Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » निरङ्कुस तन्त्र भन्दा प्रजातन्त्र र गणतन्त्र जहिल्यै पनि उत्तम होः कनकाई नगर प्रमुख पोखरेल
    समाचार

    निरङ्कुस तन्त्र भन्दा प्रजातन्त्र र गणतन्त्र जहिल्यै पनि उत्तम होः कनकाई नगर प्रमुख पोखरेल

    कनकाई खबरBy कनकाई खबर२०८० जेष्ठ १५, सोमबार ०६:५४ गते2 Mins Read

    कनकाई खबर \ १६ औं गणतन्त्र दिवसको अवसर पारेर झापाको कनकाई नगरपालिकाले झण्डोतोलन सहित एक संक्षिप्त कार्यक्रम सम्पन्न गरेको छ ।

    कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरका नौ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा शहिदहरुप्रति पुष्पगुच्छा अर्पण गरिएको थियो भने ईलाका प्रहरी कार्यालय सुरुङ्गाको सुरक्षा टोलीले सलामी अर्पण गरेको थियो ।


    नगरपालिकाका कर्मचारी लक्ष्मी अधिकारीको संचालन तथा वडा नं.८ का वडाअध्यक्ष लिलावहादुर कटुवालले स्वागत गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कनकाई नगर प्रमुख पोखरेलले निरङ्कुस तन्त्र भन्दा प्रजातन्त्र र गणतन्त्र जहिल्यै पनि उत्तम हुने कुरा विश्वले देखाएको उदाहरण भएको बताए ।

    आम नागरिकले निर्वाचित गरेर बनाएको जनताको प्रतिनिधिले गरेको शासनका विरुद्ध मुलुकमा भइरहेको विभिन्न बहानाबाजीले बर्तमान अवस्थामा मुलुक संक्रमणकालीन अवस्थामा गुज्रिएकोप्रति दुःख व्यक्त गर्दै कनकाई नगर प्रमुख पोखरेलले यो अवस्थामा सम्बन्धित सबैले आआफ्नो क्षेत्रबाट जबाफदेही बन्नु पर्नेमा जोड दिए । यस अवसरमा नगर प्रमुख पोखरेलले स्वदेश तथा विदेशमा समेत रहेका सम्पूर्ण नगरवासी दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गरे ।


    जननिर्वाचत पहिलो संविधानसभाबाट विं सं. २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत रुपमा अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।
    जनआन्दोलन ०६२ र ६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आइएको छ । यस दिनलाई निरंकुश एकात्मक राजतन्त्रको विधिवत अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आइएको छ ।


    विं सं. २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्र बमोजिम वि.सं. २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए । गणतन्त्र स्थापनाकालागि यही आन्दोलन जगका रूपमा स्थापित भएको हो । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.