Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कोशी प्रदेशको मुख्य मन्त्रीमा उद्धव थापा नियुक्त
    राजनीति

    कोशी प्रदेशको मुख्य मन्त्रीमा उद्धव थापा नियुक्त

    कनकाई खबरBy कनकाई खबर२०८० असार २१, बिहीबार १४:४९ गते4 Mins Read

    विराटननगर \ कोशी प्रदेशको पाँचौं मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त भएका छन् ।

    हिक्मत कार्की नेतृत्वको सरकार ढालेर मूख्यमन्त्री बन्न सफल थापालाई नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी र जसपाले समर्थन गरेका हुन् । मुख्यमन्त्री नियूक्त गरेका थापा नेपाली कांग्रेस भित्र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहका हुन् । सोही गुटबाट १४ औं महाधिवेशनमा उनी पार्टीको प्रदेश सभापति निर्वाचित भएका थिए । महाधिवेशनमा उनलाई शेरबहादुर देउवा समूहको पनि सहयोग थियो ।

    उनले महाधिवेशनमा संस्थापन इतर पक्षका उम्मेदवार गुरुराज घिमिरेलाई २ मतले पराजित गरेका थिए । थापाले ८ सय ४४ मत प्राप्त गरे । घिमिरेलेले ८४२ मत प्राप्त गरेका थिए । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा खस आर्य कोटाको समानुपातिक सूचीको पहिलो नम्बरमा निर्वाचित भएका उनी यसअघिका दुई निर्वाचनमा पराजित भएका थिए ।

    २०७० को संविधानसभा निर्वाचनमा झापा-४ र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा झापा-२ बाट पराजित भएका उनी यो पटक समानुपातिक सूचीमा बसेका थिए । प्रदेश सांसद निर्वाचित भएपछि संसदीय दलको निर्वाचनमा संस्थापन इतर पक्षका केदार कार्की र संस्थापन पक्षकै अृमत अर्याललाई पराजित गर्दै उनी दलको नेता चुनिए ।

    २९ सदस्यीय प्रदेश संसदीय दलका थापाले शेरबहादुर देउवा पक्षले पनि सहयोग गरेपछि १८ मत प्राप्त गर्दै निर्वाचित भएका थिए । मुख्यमन्त्री बन्न प्रदेश झरेका देउवा पक्षका नेता अर्यालले भने २ मत मात्रै पाए । शेखर कोइराला पक्षका कार्कीले ९ मत पाएका थिए । गत पुस १० गते बनेको राजनीतिक समीकरण राष्ट्रपतिको निर्वाचनअघि भत्किएपछि थापाको मुख्यमन्त्री हुने बाटो खुलेको थियो । बिहीबार सभामुखको समर्थनसहित मुख्यमन्त्री नियुक्त भएका थापाले ३० दिन भित्र विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत लिने बेलामा राप्रपाले सहयोग नगरे उनी पदमुक्त हुनेछन् । त्यसपछि नयाँ सरकार गठनको बाटो खुल्नेछ । विश्वासको मत पाएको अवस्थामा सरकार निरन्तर चल्नेछ ।

    थापा २०१४ साल मंसिर १५ गते जन्मिएका हुन् । २०३४ सालदेखि उनी नेपाल विद्यार्थी संघको राजनीतिमा जोडिएका थिए । काठमाडौंको शंकरदेव क्याम्पसबाट नेविसंघको राजनीति सुरु गरेका उनले नेविसंघको विभिन्न तहमा रहेर काम गरे । २०३५ सालको जनमत संग्रहमा निरंकुश पञ्चायती व्यवस्था विरुद्व बहुदलीय ब्यवस्था स्थापनका लागी बहुदलको प्रचार अभियानमा खटेका उनी विपी कोइरालाको सुरक्षा दस्तामा बसेर पनि काम गरेका थिए ।

    २०४६ को जनआन्दोलनका क्रममा भने उनी राजावादी बनेर आन्दोलन दबाउन लागेका थिए । ‘त्यसबेला आन्दोलनकारी झापाको शनिश्चरे बजार बन्द गराउँदै हिड्दा उद्धव थापासहितका युवाहरु पछि(पछि खुलाउदै आउथे,’ कांग्रेस झापाका पुराना एक नेताले भने,‘ त्यस बेला उनलाई हामी मण्डलेको हवल्दार वैदार भन्थ्यौं ।’

    ती नेताका अनुसार थापा आन्दोलन लगत्तै कांग्रेसमा नै फर्किएका थिए । शनिश्चरेका अर्का पुराना कांग्रेस नेताका अनुसार उद्धव थापा कृष्णप्रसाद सिटौलाको गुटमा प्रवेश गर्नुअघि केशवकुमार बुढाथोकीको टिममा थिए । बुढाथोकी २०४६ को आन्दोलनअघि मन्त्री थिए । उनी अहिले सक्रिय राजनीतिमा छैनन् । २०४६ को आन्दोलन विरुद्ध लाग्दा उनी बुढाथोकी कै समूहमा रहेको ति नेताको दाबी छ । बुढाथोकी आन्दोलनकै क्रममा कांग्रेसमा आएका थिए । त्यसपछि भने निरन्तर उनी कांग्रेसको राजनीतिमा रहे ।

    उनी नेपाली काँग्रेस अर्जुनधारा गाउँसमितिको सचिव र सभापतिको एकरएक कार्यकाल पुरा गरे । त्यसपछि झापा २ नं क्षेत्रको क्षेत्रीय सभापति भने । निरन्तर पार्टीको जिम्मेवारीमा बसे । १० औं जिल्ला अधिवेशनबाट कांग्रेस जिल्ला सचिव बनेका उनी ११ औं अधिवेशनबाट उपसभापति बने । थापाले दुई कार्यकाल जिल्ला सभापति बनेको कांग्रेस झापाका सभापति देउमान थेबेले जानकारी दिए । उनका अनुसार १२ औं र १३ औं अधिवेशनबाट उनी झापा जिल्ला सभापति निर्वाचित भएका थिए ।

    झापा क्षेत्र नम्बर ४ बाट २०७० को संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका उनी एमाले उम्मेदवार प्रेम गिरीसँग पराजित भए । २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा क्षेत्र नम्बर २ बाट उठेका उनी पवित्रा खरेलसँग पराजित भएका थिए । दोस्रो जनआन्दोलनका क्रममा उनी गिरफ्तार भएका थिए । २०६१ मघ १९ मा तत्कालिन राजा ज्ञानेन्द्रले शाही ‘कू’ मार्फत सत्ता हातमा लिएपछि सुरु भएको आन्दोलनका क्रममा तत्कालिन शाही नेपाली सेनाको युनिफाइड कमाण्डले पक्राउ गरेर झापा चारआली स्थित सैनिक व्यारेकको बंङ्करमा राखेको थियो । त्यसबेला आफूमाथि कठोर यातना दिइएको उनले बताउने गरेका छन् । वाणिज्य शास्त्रमा स्नातक गरेका उनी कांग्रेस भित्र सोझो नेताको रुपमा पनि परिचित छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.