Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » भवानी खानेपानीबाट उपभोक्तामा हाहाकार, समिति गम्भिर नभएको उपभोक्ताको ठहर
    समाचार

    भवानी खानेपानीबाट उपभोक्तामा हाहाकार, समिति गम्भिर नभएको उपभोक्ताको ठहर

    कनकाई खबरBy कनकाई खबर२०८० जेष्ठ १८, बिहीबार १२:१४ गते3 Mins Read


    कनकाई खबर \ झापाको कनकाई –६ स्थित श्री भवानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्नो सेवा क्षेत्रमा शुद्ध पानी उपलव्ध गराउँन नसक्दा उपभोक्तामा हाहाकार मच्चिएको छ ।

    संस्थाले सेवा विस्तार गरेसँगै पिउने पानीमा समस्या आइरहे पनि सुधारको आशामा रहेको अवस्थामा विगत एक महिनादेखी धारामा पानी आउँन छाडेपछि उपभोक्तामा हाहाकार मच्चिएको हो । विशेष गरी कनकाईको वडा नं. ७ कालीमुडा क्षेत्र र सोही तर्फको केही भाग वडा नं.१ का गरी सयौं उपभोक्ता पिउने पानीको अभावमा बिचल्लीमा परेको बताइएको छ । यति लामो समय सम्म शुद्ध खानेपानी सुचारु गर्न नसकेको खानेपानी संस्थाको जिम्मेवार समितिको २२ दिनपछि भर्खरै मात्र यहि जेठ १७ गते बुधबार बैठक बसेर समस्याका बारेमा छलफल भएको बुझिएको छ । समितिका एक जिम्मेवार व्यक्तिका अनुसार यस अघि पनि बैठक बसेको भएपनि अन्य विषयमा कुराकानी भएको तर यो समस्यालाई समितिले सामान्य रुपमा नै लिएको हो । यसबाट खानेपानी संस्थाको समिति कतिसम्म जिम्मेवार रहेछ भन्ने कुरा सहजै अनुमान गर्न सकिने बुझिएको छ ।


    दिनभरी पानी नआएको र आएपनि तिरतिरे धारो आउँने, राती ९बजेदेखी बिहान ५ बजे सम्म चैं राम्रैसँगले पानी आउँने गरेको कनकाई –७ का स्थानीय उपभोक्ता प्रेमप्रसाद भण्डारी बताउँछन् । बिहानको समयमा जब पानी चाहिने बेला भयो तब धाराबाट थोपो पानी झर्दैन, यस्तो अवस्थामा सम्बन्धित संस्थाले प्रभावकारी कदम चाल्न नसकेको उपभोक्ता भण्डारीको ठहर छ । शुद्ध पिउने पानीको अभावसँग लड्दै आएका स्थानीयबासीको समस्यालाई भवानी खानेपानीले सम्बोधन गर्ने भएपछि यस अघि प्रयोगमा आएका कच्चा फिल्टर नष्ट गरीसकेका उपभोक्तामाथि खेलबाड नगर्न आम उपभोक्ताका तर्फबाट भण्डारीले खानेपानी संस्थाको जिम्मेवार निकायलाई अनुरोध गरेका छन् ।


    आम उपभोक्ताहरुले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा साथै सामाजिक संजालबाट समेत खानेपानीमा देखिएको समस्या सम्बोधन गर्न संस्थाको ध्यानाकर्षण गराएको भएपनि संस्थाले हल्का रुपमा लिएका कारण क्रमिक रुपले खानेपानीको समस्या जटिल बन्दै गएको आम उपभोक्ताको ठहर छ ।


    यस अघिदेखी नै संस्थाले वितरण गरेको पिउने पानी धमिलो आउँने साथै पानीमा लेदो पदार्थ समेत आउँने भएपछि आँफूहरुले घरमा फिल्टर राखेको स्थानीय उपभोक्ता कनकाई –६ का पुर्व वडा सदस्य ताराप्रसाद फुयाल बताउँछन् । घरमा राखिएको फिल्टर तीन दिनमा सफा गरिएन भने धाराको टुटीमा शुद्ध भनिएको खानेपानीबाट आएको लेदो जमेपछि धारा नै बन्द हुने गरेको फुयाल बताउँछन् । जसोतसो पानीको फोर्स राम्रै आउँदै गरेको बताउँने फुयालले अहिले एक महिनादेखी पानी कतिबेला आउँछ आँफूलाई पत्तो हुन छाडेको बताउँछन् ।


    भवानी खानेपानीका तर्फबाट उपभोक्ताले पाएको सास्तीका बारेमा कनकाई–१ का उपभोक्ता सुदिप भण्डारीले आक्रोस पोखेका छन् । समस्या आएपछि सम्बन्धित क्षेत्रको प्राविधिकले हेर्नु पर्ने साथै जिम्मेवार निकायको गम्भिर ध्यानाकर्षण हुनु पर्नेमा त्यस्तो नभएकाले उपभोक्ता समस्यामा परेको भण्डारीको ठहर छ ।

    उपभोक्ता सदस्यहरुलाई नियमित रुपमा स्वच्छ पिउने पानी उपलव्ध गराउँने प्रतिवद्धता जनाउँदै संस्थाले २०७४ पौष १७ गतेदेखी नियमित रुपमा पिउने पानी वितरण गर्दै आएको हो । संस्था स्थापनाकालदेखी नै समितिले नियमित रुपमा सुरक्षित पानी वितरण र व्यवस्थापनको समग्र पक्षमा क्रियाशिल भएर अघि बढ्ने प्रतिवद्धता जनाएपनि यस संस्थाबाट वितरण गरिएको पानीमा पूर्ण रुपमा स्वच्छता नभएपछि उपभोक्ताले यस अघिदेखी नै सुझाव दिँदै आएको स्थानीय उपभोक्ता बताउँछन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.