विगत दश दिनदेखि बेपत्ता झापा बाह्रदशी– ५ का ४० वर्षीय ताला हस्दा मृत फेला परेका छन् ।
उनी हिजो बिर्तामोड १० को बाँसघारीमा झुन्डिएको अबस्थामा फेला परेका हुन् । केही दिनअगाडि नै उनी झुन्डिएको हुनसक्ने अनुमान गरिएको छ । उनले लगाएको कपडाले पहिचान गरिएको हो ।
उनको अनुहार नचिनिने कुहिएको अबस्थामा पुगिसकेको र लाशलाई पोस्टमार्टम गरी परिवारलाई जिम्मा दिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।