उदयपुरमा एक महिला बलात्कृत भएकी छिन् । ५८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्लाको कटारी नगरपालिका–१ बेलसोत बस्ने २५ वर्षीय जयबहादुर खपाङ्गी मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
मगरले आइतबार राति महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
