काठमाडौं । बलिउड स्टार शाहरुख खानको चलचित्र ‘डंकी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा विदेशिन संघर्षरत पञ्जाबका गाउँले युवाको कथा समेटिएको छ ।
राजकुमार हिरानीको निर्देशन रहेको चलचित्रमा शाहरुखसँगै तापसी पन्नु, विक्की कौशल, बोमन इरानी, अनील ग्रोभरलगायतको अभिनय छ ।
कमेडी जानरामा बनेको चलचित्रले ज्यान जोखिममा राखेर विदेशिन बाध्य विद्यार्थीको कथा भन्नेछ । ‘डंकी’ २१ डिसेम्बर २०२३ मा रिलिज हुँदै छ । ‘जवान’ र ‘पठान’ हिट भएकाले शाहरुखको यो चलचित्र पनि प्रतिक्षित बनेको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।