एजेन्सी : रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको छ ।एक अज्ञात व्यक्तिले इमेल मार्फत मुकेश अम्बानीलाई २० करोड भारतीय रुपैयाँ नतिरेको खण्डमा मार्ने धम्की दिएका हुन् ।
‘यदि तपाईंले हामीलाई २० करोड रुपैयाँ दिनु भएन भने हामी तपाईंलाई मार्नेछौँ। हामीसँग भारतमा उत्कृष्ट शूटरहरू छन्,’ इमेलमा भनिएको छ। यो धम्की २७ अक्टोबरमा शादाब खान नामका व्यक्तिले पठाएका थिए ।समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई पुलिसले गादेवी पुलिस स्टेशनमा आईपीसीको धारा ३८७ र ५०६ (ई) अन्तर्गत मुद्दा दर्ता गरेको छ।
कमेन्टस्
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

