Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » राष्ट्रिय स्वतन्त्र पार्टी कनकाईको वृहत नगर भेला सम्पन्न, अध्यक्षमा चुडाल
    राजनीति

    राष्ट्रिय स्वतन्त्र पार्टी कनकाईको वृहत नगर भेला सम्पन्न, अध्यक्षमा चुडाल

    कनकाई खबरBy कनकाई खबर२०८० जेष्ठ ८, सोमबार ०६:०४ गते2 Mins Read


    कनकाई खबर \ राष्ट्रिय स्वतन्त्र पार्टी कनकाई नगरपालिकाको प्रथम नगर भेलाबाट नन्दकुमार चुडालको अध्यक्षतामा ११ सदस्यीय नगर समिति सर्व सम्मत रुपमा चयन भएको छ ।

    कनकाई उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भेलाबाट समितिको उपाध्यक्षमा सुजता निरौला, सचिवमा मोहन थापा र कोषाध्यक्षमा सुमन ढकाल चयन भएका छन् । सदस्यहरुमा क्रमशः गोमा विश्वकर्मा, विमला भुजेल, लोकप्रसाद राजवंशी, हर्कवहादुर लिम्बू, मित्रलाल घिमिरे र राजेन्द्र सिटौला रहेका छन् भने बाँकी एक सदस्य कार्य समितिको वैठकले मनोनीत गरेर समितिलाई पूर्णता दिइने बताइएको छ \


    नगर समितिका अध्यक्ष नन्दकुमार चुडालको सभापतित्व एवं राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य रमेश प्रसाईको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य प्रसाईँले देशमा शुसासन कायम गर्नु पहिला भ्रष्टचार निर्मुल गर्नु पर्ने तर्फ जोड दिए । प्रसाईँले निर्वाचनका समयमा पार्टीका तर्फबाट पार्र्टी हैन मत बदलौं भन्ने नारालाई सार्थकता दिएको भएता पनि अब सम्पुर्ण जनता राष्ट्रियताकोलागी राष्ट्रिय स्वतन्त्र पार्टिमा आवद्ध हुन अनुरोध गरे । राष्ट्रिय स्वतन्त्र पार्टिले अब देश विकासमा योगदान दिनकालागी जनताले गरेको निर्णयलाई मध्यनजर गर्दै सरकारमा बसेर जनाताको अपेक्षा पुरा गर्ने केन्द्रिय सदस्य प्रसाईँले प्रतिवद्धता जनाए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट चितवनबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरी ढकालले आफ्नो पार्टीका तर्फबाट संसदमा भएको खबरदारीले सुकुम्बासी र भुइँ मान्छेका समस्याहरु समेत सदनमा उठ्न थालेको बताए। रास्वपाले भ्रष्टहरुको कारखाना बन्द गर्ने र भ्रष्ट उपभोक्ताहरुलाई समेत बाँकी नराख्ने प्रतिवद्धता जनाउँदै सांसद ढकालले पार्टीको खबरदारीका कारण शरणार्थीको विषयमा अब १५ जनाले जेल जानु पर्ने ठोकुवा गरे । सांसद ढकालले रास्वपामा नेता भएर होइन अब हरेक टोल टोलमा रहेका गरिव, दुखी, अशक्त, असहाय, ज्येष्ठ नागरिक लगायत समसामयिक जनसरोकारका विषयमा जनताको सेवक बनेर अघि बढ्न अनुरोध गरे ।


    साहित्यकार एवं रास्वपाका युवा अभियन्ता शम्भुप्रसाद ढकाल सुस्केराको संचालन तथा सचिव मोहन थापाले स्वागत गरेको कार्यक्रममा कोशी प्रदेश इञ्चार्ज ओम भण्डारी, जिल्ला सभापति उमेश खरेल, प्रचार विभागका गगन गौली, नवप्रवेशी गोपाल उप्रेतीले समेत सम्बोधन गर्दै देश र जनताको अबको चाहना नै रास्वपा भएकाले हाल संसदमा २१ जनाको उपस्थिती रहेको भएपनि यसको शक्ति सडकदेखी सदन सम्म नै प्रभावकारी हुने बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.