला भए र तुरुन्त बच्चा फिर्ता ल्याउन भट्टराई परिवारलाई दबाब दिए ।त्यसपछि भट्टराईले शिशु फिर्ता ल्याए । तर, युवतीमाथिको हिंसा भट्टराई परिवारबाट रोकिएन ।

    भट्टराई परिवारले बच्चाको स्याहार सुसारको लागि खर्च नदिँदा ती युवतीले मागेर जीवन गुजारेको आफूले देखेको छिमेकी बताउँछन् ।उनी अर्कैको घरमा बसेर ‘प्लस टु’ पढ्दै थिइन् । अचानक उनको महिनावारी रोकियो । पहिले पनि महिनावारी नियमित थिएन । लामो समय महिनावारी रोकिएपछि छरछिमेकले सोधीखोजी गरे ।शङ्का लागेको केटोलाई केटीको अगाडि केही सम्बन्ध छ कि भनेर सोध्दा केटाले अस्वीकार गर्यो ।

    त्यसपछि युवतीले उक्त युवासँग मोबाइलमा भएका म्यासेजहरु छिमेकीलाई देखाइन् । छिमेकीले केरकार गरेपछि केटाले आफूले सम्बन्ध राखेको स्वीकार गरे । त्यसपछि युवती गर्भवती भएको शङ्का लागेर चेकजाँच गर्दा ८ महिनाको गर्भ रहेको थाहा भयो ।त्यसपछि ती युवतीसँग सामान्य टिकाटालो गरेर छिमेकी केटालाई गाउँलेले युवती जिम्मा लगाए ।

    तर, केटाको परिवारले भने आठ महिनाको बच्चा भएको थाहा पाइसक्दा पनि युवतीलाई गर्भपतन गर्न दबाब दिइरहे ।यसैबीच, बच्चालाई अन्तै कतै छोडेर विदेश जान युवतीलाई दबाब दिने गरेको पनि उनीहरुको दाबी छ । घरमा रहँदा पनि युवतीमाथि अनेक खालका गाली गलौज र हिंसाका घटना भइरहने गरेको छिमेकी दाबी गर्छन् ।घटनाको विषयमा सोमबार बुद्धशान्ति गाउँपालिकाका वडा अध्यक्ष अनिल वाग्लेको रोहबरमा छलफलसमेत भएको थियो ।

    उर्लिएर पुगेका गाउँलेसामु भट्टराई परिवारले बुहारी स्वीकार गर्ने भन्दै जिम्मा लिएर गए । यद्यपि ती युवती र शिशुको अवस्था खतरामुक्त नरहेको छिमेकी बताउँछन् ।भट्टराई बाबुछोरा नै पण्डित्याइँ गर्दछन् । तर, उनीहरुले हालसम्म तीन महिनाको शिशुको न्वारानसमेत नगरेको युवतीले बताएकी छन् ।

    पण्डित परिवारले ती युवतीलाई उनको नाङ्गो भिडियो बनाएर फेसबुकमा हाल्दिने धम्की पनि दिने गरेको स्रोतको दाबी छ । केटा पक्षले अर्को केटीसँग विवाहको तयारी समेत गरेको थाहा पाएको स्थानीय प्रगति रिजालले दाबी गरेकी छन् ।पण्डित भीमप्रसाद भट्टराईले भने घटना मिलाइसकेको बताए ।

    नातिनीलाई बिक्री गर्न चाहिँ लानु भएको हो कि होइन ? भन्ने प्रश्नमा उनले भने, ‘बिक्री गर्न लगेको भए हाम्रो नातिनी हामीसँग हुन्छ ? भन्नु त ?’ जन्मदर्ता किन नगराउनु भएको भन्ने प्रश्नमा भोलि दर्ता गराइदिने उनले बताए ।सिक्किमा लगेर बेचेको भन्ने कुरा गलत रहेको उनले बताए । ‘मैले बुहारी र नातिनीलाई दुःख दिएको होइन । मेरी श्रीमती फोक्सोको बिरामी थिइन् । त्यसपछि मैले सालीको घरमा लगेर बुहारीलाई राखेको हो । हाम्रो परिवार हामी मिलेका छौँ ।

    बुहारी स्वीकार गरेर राखेका छौँ । भदौमै ल्याएर राखेका हौँ । पछि हामी बाउछोरा नै गएर लिएर आएका हौँ । नानी पनि सँगै लिएर आएका हौँ । बुहारी सिधा छिन् । उनलाई सिकाएर अरुले उक्साएर यस्तो भएको हो,’ उनले भने, ‘बेचिसकेको नानी फेरि कसले ल्याउन सक्थ्यो त ? प्रमाणित हुनु परेन ? अप्रमाणित बोलेर भएन नि ? यो एकपक्षीय हिसावले हाम्रो परिवारमाथि कसैले खेलवाड गर्न खोजिएको हो । त्यस्तो केही होइन ।’ झापा टुडेबाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बुद्धशान्तिमा चितुवाको आक्रमणबाट एक प्रहरीसहित ४घाइते, स्थानीयको कुटाइबाट चितुवाको मृत्यु

    २०८२ चैत्र ८, आईतवार २३:१३ गते

    प्रधानमन्त्री ओलीद्वारा बुद्धशान्तिको ‘भागीरथा अस्पताल’ उद्घाटन

    २०८२ असार २८, शनिबार १४:४४ गते

    घुस सहित पक्राउ परे वडाअध्यक्ष

    २०८१ आश्विन ८, मंगलवार १६:४८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.