Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सरकारले एम्बुलेन्स सेवा निशुल्क बनाउँनु पर्ने चालकहरुको माग
    समाचार

    सरकारले एम्बुलेन्स सेवा निशुल्क बनाउँनु पर्ने चालकहरुको माग

    कनकाई खबरBy कनकाई खबर२०८० जेष्ठ ७, आईतवार ०४:०९ गते3 Mins Read


    कनकाई खबर \ नेपाल सरकारले सबै नेपालीहरुकालागी एम्बुलेन्स सेवा निशुल्क बनाउँनु पर्ने भन्दै एम्बुलेन्स चालकहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

    पुर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र झापाको कनकाईस्थित जामुनखाडी सिमसार क्षेत्रमा भएको एम्बुलेन्स चालक संघ झापाको अधिवेशनसहितको ५ औं वार्षिक साधारण सभाको अवसरमा सहभागी भएका संचालक एवं चालकहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।


    एम्बुलेन्सको सेवा निशुल्क बनाउँदै चालकहरुलाई राष्ट्र सेवक कर्मचारीका रुपमा मान्यता दिनु पर्नेमा जोड दिँदै संयुक्त एम्बुलेन्स चालक संघका केन्द्रिय अध्यक्ष नवराज लामिछानेले एम्बुलेन्स चालकहरुले ६ घण्टा मात्र आफ्नो मोबाएल स्विज अफ गरेर बस्ने हो भने राज्यले के गर्न सक्ला र ? भन्ने प्रतिप्रश्न गरे । राज्यका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले श्रमिक अधिकार र एम्बुलेन्स संचालन प्रक्रियाको हित विपरित राष्ट्रिय एम्बुलेन्स निर्देशिका जारी गरेकोमा आपत्ती जनाउँदै संस्थाका केन्द्रिय अध्यक्ष लामिछानेले यो निर्देशिका चालकहरुको हित विपरित भएको आरोप लगाए । राज्यले समयमै यस क्षेत्रका विविध समस्याहरुलाई समाधान गरी गैर सरकारी क्षेत्रलाई समेत समेटेर उचित व्यवस्थापन गर्नु पर्नेमा एम्बुलेन्स चालक एवं संचालकहरुले जोड दिएका छन् ।

    संयुक्त एम्बुलेन्स चालक संघका केन्द्रिय महासचिव मुक्ति काफ्लेले एम्बुलेन्स संचालन निर्देशिका २०७८ संशोधन गरिनु पर्नेमा जोड दिए । देशभरीकै एम्बुलेन्स चालकहरुको हकहितकालागी आवाज उठाउँदै आएको ट्रेड युनियनसँग आवद्ध एम्बुलेन्स चालकहरुको संस्थाका विरुद्ध सरकारले घेराबन्दी गरिरहेको भन्दै महासचिव काफ्लेले सबै एम्बुलेन्स चालक एवं संचालक एकजुट हुनु पर्नेमा जोड दिए । मानवीय संवेदनासँग जोडिएको एम्बुलेन्स जस्तो साधनमा समेत सेन्डीकेट लगाएर मानवीय सेवामा सरकार गम्भीर नभएको प्रष्ट पार्दै महासचिव काफ्लेले संचालकबाट एम्बुलेन्स खरिद गर्दा हस्पिटलसँग सम्झौता गर्नु पर्ने नीति आँफैमा गलत भएको दावी गरे ।


    कार्यक्रममा संयुक्त एम्बुलेन्स चालक संघका कोशी प्रदेश अध्यक्ष चन्द्र पराजुलीले संघसंस्थाहरुले एम्बुलेन्स सेवामा गरेको लगानी सरकारबाट संरक्षण हुनु पर्नेमा जोड दिए । सरकारले जारी गरेको एम्बुलेन्स संचालक निर्देशिकाको राम्रो पक्षको संघका तर्फबाट अनुसरण हुने कुरामा जोड दिँदै कोशी प्रदेश अध्यक्ष पराजुलीले चालक एवं संचालकलाई सहज नहुने किसिमका केही बुँदा तत्काल खारेजी गर्नु पर्ने बताए ।

    मानवीय सेवामा २४ सै घण्टा समर्पित एम्बुलेन्स चालक एवं संचालकहरुको साधारण सभा संघका जिल्ला अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षता एवं संयुक्त एम्बुलेन्स चालक संघका केन्द्रिय अध्यक्ष नवराज लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । साधारण सभाको अवसरमा संस्थालाई सहयोग गर्ने साथै लामो समयदेखी विभिन्न माध्यमबाट संस्थामा योगदान दिएका केही व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको छ ।


    यसरी सम्मानित हुनेहरुमा कोशी प्रदेशकै एक सफल महिला एम्बुलेन्स चालक दमक निवासी लिला वस्ताकोटी साथै चालक स्व.महेन्द्र गौतमलाई मरणोप्रान्त उनकी श्रीमति गीता गौतमलाई सम्मान गरिएको छ । त्यस्तै कोरोना कालमा संक्रमित भएका एम्बुलेन्स चालक अर्जुनधारा निवासी बले दनुवारलाई संस्थाको नियम अनुसार कोरोना विमा अन्तर्गतको नगद १ लाखको चेक हस्तान्तरण गरिएको छ । त्यस्तै कोरोना कालमा एम्बुलेन्स चालकहरुलाई महत्वपुर्ण सहयोग गरेको भन्दै राष्ट्रिय आविष्कार केन्द्रलाई समेत सम्मान गरेको संघका जिल्ला अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठले संस्थाका तर्फबाट प्रगति विवरणसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष पारसमणि राईले स्वागत गरेको साधारण सभाको पहिलो सत्रको संचालन संचारकर्मी भुमिका लिम्बू फियाकले गरेकी थिइन् ।


    साधारण सभाको बन्द सत्रबाट आगामी कार्यकालकालागी चेतन खड्काको अध्यक्षतामा एम्बुलन्स चालक संघ जिल्ला समिति झापाको कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ। समितिको उपाध्यक्षमा दिप ताजपुरीया, सचिवमा दुर्गाप्रसाद न्यौपाने, सहसचिवमा दिवस अधिकारी र कोषाध्यक्षमा हरि खड्का चयन भएका छन् । सदस्यहरुमा क्रमशः यादव बराल, रविन खड्का, दुर्गा खरेल, दिलिप थापा, शंखर कार्की र मनोज भट्टराई सर्वसम्मत रुपमा चयन भएको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.