Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    मतदातालाई एलपी साँवा लिम्बुको पत्र: ‘म तपाईंको भरोसाको भारी बोक्न तयार छु’

    २०८२ फाल्गुन १५, शुक्रबार १७:२५ गते

    सरस्वती माध्यमिक विद्यालयको अध्यक्षमा पशुपति आचार्य

    २०८२ फाल्गुन १४, बिहीबार १४:२८ गते

    राष्ट्रिय स्वतन्त्र पार्टीले झापा ४ मा गर्यो बाचा पत्र सार्वजनिक

    २०८२ फाल्गुन ९, शनिबार ००:२७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अरिजितको कन्सर्टमा झुमे नेपाली सेलिब्रेटी
    मनोरञ्जन

    अरिजितको कन्सर्टमा झुमे नेपाली सेलिब्रेटी

    कनकाई खबरBy कनकाई खबर२०८० मंसिर १०, आईतवार १२:१० गते2 Mins Read

    भारतीय सेलिब्रेटीहरुको नेपालमा कुन हदसम्म क्रेज छ भन्ने कुरा शनिबार साँझ काठमाडौंको हायत रिजेन्सीको चौरमा आयोजित ‘अरिजित सिंह लाइभ इन नेपाल’ले प्रमाणित गर्छ । करिब २० हजार दर्शकको सानदार उपस्थिति रहेको कन्सर्टलाई अरिजितले झण्डै चार घण्टा तताएका थिए । उनका गीत मन पराउने नेपाली सेलिब्रेटीहरुको पनि कन्सर्टमा उल्लेख्य उपस्थिति रहेको थियो ।

    अभिनेत्री केकी अधिकारी साथीहरुसँग अरिजितका गीतमा झुकेकी थिइन् । उनले कन्सर्टमा उपस्थित भएको केही भिडियो क्लिप्स इन्स्टाग्राममा राखेकी छन् । अभिनेता सलोन बस्नेत त अरिजितले गीत गाउँदा साथीको काँधमा चढेर रमाएका थिए । उनी श्रीमती करिश्मा केसी र साथीहरुसँग कन्सर्ट हेर्न पुगेका थिए । करिश्माले आफ्नो मिनी ब्यागमा अरिजितको अटोग्राफ पनि लिन भ्याइन् ।

    त्यस्तै, कन्सर्टमा अभिनेत्रीहरु स्वस्तिमा खड्का, वर्षा सिवाकोटी, मलिना जोशी, सन्ध्या केसी, निकिता चाण्डक, नीति शाह लगायत पनि सहभागी भएका थिए । अरिजितले आफ्नो चर्चित हिन्दी गीतहरु गाउँदा नेपाली सेलिब्रेटीहरुले गुनगुनाउँदै र हुटिङ गर्दै साथ दिएका थिए । गायक सिंहको पहिलोपटक नेपालमा कन्सर्ट भएकोले पनि उनलाई हेर्न र सुन्न नेपाली सेलिब्रेटीहरु झुम्मिएका हुन् ।

    ‘तुम हि हो’ गीतबाट कन्सर्ट सुरु गरेका अरिजितले ‘जो तुम ना हो’, ‘बेखयाली’, ‘प्यार झुठा था तो’, केहेते हे खुदा ने इस’, ‘अगर तुम साथ हो’, ‘ए दिल हे मुस्किल’, ‘तेरा प्यार मे’, ‘दिल सम्हल जा जरा’, ‘जालिमा’, ‘खेरियत पुछो’ लगायतका चर्चित गीतहरु गाएका थिए । ‘अच्छा चलता हुँ, दुवाओमे याद रखना’ गीतबाट कन्सर्टको विदाई गरेका उनले धेरै नेपाली फ्यानलाई अटोग्राफ पनि दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सुरूङ्गामा कला, संस्कृति तथा साहित्य महोत्सव किन ?

    २०८० माघ २५, बिहीबार १५:४० गते

    भ्यालेन्टाइट सप्ताह शुरुः आज ‘रोज डे’

    २०८० माघ २४, बुधबार १२:०६ गते

    २० करोड भ्यूज पाउने पहिलो नेपाली गीत बन्यो ‘कुटुमा कुटु’

    २०८० पुष २८, शनिबार १०:५७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    मतदातालाई एलपी साँवा लिम्बुको पत्र: ‘म तपाईंको भरोसाको भारी बोक्न तयार छु’

    २०८२ फाल्गुन १५, शुक्रबार १७:२५ गते

    सरस्वती माध्यमिक विद्यालयको अध्यक्षमा पशुपति आचार्य

    २०८२ फाल्गुन १४, बिहीबार १४:२८ गते

    राष्ट्रिय स्वतन्त्र पार्टीले झापा ४ मा गर्यो बाचा पत्र सार्वजनिक

    २०८२ फाल्गुन ९, शनिबार ००:२७ गते

    एमालेको चुनावी घोषणापत्र सार्वजनिक

    २०८२ फाल्गुन ८, शुक्रबार ०७:१७ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.