झापाको बिर्तामोड र अर्जुनधारा नगरपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले बिर्तामोडबाट एक जना र अर्जुनधाराबाट चार जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
मंगलबार बिर्तामोड नगरपालिका–८ गरामनीस्थित भद्रपुर–बिर्तामोड सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे ३ प ६४०३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएकोले अस्थाई प्रहरी चौकी गरामनीबाट प्रहरी टोली खटि गई बुझ्दा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका–२ का २५ वर्षीय प्रतिक राई चोट पटक नलागेको र नसालु पदार्थ सेवन गरेको जस्तो देखिएकोले चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ३ ग्राम ४८० मिलिग्राम फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यसैगरी, सोमबार राति ९ः३० बजे अर्जुनधारा नगरपालिका–११ नयाँ बसपार्क स्थित कोठा भाडा लिई बस्ने देश भारत राज्य बिहार जिल्ला अररिया बतनाहा भटयाही वडा नं.२२ घर बताउने १९ वर्षीय प्रियन्सु कुमार मण्डल, जोगवनी खजुरवाडी वडा नं.१५ घर बताउने १९ वर्षीय मोहम्मद लाल भन्ने साहिल सेख र २३ वर्षीय मोहम्मद काजीम आलमले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर प्रयोग गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुले बोक्ने कालो ब्यागभित्र लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध ब्राउनसुगर १४ ग्राम ३२० मिलिग्राम फेला पारी बरामद गरी उक्त बरामद लागुऔषधहरुसहित ४ जनालाई नै नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनी झापामा राखी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।