वडा प्रहरी कार्यालय बैदामले २४ तोला सुनसहित एक महिलालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका-१ घर भई काठमाडौं बस्ने ४५ वर्षीया कलपना गुरुङ रहेको प्रहरीले जनाएको छ ।बैदाम प्रहरी कार्यालय प्रमुख डीएसपी वेद जोशीका अनुसार गुरुङलाई काठमाडौंबाट पोखरा आने क्रममा पृथ्वीचोकबाट नियन्त्रणमा लिइएको हो ।
‘कहाँबाट कहाँ लैजाने ? कसको हो भन्ने अनुसन्धान हुँदैछ,’ जोशीले भने ।अहिले स्थानीय र प्रत्यक्षदर्शीको रोहबरमा मुचुल्का उठाउने काम भैरहेको बैदाम प्रहरीले जानकारी दिएको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
