काठमाडौं । सलमान खान र कट्रिना कैफ स्टारर ‘टाइगर ३’ ले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । लक्ष्मीपूजाको दिनमा आइतबारको यो कमाइ बलिउडको लागि सुखद् रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बलिउड ट्रयाक एजेन्सी स्याकनिल्कका अनुसार आइतबार फिल्मले भारतभर ४४.५ करोड भारुको कमाइ गरेको छ । यो कलेक्सन दिवालीमा कुनै भारतीय फिल्मको उच्च कमाइ रहेको जनाइएको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
