Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » महिलाको मृत्युपछि मनमोहन अस्पताल बिर्तामोडमा ढुंगामुडा(भिडियो सहित)
    बिर्तामोड नगरपालिका

    महिलाको मृत्युपछि मनमोहन अस्पताल बिर्तामोडमा ढुंगामुडा(भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०८० पुष १०, मंगलवार १६:४९ गते2 Mins Read

    बिर्तामोड । आक्रोशित बनेका मृतकका आफन्तजनहरूले झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा ढुंगामुडा गरेका छन् । अस्पतालमा उपचाररत एक महिला बिरामीको मृत्यु भएपछि आक्रोशित बनेका आफन्तहरूले सोमबार साँझदेखि अस्पताल परिसर घेराउ गर्दै नाराबाजी गरिरहेका छन् ।

    सोही क्रममा उनीहरूले बाहिरबाट ढुंगामुडा गर्दा अस्पतालको सिसाहरू फुटेको छ । अस्पताल हुने सम्भावित तोडफोडको घटनालाई लक्षित गरी ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिए पनि उनीहरूले अन्ततः ढुंगामुडा प्रहार गरे । प्रहरीले भने प्रदर्शनकारीमाथि बल प्रयोग नगरेको बताइएको छ ।

    अहिले पनि अस्पताल परिसर तनावग्रस्त छ । सडकबाहिर प्रदर्शनकारीको भीड छ, भने प्रहरीले अस्पतालको मुख्य गेट अगाडि सुरक्षा दिइरहेको बताइएको छ । अस्पतालको लापरबाहीले बिर्तामोड नगरपालिका ९ निवासी अन्दाजी ३४ वर्षीया नर्वदा बाँस्कोटाको मृत्यु भएको परिवारजनको आरोप लगाएका छन्। घुँडामुनि सुन्निएर नर्वदालाई सोमबार बिहान ७ बजे मनमोहन अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको बेलुका साढे ५ बजे मृत्यु भएको थियो ।  बिरामीको मृत्युको कारण अस्पताल प्रशासनले अहिलेसम्म सार्वजनिक गरेको छैन । 

    लापरबाही गर्ने स्वास्थ्यकर्मीलाई कारबाही गर्नुपर्ने आफूहरूको माग रहेको मृतकका भाइ दिनेश बाँस्कोटाले बताए । मनमोहनले उपचार पनि नगरेको र ८ घण्टासम्म रिपोर्ट नदिँदा अन्यत्र लैजान नसकेको उनको आरोप छ । अहिले अस्पतालको घटनाको विषयमा इलाका प्रहरी कार्यालय अनारमनिमा दुवै पक्षबीच छलफल चलिरहेको छ । मृतकका श्रीमान्, ११ वर्षका छोरा र अढाई वर्षकी छोरी रहेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    सातौं झापा गोल्डकपः झापा ११ को विजयी सुरुवात

    २०८२ माघ २५, आईतवार ०६:११ गते

    ‘पौरखी जेनजी’ सम्मानसँगै लोकतन्त्र म्यागजिन लोकार्पण

    २०८२ माघ १२, सोमबार ०९:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.