कनकाई खबर \ झापाको मध्य भागमा रहेको कनकाई नगरपालिका समग्र देशभरका नगरपालिका मध्ये उत्कृष्टको सुचीमा परेको पालिका हो ।
सुशासन र सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउँदै सेवाग्राहीले कुनै पनि सेवा लिन आउँदा दुःख पाउनु हुँदैन, सहजै सेवा पाउनु पर्छ भन्ने विषयमा यहाँका जनप्रतिनिधी साथै कर्मचारीहरुको एउटै लक्ष्य रहेको छ । यसै अवसरमा एक संक्षिप्त कार्यक्रमका विच कनकाई नगरपालिकाले सूचनाको हकसम्बन्धी ऐन,२०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली,२०६५ को नियम ३ बमोजिम पहिलो पटक पालिकामा स्वत प्रकाशन गरेको छ । ऐनमा व्यवस्था भए बमोजिम कनकाई नगरपालिकाका हरेक गतिविधिलाई समेटिएको स्वत अबका दिनमा नियमित रुपमा प्रकाशन गर्दै जाने कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए ।
यस स्वत प्रकाशन गर्न महत्वपुर्ण समय दिएर स्वत तयार गर्ने सूचना प्रविधि अधिकृत खगेन्द्र मिश्र, विवरणहरु उपलब्ध गराउने नगरपालिकाका सम्पूर्ण शाखा प्रमुखहरुलाई सूचना अधिकारी हरीप्रसाद मिश्रले धन्यवाद दिए ।
कार्यक्रममा नगरपालिकामा सम्पूर्ण शाखागत प्रमुख तथा अन्य कर्मचारी साथै संचारकर्मीहरुको उपस्थिति रहेको बताइएको छ । स्वत प्रकाशन गर्ने झापाका १५ वटा पालिकाहरु मध्ये कनकाई नगरपालिका नै पहिलो पालिका रहेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए ।
