Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » शाहरुखको डंकीले तीन दिनमा १०३ करोड कमायो
    मनोरञ्जन

    शाहरुखको डंकीले तीन दिनमा १०३ करोड कमायो

    कनकाई खबरBy कनकाई खबर२०८० पुष ८, आईतवार ११:४० गते2 Mins Read

    शाहरुख खान अभिनित फिल्म डंकी हलमा रिलिज भएको तीन दिन बितेको छ । यस वर्ष शाहरुखका पठान र जवान जस्ता फिल्म रिलिज भएपछि डन्कीबाट पनि धेरै अपेक्षाहरू रहेका थिए । रिलिज हुने बित्तिकै डंकीले बक्स अफिसमा ठूलो कलेक्सन गरेको छ । 

    पहिलो दिन फिल्मको बक्स अफिस कलेक्सन ३५.२३ करोड कमाई गरेको डंकीले तीन दिनमा १ सय ३‍.४ करोड कमाएको रेड चिल्ली इन्टरटेन्टमेन्टले जानकारी दिएको छ ।

    शाहरुखको डंकी रिलिज भएको दोस्रो दिन बाहुबली स्टार प्रभासको फिल्म सालारको रिलिजले डङ्कीको कलेक्शनलाई असर भने गरेको छ । सालार रिलिज भएसँगै डङ्कीको दोस्रो दिनको कलेक्सन झण्डै ३० करोडमा झरेको थियो तर रिलिजको तेस्रो दिन फिल्मले फेरि एकपटक गति लिएको छ । साताको अन्त्यका कारण दोस्रो दिनको तुलनामा तेस्रो दिन फिल्मको कलेक्शन बढेको मानिएको छ ।

    तेस्रो दिनको कलेक्शनको कुरा गर्दा फिल्मले सप्ताहन्तमा राम्रो नाफा कमाएको छ । सालार रिलिजका कारण दोस्रो दिन फिल्मको कमाई घटेपछि तेस्रो दिन डंकीले उत्कृष्ट कलेक्सन गरेको छ । तेस्रो दिन शाहरुखको डङ्कीले करिब २८ करोड कमाएको छ । योसँगै फिल्मको हालसम्म कुल कमाई करिब १०३ करोड रूपैयाँ पुगेको हो । चौथो दिन पनि चलचित्रले सप्ताहन्तको फाइदा लिन सक्ने अनुमान गरिएको छ ।

    तर, कमाईको मामिलामा यो वर्ष रिलिज भएको शाहरुखको फिल्म पठान र जवानको तुलनामा डंकी दुवै फिल्मभन्दा निकै पछाडि रहेका छन् । पठानले तेस्रो दिन बक्स अफिसमा ३८ करोड भारु कलेक्सन गरेको थियो, त्यसपछि पहिलो तीन दिनमा फिल्मको कुल कमाई १६१ करोड पुगेको थियो । जवानको कुरा गर्दा तेस्रो दिन करिब ६८ करोड कलेक्सन भएको थियो भने पहिलो तीन दिनको कुल कमाई १८० करोडको हाराहारीमा थियो ।

    राजकुमार हिरानी निर्देशित डंकीको बजेट १२० करोड रहेको छ । यसअघि राजकुमार हिरानीले मुन्नाभाई एमबीबीएस, पीके र थ्री इडियट्स जस्ता सुपरहिट फिल्मका निर्देशकका रूपमा उद्योगमा विशेष स्थान राखेका छन् । डंकीको स्टार कास्टको कुरा गर्दा किंग खान बाहेक तापसी पन्नु, बोमन इरानी, ​​सतीश शाह र विक्रम कोचर पनि मुख्य भूमिकामा छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सुरूङ्गामा कला, संस्कृति तथा साहित्य महोत्सव किन ?

    २०८० माघ २५, बिहीबार १५:४० गते

    भ्यालेन्टाइट सप्ताह शुरुः आज ‘रोज डे’

    २०८० माघ २४, बुधबार १२:०६ गते

    २० करोड भ्यूज पाउने पहिलो नेपाली गीत बन्यो ‘कुटुमा कुटु’

    २०८० पुष २८, शनिबार १०:५७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.