कनकाई खबर \ झापाको कनकाई वडा नं.७ मा किसानकालागी आएको अनुदानको उन्नत जात भनिएको धानको बिउ पाउँनबाट केही किसान बञ्चीत भएका छन् ।
जनप्रतिनिधिले गरेको डाटा संकलनमा भएको कमजोरीका कारण धानको बिउ पाउँनबाट बञ्चीत भएका केही किसानले वडाका जनप्रतिनिधिसँग अनुरोध गर्दा पनि बिउ नपाएपछि खाली हात फर्किन बाध्य भएका हुन् । कनकाई नगर क्षेत्रमा असिनाबाट क्षतिग्रस्त भएका वडाहरुमा प्रयाप्त मात्रामा धानको बिउ वितरण गरिएको भएपनि जनप्रतिनिधिले आफ्नो कमजोरीलाई सुधार्नुको सट्टा घामपानी नभनीकन बिउ लिन आएका किसानले पाउँने सुविधाबाट बञ्चीत गरेका छन् । डाटा संकलनमा टोल टोलमा गएका जनप्रतिनिधिले केही किसानलाई आश्वासन दिँदै सबैलाई बाँडेर बाँकी रहेमा अन्त्यमा दिने भन्दै गएरजिम्मेवारी कुरा गरेको भएपनि एक हप्ता बितिक्दा सम्म वडा कार्यालयबाट त्यस्तो आधिकारीक सुचना केही नआएकाले किसानले अन्यत्रबाटै बिउ खरिद गर्न बाध्य भएको पिडित कृषक बताउँछन् \
केही महिना अघि आएको असिनापानीका कारण धेरै किसानहरुको अन्नबाली साथै भौतिक संरचना समेत क्षति भएपछि कनकाई नगरपालिकाको तत्काल बसेको कार्यपालिका बैठकले क्षतिग्रस्त अन्नबालीको स्थलगत अनुगमन गरी क्षतिपुर्ती दिने निर्णय गरेको थियो । सोही निर्णय अनुरुप भौतिक संरचनाको क्षति भएका स्थानीयवासीलाई राहत स्वरुप थोरै भएपनि नगद सहयोग गरेको कनकाई नगरपालिकाले अन्नबालीमा भएको क्षतिलाई सम्बोधन गर्न कृषकलाई उन्नत जातको धानको बिउ अनुदानमा उपलव्ध गराउँने निर्णय भएको बताइएको छ । जसकालागी जनप्रतिनिधि आँफै वडाको हरेक टोल टोलमा गएर क्षतिका आधारमा डाटा संकलन गरेका थिए ।
यसरी संकलन गरेको क्षतिको विवरणमा १० कठ्ठा भनेको ठाउँमा एक कठ्ठा, त्यस्तै एक विघा, दुई विघा भनेको ठाउँमा एक कठ्ठा अथवा दुई कठ्ठा क्षति भएको भनेर गलत सुची तयार पारेका जनप्रतिनिधिको कमजोरीका कारण धानको बिउ लिन आएका किसानलाई खाली हात फर्काइएको हो । बिउ वितरण हुनु भन्दा एक हप्ता अघि नै तयारी भइसकेको अन्तिम सुचीमा गलत विवरण देखिएपछि तत्काल सुधार्न सक्ने प्रशस्तै समय हुँदा हुँदै पनि वडाअध्यक्ष सहित वडाका जनप्रतिनिधिले चासो नराखेको किसानले गुनासो गरेका छन् । वडाअध्यक्ष भिष्मभुषण सिटौलासहित वडाका सबै जनप्रतिनिधिलाई सुचीमा गल्ती भएको कुरा बिउ वितरण हुनु केही दिन अघि नै जानकारी भएपनि त्यसलाई बेवास्ता गरेका कारण किसान समस्यामा परेको बताइएको छ ।