Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » मानवीय आवश्यक्ता पूरा गर्दै कनकाईको प्राविधिक शिक्षा
    शिक्षा

    मानवीय आवश्यक्ता पूरा गर्दै कनकाईको प्राविधिक शिक्षा

    कनकाई खबरBy कनकाई खबर२०८० जेष्ठ ११, बिहीबार ०४:१५ गते4 Mins Read


    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाले भौतिक पूर्वाधारसँगै शिक्षाको गुणस्तरमा वृद्धि गरेको छ । गुणस्तरीय शिक्षासँगै नगर समृद्धिको सपना बोकेको कनकाई नगरपालिकाले प्राविधिक शिक्षालाई मानवीय आवश्यक्ताका रुपमा अघि बढाएको छ ।


    जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हाले यता पहिलो कार्यकालबाटै प्राविधिक शिक्षामा जोड दिँदै आएको कनकाई नगरपालिकाले संचालनमा ल्याएको कनकाई पोलिटेक्निक इन्स्टिच्युट अर्थात प्राविधिक धारको पढाइ हुने शिक्षालय सफलतातर्फ अघि बढेको पाइन्छ ।


    प्राविधिक विषयको पढाइ हुने यो शिक्षालयमा हाल ३३७ विद्यार्थी अध्ययनरत छन् । उनीहरू डिप्लोमाइन सिभिल इन्जिनियरिङ, ज्योमेट्रिक इन्जिनियरिङ र इन्फरमेसन टेक्नोलोजी(आईटी)को अध्ययन गरिरहेका छन । स्थानीय तहमै प्राविधिक विषय त्यो पनि सर्वसुलभ मुल्ययमा अध्ययन गर्न पाउँदा खुसी लागेको कनकाई पोलिटेक्निक इन्स्टिच्युटका विद्यार्थीहरु बताउँछन् ।


    यस प्राविधिक शिक्षालयमा अघिल्लो वर्षदेखी प्रि—डिप्लोमा तहको कार्यक्रम निशुल्क संचालनमा रहेको बताइएको छ । अध्ययन गरे बापत कुनै शुल्क नलाग्ने यस शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीलाई दैनिक खाजा खर्च बापत एक सय रुपैंया उपलव्ध गराउँने गरेको शिक्षालयका कोडिनेटर समेत रहेका कनकाई नगरपालिकाका सुचना प्रविधि अधिकृत खगेन्द्र मिश्र बताउँछन् । दुई वर्ष सम्म यहाँ अध्ययन गरेको कुनै एक विद्यार्थीले यस कार्यक्रम अन्र्तगतको खाजा खर्च बापत रु.५२ हजार नगद प्राप्त गर्ने बताइएको छ । कोशी प्रदेश अन्तर्गत आर्थिक सामाजिक विकास मन्त्रालय साथै दिगो तथा सम्मानित रोजगारीकालागी सिप (इनस्युर) परियोजना मार्फत संचालन भएको यो कार्यक्रम अन्तर्गत सिमित कोटाका ५० विद्यार्थी हाल अध्ययनरत छन् ।


    तीनवर्ष अघिदेखी संचालनमा आएको यस प्राविधिक शिक्षालयबाट४२जना विद्यार्थीले यहाँबाट अध्ययन पूरा गरिसकेको बताइएको छ । जसमध्ये सिभिलइन्जिनियरिङ तर्फका ११ जना, ज्योमेट्रिक इन्जिनियरिङ तर्फका ९ जना र इन्फरमेसन टेक्नोलोजी(आइटी) तर्फका ३ जना गरी पहिलो चरणका २३ विद्यार्थी स्वरोजगार भइसकेको शिक्षालयका कोडिनेटर मिश्रले जानकारी दिए ।


    युवा स्वरोजगारकालागि प्राविधिक शिक्षामा जोड दिँदै आएका कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले पालिकाकालागि सवारी साधन किन्न छुट्याएको बजेट रकमान्तर गरेर कनकाईमा प्राविधिक शिक्षालय संचालनमा ल्याइएको हो । अघिल्लो कार्यकालमा पालिकाले गाडी खरिद गर्न छुट्याएको झन्डै ६० लाखको बजेटबाट नयाँ गाडी खरिद नगरीकन ३० लाख रकम यही शिक्षालय संचालनमा खर्च गरेको नगर प्रमुख पोखरेल बताउँछन् ।


