Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ग्रामिण विकास सेवा समितिको साधारण सभा सम्पन्न, अध्यक्षमा तेजबहादुर प्रधान
    आर्थिक

    ग्रामिण विकास सेवा समितिको साधारण सभा सम्पन्न, अध्यक्षमा तेजबहादुर प्रधान

    कनकाई खबरBy कनकाई खबर२०८० जेष्ठ १६, मंगलवार ०२:५८ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई—३, नयाँ बस्तीस्थित ग्रामिण विकास सेवा समितिले संस्थाको १९ औं वार्षिक साधारण सभा एवं अधिवेशन एक विशेष समारोहका विच सम्पन्न गरेको छ ।

    “संगठित बनौं आफ्नो गाउँ आँफै बनाऔं” भन्ने मूल नाराका साथ २०६० को वैशाख महिनामा विशुद्ध सामाजिक सेवाको भावले विधिवत रुपमा स्थापना भएकोे यस संस्थाले सुरुङ्गास्थित होटल समृद्धिको सभा हलमा साधारण सभा सम्पन्न गरेको हो । सभाले आगामी तीन वर्षकालागी पुनः तेजवहादुर प्रधानलाई संस्थाको अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ ।


    यस अघि समेत संस्थाको नेतृत्वमा रहेका प्रधानको कार्यकालमा ग्रामिण विकास सेवा समितिले सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाउँदै संस्थाको कार्यालय समेत व्यवस्थित रुपमा संचालन गर्दै आएको बताइएको छ । संस्था स्थापनाकालदेखी नै आर्थिक, सामाजिक तथा साँस्कृतिक क्रियाकलाप संचालन गर्दै आएको ग्रामिण विकास सेवा समितिले समाज रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्दै आएको संस्थाका अध्यक्ष तेजबहादुर प्रधानले जानकारी दिए ।

    साधारण सभाबाट सामाजिक क्षेत्रमा सक्रिय सहभागीता जनाउँदै आएका प्रधानसँगै अन्य व्यक्तित्वहरुलाई कार्यसमितिमा सर्वसम्मत रुपमा चयन गरिएको छ । जस अनुसार संस्थाको उपाध्यक्षमा संगीता लिम्बू, सचिवमा सागर लिम्बू, सहसचिवमा मीरा श्रेष्ठ र कोषाध्यक्षमा सुवास डाँगी सर्वसम्मत चयन भएका छन् ।त्यस्तै सदस्यहरुमा क्रमशः गोपाल सिटौला, प्रेम उप्रेती, पुष्पा भट्टराई, अनिता कट्टेल, जंगवहादुर थापा र मनिष पुरी सर्वसम्मत चयन भएका छन् । त्यस्तै रमेश हुमगाईँको संयोजकत्वमा राम खरेल र मिना खतिवडा सदस्य रहेको लेखा समिति सर्वसम्मत रुपमा चयन भएको बताइएको छ ।


    सर्वसम्मत समिति चयन गर्न देवेन्द्र ढकालको संयोजकत्वमा डिल्लीनारायण प्रधान र भवानी सिटौला सदस्य रहेको निर्वाचन मण्डलले भुमिका खेलेको बताइएको छ । संस्थाका अध्यक्ष प्रधानले भावी योजनासहितको प्रगति प्रतिवेदन साथै १४ लाख ९ हजार २सय २९ बराबरको आय—व्यय विवरण सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थामा रहेको चल पुँजीलाई एकतृत गरी कमजोर आर्थिक अवस्था भएका सदस्यहरुमा सस्तो, सरल व्याजदरमा आयमूलक, कृषि, पशुपालन, व्यापार व्यवसाय संचालन गर्ने उद्येश्यले संचालित सामूहिक जमानत ऋण कार्यक्रम संचालन गर्दै आएको संस्थाबाट ३४ घरपरिवार सदस्य लाभान्वीत भएको बताइएको छ । गत वर्ष संस्थाले तय गरेको कार्यक्रम अन्तर्गत संस्थाको स्वामित्वमा रहेको ५ धुर जमिनमा सिमाना जोडिएका सँधियारहरुसँग छलफल गरी ६ धुर जमिन थप गर्ने लक्ष्य राखिएको संस्थाका अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । वालवालिकाहरुको शैक्षिक तथा वौद्धिक विकासकालागी विभिन्न उत्सवमा कार्यक्रम संचालन गर्ने संस्थाको लक्ष्य रहेको बताइएको छ ।


    संस्थाका अध्यक्ष प्रधानको सभापतित्व एवं कनकाई —३ का वडाअध्यक्ष युवराज चम्लागाईँको प्रमुख आतिथ्य रहेको कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष चम्लागाईँले सामाजिक संस्थाको विकासकालागी समितिमा भएको हुटहुटीलाई वडा कार्यालयका तर्फबाट सम्बोधन गर्ने प्रतिवद्धता जनाए । कार्यक्रमका प्रमुख अतिथी रहेका चम्लागाईँले ग्रामिण विकास सेवा समितिले भवन निर्माणकालागी जमिनको व्यवस्थापन गर्न सकेमा भवन निर्माणकालागी वडा कार्यालयबाट उल्लेखनीय आर्थिक सहयोग गर्ने उद्घोष गरे । वडाअध्यक्ष चम्लागाईँले वडा समृद्धिकालागी वडाबासीको समेत महत्वपूर्ण भुमिका रहने भएकाले नगरपालिकामा बुझाउँनु पर्ने राजस्व चाँडो बुझाइदिन सम्पूर्ण वडाबासीमा अनुरोध गरे ।


    संस्थाकी उपाध्यक्ष संगीता लिम्बूको स्वागत तथा सदस्य सुवास डाँगीको संचालन रहेको साधारण सभामा कार्यपालिका सदस्य कृष्णमाया खबास, वडा सदस्य अनिल गोयल, संस्थाका पुर्व अध्यक्ष डिल्लीनारायण प्रधान, होटल समृद्धिका संचालक गोपाल सिटौला, रामजानकी मन्दिरका अध्यक्ष सीताराम न्यौपाने, पाथीभारा परोपकार संस्थाका सचिव दिननाथ खतिवडा लगायतले संस्थाको सफलताको कामना गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.