Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दावाछिरिङको ‘टासिदेले कनकाई’ लोकार्पण
    शिक्षा

    दावाछिरिङको ‘टासिदेले कनकाई’ लोकार्पण

    कनकाई खबरBy कनकाई खबर२०८० जेष्ठ ५, शुक्रबार १५:१६ गते2 Mins Read


    कनकाई खबर \ आधुनिक कवि शेर्पा दावाछिरिङको दोस्रो कविता कृति ‘टासिदेले कनकाई’ लोकार्पण गरिएको छ ।

    कन्काई मावि सुरुङ्गाको सभाहलमा कनकाई प्रतिभा प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य सुमित्रा वाङ्गदेल चेलीको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि चेलीले राष्ट्रलाई अग्रगमनको बाटोमा साहित्यले नै डो¥याउने बताइन् । साहित्य अनुत्पादक क्षेत्र नभएर सुसभ्य, सुसंगत र सुसंस्कृत समाज निर्माणका लागि साहित्यको धेरै ठूलो भूमिका हुने उनको विचार थियोे ।

    कार्यक्रमका विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य मुनाराज शेर्माले साहित्यले युवापुस्ता र मुलुकका सबै भाषाभाषीलाई समेट्नुपर्ने बताए ।

    कार्यक्रममा साहित्यकार सूर्यप्रसाद अधिकारीले विमोचित कृतिको समीक्षा प्रस्तुत गरेका थिए । उनले कवि शेर्पाका कविताहरू उत्तरआधुनिक, छन्दमुक्त र पहिचान तथा अस्तित्वको वकालत गर्ने प्रवृत्तिका रहेको बताए । छोटा, मझौला र लामा गरी ८४ वटा कविता सङ्ग्रहित कृतिमा प्रेम, निराशा, आध्यात्मिक चिन्तन, सामाजिक विकृति र विसङ्गति मूल भाव अभिव्यक्त रहेको समीक्षक अधिकारीको भनाइ थियोे ।


    कार्यक्रममा समाजसेवी शेरबहादुर थापा, स्थानीय सरकार कनकाई नगरपालिकाका प्रतिनिधि गोविन्द सुवेदी, नेपाली लेखक सङ्घ झापाका अध्यक्ष कुमार भट्टराई, कन्काई मावि सुरुङ्गाका प्रअ कर्णबहादुर डाँगी, साहित्यकार रश्मिशेखर सुवेदी, सुप्रसिद्ध गजलकार केशव आचार्य , सञ्चारकर्मी तीर्थराज खरेल, कवि देशु सुब्बा (बनेम) लगायतले शुभकामना मन्तव्य राखेका थिए । साहित्यकारहरू कृष्ण बराल, पुण्य बराल, टीकाप्रसाद लामिछाने, दिनेशकुमार तिम्सिना, कन्काई साहित्यिक समाजका अध्यक्ष अश्विन धिताल लगायतको आतिथ्य रहेको उक्त कार्यक्रममा चन्द्रप्रसाद पोखरेल, समीक्षा उप्रेती, डिल्लीराम परदेशी, विराट किराँती, मीना अधिकारी, प्ररा तुफान, लोकनाथ खतिवडा लगायतले विमोचित कृति भित्रका कविता प्रस्तुत गरेका थिए ।

    कनकाई प्रतिभा प्रतिष्ठानका अध्यक्ष जीवनाथ सुवेदीको अध्यक्षतामा कार्यक्रम भएको थियो । सहसचिव प्रयागराज काफ्लेको स्वागत मन्तव्य रहेको कार्यक्रम सचिव प्रेम प्रभातले सञ्चालन गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.