झापाको कचनकवल गाउँपालिका-५ डाँगाबारीस्थित सुकुम्वासी बस्तीमा आगलागी भएको छ । स्थानीय जमिल मियाँ र इम्तियाज मियाँको घरमा बुधवार आगलागी भएको हो ।
भान्साबाट अचानक सल्किएको आगोले अन्दाजी ९ लाख मूल्य बराबरको धनमालको क्षति भएको प्रहरीले जनाएको छ। भान्सा घर, इँटाको वाल र टिनको छानो भएको चार कोठे भुईँ घरमा क्षति, दुई तोला सुन, ४० तोला चाँदी, लत्ता कपडा, नगद २० हजार तथा घरका फर्निचर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। आगलागी भद्रपुर नगरपालिकाको दमकल र स्थानीय, बिओपी पाठामारी र प्रहरी चौकी पाठामारीको सहयोगमा नियन्त्रणमा आएको थियो।
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

