कनकाई/ जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
आज विहान बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो । जिल्लामै पहिलोपटक बिर्तामोड नगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्न लागेको हो ।
नगरपालिकाको विपद व्यवस्थापन कोषबाट रु पाँच लाख पठाउने निर्णय गरिएको नगर प्रमुख पवित्रा महतारा प्रसाईले बताइन् । उनले भूकम्पका कारण सर्वस्व गुमाउन पुगेका पीडितहरुलाई राहत पुग्ने उद्देश्यले पठाउन लागेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने जानकारी दिइन् ।

Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
