Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा नगर अस्पताल भवनको उद्घाटन
    समाचार

    कनकाईमा नगर अस्पताल भवनको उद्घाटन

    ramBy ram२०७६ श्रावण २, बिहीबार ०४:५५ गते3 Mins Read

    रामप्रसाद निरौला

    कनकाई / संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले वर्तमान सरकारको पाँचवर्षे कार्यकालमा देशभरिका सवै स्थानीय तहमा स्वास्थ्य अस्पताल संचालन गर्ने सरकारको योजना रहेको वताएका छन् ।

      झापाको सुरुङ्गामा कनकाई नगर अस्पतालको भवन उद्घाटन गर्दै कार्यक्रमको प्रमुख अतिथी समेत रहेका स्वास्थ्य राज्य मन्त्री यादवले नेपालको संविधान अनुसार स्थानीय तहमा एक अस्पतालको सरकारी अवधारणा अनुरुप सुरुङ्गामा संचालित प्राथमिक स्वास्थ्य केन्द्रलाई कनकाई नगर अस्पतालका रुपमा स्तर उन्नती गरेको वताएका छन् । स्वास्थ्य अस्पतालवाट सवै नागरिकलाई अत्याधुनिक उपकरणसहितको निशुल्क स्वास्थ्य सेवा पुर्याउँने सरकारको नीति अनुसार आवश्यक जनशक्ति सहित कनकाई नगर अस्पतालको भौतिक संरचना निर्माणमा सरकारले बजेटको व्यवस्थापन गरेको राज्यमन्त्री यादवले प्रष्ट पारेका छन् ।

        कनकाई नगर लगायत आसपासका नगरपालिका शिवसताक्षी र अर्जुनधारा, गाउँपालिका तर्फ झापा गाउँपालिका र बाह्रदशी लगायतका स्थानवाट पनि बिरामीको स्वास्थ्य उपचार सेवा हुन सक्ने यस नगर अस्पतालमा थप सेवा विस्तारकालागि भवन निर्माण गर्न सरकारका तर्फवाट पुनः ९ अर्व बजेटको व्यवस्था भएको राज्यमन्त्री यादवले जानकारी दिएका छन् । भवन उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै झापा क्षेत्र नं.४ का प्रतिनिधी सभा सदस्य एलपी साँवा लिम्वूले समृद्ध नेपाल र सुखी नेपालीको पहिलो आवश्यक्ता नै स्वस्थ जीवन भएकाले जनताको भावनालाई बुझेर सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमीक्तामा राखेको वताएका छन् ।

       ग्रामिण क्षेत्रका सर्वसाधारणलाई समेत स्वास्थ्य उपचारको अभाव हुन नदिन स्वास्थ्य विमा लगायतका निशुल्क स्वास्थ्य सेवाका विभिन्न माध्यमवाट सरकारका हरेक निकायहरु क्रियाशिल रहेको प्रतिनिधी सभा सदस्य साँवाले प्रष्ट पारेका छन् । कार्यक्रममा प्रदेश सभा सदस्य हिरा थापाले नगर अस्पतालको भवन उद्घाटनसँगै आवश्यक स्वास्थ्यका अत्याधुनिक उपकरणसहितको सेवा संचालनकालागि सरकार गम्भिर भएको वताएका छन् । कार्यक्रमका प्रमुख अतिथी स्वास्थ्य राज्य मन्त्री यादवको ध्यान केन्द्रित गर्दै प्रदेश सभा सदस्य थापाले खाली अवस्थामा उद्घाटन भएको नगर अस्पतालको भवनमा चाँडै सेवा सुचारु गर्न सम्वन्धित मन्त्रालयको ध्यान जानु पर्नेमा जोड दिएका छन् ।

      नव निर्मित भवन निर्माण गर्नकालागि नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामले ६ करोड ९३ लाख १० हजार ६ सय पैतालीस रुपैंयाँ ५ पैशाको अनुमानित लागतमा वोल पत्र आह्वान गरेको थियो । जस अनुरुप ५ करोड ५२ लाख ५८ हजार २ सय ३९ रुपैंया ८७ पैशामा दि कञ्चनजंघा र कञ्चनजंघा जेभी काठमाण्डौले कार्यादेश पाएअनुसार निर्माण कार्य सम्पन्न गरि केही दिन अघि मात्र समितिलाई भवन जिम्मा लगाएको हो । भवन निर्माण कार्य सम्पन्न भएसँगै विधिवत रुपमा उद्घाटन भएको स्वास्थ्यको भवनमा १५ शैयाको कनकाई नगर अस्पताल संचालन गरीने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले वताएका छन् ।

      स्थानीय तहमा एक अस्पतालको सरकारी अवधारणा अनुरुप कनकाई नगरपालिका ३ स्थित सुरुङ्गामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर स्तरको अस्पतालको रुपमा संचालनमा ल्याउँन लागीएको नगर प्रमुख पोखरेलले जानकारी दिए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् कनकाई वडा नं.३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीयाको सभापतित्वमा सम्पन्न भवन उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य जनार्दन उप्रेती, सुरुङ्गा खानेपानीका अध्यक्ष भिमप्रसाद अधिकारी लगायतले स्वास्थ्य अस्पतालवाट जनताले जतिसक्दो चाँडो सर्वसुलभ, व्यवस्थित र गुणस्तरीय स्वास्थ्य सेवा पाउँनु पर्नेमा जोड दिएका छन् । कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँ लगायत जनप्रतिनिधीहरु, स्थानीय क्रियाशिल संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका उपाध्यक्ष सुरेन्द्र प्रधानले स्वागत तथा संचारकर्मी मनोज वस्नेतले संचालन गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.