Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कोटीहोम धार्मिक संस्थाको अधिवेशनसहितको साधारण सभाको सम्पूर्ण तयारी पूरा
    समाचार

    कोटीहोम धार्मिक संस्थाको अधिवेशनसहितको साधारण सभाको सम्पूर्ण तयारी पूरा

    कनकाई खबरBy कनकाई खबर२०८० जेष्ठ १५, सोमबार १८:२२ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई—४ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र कनकाई धाम धार्मिक विकास संस्था कोटीहोमको १६ औं साधारण सभा एवं १० औं अधिवेशनकालागी सम्पूर्ण तयारी पूरा भएको छ ।


    संस्थाले कोटीहोम परिसरमा पत्रकार भेटघाटको आयोजना गरी यहि जेठ १९ गते शुक्रबारका दिन सम्पन्न हुने साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । साधारण सभालाई सहज रुपमा सम्पन्न गर्न संस्थाले विभिन्न उपसमिति निर्माण गरेको बताइएको छ । संस्थाले अध्यक्ष नवलकिशोर दत्त संयोजक रहेको ४ सदस्यीय प्रतिवेदन लेखन उपसमिति , संस्थाका पर्यटन उपाध्यक्ष दिननाथ खतिवडा संयोजक रहेको ५ सदस्यीय प्रचार प्रसार उपसमिति , संस्थाका महासचिव डिल्लीराम बाह्रकोटी संयोजक रहेको ६ सदस्यीय कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरिएको छ । त्यस्तै संस्थाकी सचिव अम्बिकादेवी खरेल संयोजक रहेको ५ सदस्यीय हस्ताक्षर संकलन समिति र संस्थाका धार्मिक उपाध्यक्ष टंकप्रसाद सुवेदी संयोजक रहेको स्वागत सम्मान उपसमिति तय गरि जिम्मेवारी प्रदान गरेको संस्थाका पर्यटन उपाध्यक्ष दिननाथ खतिवडाले जानकारी दिए ।


    निर्वाचन प्रक्रियाबाट चार वर्ष अघि संस्थाको नेतृत्वमा आएका समाजसेवी धार्मिक व्यक्तित्व नवलकिशोर दत्तको अध्यक्षतामा रहेको कार्यसमितिले यस धार्मिक तथा पर्यटकीय क्षेत्रको भौतिक संरचना निर्माणमा देखाएको सक्रियताका कारण कनकाई नगरीको धार्मिक पर्यापर्यटनमा थप सफलता मिलेको स्थानीयवासी बताउँछन् ।


    बर्तमान कार्यसमितिको पहलमा कनकाई धाम परिसर भित्र राष्ट्रिय गुरु योगी नरहरीनाथ योगीको शालिक निर्माण , व्लक सहितको बाटाघाटा निर्माण, पुष्प बाटिका निर्माण, नन्दी भगवानको स्थापना, मन्दिरहरुमा रङ्गरोगन, पश्चिम र दक्षिण ढोका निर्माण भएको बताइएको छ । त्यस्तै शहरी विकास मन्त्रालयको कार्यक्रम अन्तर्गत घेराबारा निर्माण, विश्राम स्थल र वाटिका निर्माण, गणेश र हनुमानको मन्दिर निर्माण भएको छ । त्यस्तै ४२ फुट अग्लो शान्ति कलश निर्माण, धाम परिसर भित्र सि.सि.क्यामरा जडान, मूल मन्दिरको मर्मत, परेवा खोर निर्माण, ब्रह्मलिङ्ग मन्दिरमा लिङ्ग स्थापना साथै मन्दिर मर्मत गरिएको छ । त्यस्तै ब्रह्मलिङ्ग मन्दिर र कनकेश्वर मन्दिरको बिचमा विश्राम स्थल निर्माण, साधुसन्त निवासका लागि भवन शिलान्यास जस्ता कार्यहरु सम्पन्न भएका छन् । हाल बोहोरा बन्धुबाट कनकाई धामलाई हस्तान्तरण गर्नेगरी भव्य शिव मन्दिर निर्माण समेत भइरहेको छ ।

    वर्तमान समितिबाट निस्वार्थ ढङ्गले यी र यस्तै महत्वपूर्ण काम भएका कारण धार्मिक तथा सामाजिक संघसंस्थाको नेतृत्व चयन सर्वसम्मत बनाउँनु पर्नेमा स्थानीय प्रमुख राजनीतिक दलका तर्फबाट यस अघि नै प्रतिवद्धता जनाइसकेको बताइएको छ ।


    नेपाल सरकारबाट फिल बुकमा ३ बिगाहा १३ कठ्ठा जग्गा कायम रहेको कोटिहवन धार्मिक क्षेत्र परिसरमा अहिले २५ वटा भन्दा माथी गोत्रीय बन्धुबान्धवको भवन साथै मन्दिरहरु रहेको बताइएको छ ।
    संस्थामा १ सय २३ जना आजीवन र १ हजार ६ जना साधारण सदस्य रहेका छन् । संस्थाका सदस्यहरु सबैलाई पत्रचार गर्न सम्भव नभएका कारण संचार माध्यमबाट पाएको सुचनालाई आधिकारीक निमन्त्रणा मान्दै कार्यक्रममा सहभागी भएर रचनात्मक भुमिका निर्वाह गर्न सम्बन्धि सबैलाई संस्थाका अध्यक्ष नवलकिशोर दत्तले अनुरोध गरेका छन् ।
    संस्थाका अध्यक्ष नवलकिशोर दत्त , वरिष्ठ उपाध्यक्ष नारायण ओली, पर्यटन उपाध्यक्ष दिननाथ खतिवडा , महासचिव डिल््लीराम बाह्रकोटी, सचिव अम्बिकादेवी खरेल , कोषाध्यक्ष नरेन्द्र फुयाल, सदस्यहरु ईश्वरा थापा, यामनाथ खतिवडा लगायत कर्मचारीहरुको समेत उपस्थित रहेको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.