Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » धानको बिउ वितरणमा जनप्रतिनिधिबाटै कमजोरी भएपछि किसान समस्यामा
    आर्थिक

    धानको बिउ वितरणमा जनप्रतिनिधिबाटै कमजोरी भएपछि किसान समस्यामा

    कनकाई खबरBy कनकाई खबर२०८० जेष्ठ १४, आईतवार ०८:४८ गते2 Mins Read


    कनकाई खबर \ झापाको कनकाई वडा नं.७ मा किसानकालागी आएको अनुदानको उन्नत जात भनिएको धानको बिउ पाउँनबाट केही किसान बञ्चीत भएका छन् ।


    जनप्रतिनिधिले गरेको डाटा संकलनमा भएको कमजोरीका कारण धानको बिउ पाउँनबाट बञ्चीत भएका केही किसानले वडाका जनप्रतिनिधिसँग अनुरोध गर्दा पनि बिउ नपाएपछि खाली हात फर्किन बाध्य भएका हुन् । कनकाई नगर क्षेत्रमा असिनाबाट क्षतिग्रस्त भएका वडाहरुमा प्रयाप्त मात्रामा धानको बिउ वितरण गरिएको भएपनि जनप्रतिनिधिले आफ्नो कमजोरीलाई सुधार्नुको सट्टा घामपानी नभनीकन बिउ लिन आएका किसानले पाउँने सुविधाबाट बञ्चीत गरेका छन् । डाटा संकलनमा टोल टोलमा गएका जनप्रतिनिधिले केही किसानलाई आश्वासन दिँदै सबैलाई बाँडेर बाँकी रहेमा अन्त्यमा दिने भन्दै गएरजिम्मेवारी कुरा गरेको भएपनि एक हप्ता बितिक्दा सम्म वडा कार्यालयबाट त्यस्तो आधिकारीक सुचना केही नआएकाले किसानले अन्यत्रबाटै बिउ खरिद गर्न बाध्य भएको पिडित कृषक बताउँछन् \


    केही महिना अघि आएको असिनापानीका कारण धेरै किसानहरुको अन्नबाली साथै भौतिक संरचना समेत क्षति भएपछि कनकाई नगरपालिकाको तत्काल बसेको कार्यपालिका बैठकले क्षतिग्रस्त अन्नबालीको स्थलगत अनुगमन गरी क्षतिपुर्ती दिने निर्णय गरेको थियो । सोही निर्णय अनुरुप भौतिक संरचनाको क्षति भएका स्थानीयवासीलाई राहत स्वरुप थोरै भएपनि नगद सहयोग गरेको कनकाई नगरपालिकाले अन्नबालीमा भएको क्षतिलाई सम्बोधन गर्न कृषकलाई उन्नत जातको धानको बिउ अनुदानमा उपलव्ध गराउँने निर्णय भएको बताइएको छ । जसकालागी जनप्रतिनिधि आँफै वडाको हरेक टोल टोलमा गएर क्षतिका आधारमा डाटा संकलन गरेका थिए ।


    यसरी संकलन गरेको क्षतिको विवरणमा १० कठ्ठा भनेको ठाउँमा एक कठ्ठा, त्यस्तै एक विघा, दुई विघा भनेको ठाउँमा एक कठ्ठा अथवा दुई कठ्ठा क्षति भएको भनेर गलत सुची तयार पारेका जनप्रतिनिधिको कमजोरीका कारण धानको बिउ लिन आएका किसानलाई खाली हात फर्काइएको हो । बिउ वितरण हुनु भन्दा एक हप्ता अघि नै तयारी भइसकेको अन्तिम सुचीमा गलत विवरण देखिएपछि तत्काल सुधार्न सक्ने प्रशस्तै समय हुँदा हुँदै पनि वडाअध्यक्ष सहित वडाका जनप्रतिनिधिले चासो नराखेको किसानले गुनासो गरेका छन् । वडाअध्यक्ष भिष्मभुषण सिटौलासहित वडाका सबै जनप्रतिनिधिलाई सुचीमा गल्ती भएको कुरा बिउ वितरण हुनु केही दिन अघि नै जानकारी भएपनि त्यसलाई बेवास्ता गरेका कारण किसान समस्यामा परेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.