    यसरी विभिन्न शीर्षकबाट खर्चेको रकमबाट अहिले इन्स्टिच्युटमा इन्जिनियरिङका दुई र एउटा आईटी गरी तीन वटा कार्यक्रम सञ्चालन हुँदै आएका छन । नगर प्रमुख पोखरेलले पहिलो कार्यकाल अघिकै चुनावी घोषणा पत्रमा प्राविधिक शिक्षालय खोल्ने उल्लेख गरेका थिए । नगर प्रमुखको प्रतिबद्धता अनुसार नै सञ्चालनमा ल्याइएको यो शिक्षालय अहिले नगर बाहिरका विद्यार्र्थीकालागि पनि आकर्षणको केन्द्र बनेको नगरपालिकाका शिक्षा शाखा अधिकृत हरिप्रसाद मिश्र बताउँछन् ।


    नगरपालिकाले शिक्षामा लगानी बढाएसँगै नगरभित्रको शैक्षिक गुणस्तरमा वृद्धि भएको हो । संघीय सरकारको ससर्त अनुदान बाहेक चालु आर्थिक वर्षमा २ करोड ५ लाख बजेट विनियोजन गरी शिक्षामा लगानी गरेको कनकाई नगरपालिकामा हाल पोलिटेक्निक इन्स्टिच्युट बाहेक १४ वटा सामुदायिक विद्यालयमा ५ हजार बढी विद्यार्र्थी अध्ययनरत छन् । विभिन्न जातजातीहरुको बाहुल्यता रहेको कनकाई नगरमा दुई वटा मदरसा र एउटा गुरुकुलबाट समेत नागरिकले शिक्षा लिइरहेको बताइएको छ । नगर क्षेत्रभित्र रहेका सामुदायिक क्याम्पसमा उच्च शिक्षा प्राप्त गर्नेको संख्या समेत बढ्दै गएको छ । नगर क्षेत्रका विद्यालयमा विज्ञान र कम्प्युटर प्रयोगशाला सुरु गरिएको छ भने शिक्षकलाई समेत प्राविधिक तालिम दिएर सबल बनाइएको छ । विद्यार्र्थीलाई प्रविधिमैत्री बनाउन शिक्षक शिक्षिका पनि प्रविधिबारे जानकार हुने अवसर नगरपालिकाले दिएको कनकाई माविका प्रधानाध्यापक कर्णवहादुर डाँगी बताउँछन् ।


    नगरपालिका क्षेत्रमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै सबै नागरिकलाई शिक्षित बनाउन विज्ञ टोली सहितको अनुगमन टोली र आईसीटी शैक्षिक सूचना केन्द्र स्थापना लगायत कार्यक्रम लागू भएपछि कनकाईले शैक्षिक गुणस्तरका क्षेत्रमा फड्को मारेको प्रधानाध्यापक डाँगीको बुझाई छ ।


    नगरपालिकाले कक्षा ८ सम्मका विद्यार्र्थीलाई पोसाक र दिवा खाजा, बाल विकासका विद्यार्थीलाई झोला वितरण, कक्षा ११ र १२ मा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्र्थीलाई छात्रवृत्ति, बालशिक्षा, कक्षा शिक्षक र विद्यालय कर्मचारी प्रोत्साहन कार्यक्रम, विद्यालयको भौतिक पूर्वाधार निर्माण लगायतका क्षेत्रमा प्राथमिक्ता दिँदै आएको कनकाई नगरपालिकाका शिक्षा शाखा प्रमुख पिताम्बर गौतमले जानकारी दिए ।
    बन्द निषेधित नगरपालिका क्षेत्रमा जनप्रतिनिधिको सक्रियताकै कारण शैक्षिक क्षेत्रमा समेत परिवर्तन आएको कनकाई नगरपालिकाका शिक्षा शाखा प्रमुख गौतमले बताए ।प्रविधिमैत्री शिक्षा साथै समय सापेक्ष बालबालिकाको आधारभूत आवश्यकता पूरा गर्दै शैक्षिक सामाग्री वितरणका कार्यक्रमले पनि शिक्षामा थप आकर्षण ल्याएको गौतमको ठहर छ ।


    कनकाई नगरपालिकाले शिक्षामा समतामूलक र न्यायोचित पहुँच वृद्धि गरी नगर समृद्धिको लक्ष्य लिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल बताउँछन् । विद्यार्थीले सिकेका कुरालाई जीवनोपयोगी बनाउने उद्देश्यले कक्षा १ देखि ६ सम्म स्थानीय पाठ्यक्रम तय गरिएको नगर प्रमुख पोखरेलले जानकारी दिए । कनकाईले नमुनाका रूपमा साइकोलोजीइन स्कुल कार्यक्रम समेत सञ्चालन गरेको बताइएको छ ।कनकाई नगरपालिका क्षेत्रमा शिक्षाकाृे गुणस्तर सुधार गरी नगरलाई शैक्षिक गन्तव्य बनाउँने प्रणका साथ स्थानीय सरकार क्रियाशिल रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.