Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बिर्तामोड नगरपालिकाले नगरका ३ उत्कृष्ट शिक्षकलाई सम्मान
    बिर्तामोड नगरपालिका

    बिर्तामोड नगरपालिकाले नगरका ३ उत्कृष्ट शिक्षकलाई सम्मान

    कनकाई खबरBy कनकाई खबर२०८० मंसिर १५, शुक्रबार १२:२१ गते3 Mins Read

    बिर्तामोड नगरपालिकाले नगरका ३ जना शिक्षकलाई उत्कृष्ट शिक्षक पुरस्कार प्रदान गरेको छ । शिक्षा दिवसमा प्रदान गरिदै आएको सो पुरस्कार शिक्षक आन्दोलनका कारण रोकिएको थियो ।

    नगरपालिकाले आज बिहीबार एक कार्यक्रमको आयोजना गर्दै बिहीवार नगर क्षेत्रका तीन जना शिक्षकलाई पुरस्कार प्रदान गरेको हो । उत्कष्ट शिक्षक प्राप्त गर्नेहरुमा मावि तर्फको दुर्गा मावि गरामनीका लक्ष्मण शिवाकोटी, आधारभूत तर्फ मोहनमाया माविका भेषराज चौलागाई र प्राथमिक तर्फ जनता प्राविका डिल्लीरमण भट्टराई रहेका छन् । उत्कृष्ट शिक्षकहरुलाई नगद ५०र५० हजार र सम्मानपत्रसहित पुरस्कृत गरिएको थियो ।

    नगरले दोस्रो पटक यस प्रकारको पुरस्कार वितरण गरेको छ । नगरपालिकाले उत्कृष्ट शिक्षक छनौटका लागि आवेदन माग गरेको थियो । आवेदनका आधारमा नगरले उत्कृष्ट शिक्षक छनौट गरी पुरस्कृत गरेको शिक्षा शाखाका अधिकृत केशर खवासले जानकारी दिनुभयो । अघिल्लो वर्ष शेरबहादुर श्रेष्ठ, जनक थापा र श्याम दाहालले उक्त पुरस्कार प्राप्त गरेका थिए ।

    यस्तै, नगरस्तरीय कक्षा ८ को परीक्षामा उत्कृष्ट जीपीए ल्याउने दुई जना विद्यार्थीहरुलाई १५र१५ हजार नगदसहित पुरस्कृत गरिएको छ । महेन्द्ररत्न माविकी छात्रा विद्या दाहाल र मोहनमाया माविकी छात्रा एलिना तम्सिनालाई पुरस्कृत गरिएको हो।

    सोही कार्यक्रममा २०७९ मा शिक्षण पेशाबाट सेवा निवृत्त भएका ११ जना शिक्षकहरुलाई सम्मानपत्रसँगै दोसल्ला ओढाएर मायाको चिनोसहित विदाई गरिएको छ । विदाई हुने शिक्षकहरुमा तोयानाथ काफ्ले सरस्वती मावि, कृष्ण प्रसाद पाठक दुर्गा मावि, देवी प्रसाद पराजुली दुर्गा मावि, विरेन्द्र प्र। बुढाथोकी सहिद लक्ष्मी प्रावि, नरेन्द्र प्रसाद गुरुङ्ग चमरधाप प्रावि, कृष्ण प्रसाद रिजाल वीर अमरसिंह मावि, रघुनाथ पौडेल महेन्द्र रत्न मावि, रवीन कुमार शर्मा महेन्द्र रत्न मावि, दिल कुमार मुखिया महेन्द्र रत्न मावि, कृष्ण सुवेदी निराकार शुक्रराज आ।वि, र प्रेम बहादुर लिम्बु महेन्द्रज्योती मावि रहेका छन् ।

    कार्यक्रममा स्थानीय तहको पाठ्यक्रम आचरण सचेतना शिक्षा निर्माण समितिका पदाधिकारी युवराज पाण्डे, डम्बर बहादुर बस्नेत, मोहन ओली, युवराज कट्टेल, टंक सेढाई, श्याम दाहाल, लीला भण्डारी, भोजराज दाहाल, उमा भण्डारी, देवेन्द्र हुमागाई, टीका पोख्रेल, तिलचन भण्डारी, दिनेश प्र। आचार्य र केशर बहादुर खवासलाई सम्मान गरिएको छ ।

    नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले पुरस्कृत एवम् सम्मानित हुनेहरुलाई अविर लगाएर सम्मान पत्र प्रदान गर्नु भयो ।

    कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख प्रसाईले नगरपालिका शिक्षा क्षेत्रको विकासका लागि सधैं सजग रहेको बताउनु भयो ।उहांले शिक्षा क्षेत्रको प्रगतिका लागि शिक्षकहरुलाई उत्प्रेरणा प्रदान गर्न आवश्यक रहेको बताउनु भयो। नगर प्रमुख प्रसाईले आगामी दिनमा नीजि र सामुदायिक दुवै क्षेत्रका उत्कृष्ट शिक्षकहरुलाई सम्मान गर्ने घोषणासमेत गर्नु भयो ।

    सामाजिक विकास समिति संयोजक यमुना आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्यहरु सीता ढुङगाना, तिला गौतम, निर्मला सुनुवार, एमाले नेता देवराज कार्की, नेल्टा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराई, विभिन्न विद्यालयका प्रअ, शिक्षक गुरुभक्त न्यौपाने, छन्दुराम भण्डारी, योगेन्द्रमणी दाहाल लगायतको उपस्थिति रहेको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सातौं झापा गोल्डकपः झापा ११ को विजयी सुरुवात

    २०८२ माघ २५, आईतवार ०६:११ गते

    ‘पौरखी जेनजी’ सम्मानसँगै लोकतन्त्र म्यागजिन लोकार्पण

    २०८२ माघ १२, सोमबार ०९:१८ गते

    मध्यरातमा दुर्गा प्रसाईं पक्राउ, प्रहरीको उच्च सतर्कता

    २०८२ मंसिर २, मंगलवार १८:३३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.