Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गामा बजार क्षेत्रलाई व्यवस्थित गर्न पार्किङ व्यवस्थापनमा जोड
    समाचार

    सुरुङ्गामा बजार क्षेत्रलाई व्यवस्थित गर्न पार्किङ व्यवस्थापनमा जोड

    कनकाई खबरBy कनकाई खबर२०८० जेष्ठ ५, शुक्रबार १४:५८ गते3 Mins Read


    कनकाई खबर \ झापाको सुरूङ्गा बजारलाई थप सुन्दर, सफा र व्यवस्थित बनाउँन सरोकारवालाले पार्किङ व्यवस्थापनमा जोड दिएका छन् । पार्किङ व्यवस्थापनका कारण सडक दुर्घटना समेत न्युनीकरण हुने विश्वास गरिएको छ ।


    बजार समितिको समन्वयमा कनकाई–३सुरुङ्गास्थित वडा कार्यालयमा सम्पन्न सरोकारवालाहरुको भेलाले सुरुङ्गा बजारलाई थप व्यवस्थित बनाउँन पार्किङ व्यवस्थापनमा जोड दिइएको हो । स्थानीय सरकार कनकाई नगरपालिकाले नगर क्षेत्रका बजारलाई स्मार्ट सिटी बनाउँने अभियानको निरन्तरता स्वरूप सुरूङ्गा बजार व्यवस्थापन समितिले कार्यक्रम अघि बढाएपछि बजार क्षेत्र थप व्यवस्थित बन्ने भएको बजार समितिका अध्यक्ष मनोहरी विमलीले बताएका छन । अध्यक्ष बिमलीका अनुसार सुरुङ्गा बजार क्षेत्रमा हुने सम्भावित सडक दुर्घटनालाई न्युनीकरण गर्ने उद्येश्यले पुर्व पश्चिम बस स्टेण्ड साथै अटो, सफारी सहितको स्टेण्डलाई व्यवस्थित गर्ने बताइएको छ \


    पुर्वबाट आएका बसले पुर्व तर्फको स्टेण्डमै र पश्चिमबाट आएका बसले पश्चिम तर्फको स्टेण्डमै यात्रु ओराल्ने र चढाउँने काम गर्नु पर्ने बताइएको छ । टेम्पो र सफारीहरुले समेत मुख्य चोक बजारमा भिडभाड गर्न नपाउँने गरी दुवै तर्फको बस स्टेण्ड आसपासमा साथै झापा रोडको बस स्टेण्ड अनि हाल संचालनमा रहेको नयाँ सब्जीबजार आसपासलाई अटो सफारी स्टेण्ड बनाउँनु पर्ने बताइएको छ । अटो तथा सफारी चालकहरुले भने स्टेण्ड अझै थप गर्नु पर्ने साथै तोकिएको क्षेत्रलाई थप व्यवस्थित गर्नु पर्नेमा जोड दिएका छन् ।


    कनकाई–३ का वडाअध्यक्ष युवराज चम्लागाईको अध्यक्षता एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल सहितको उपस्थितिमा वडाका जनप्रतिनिधि कृष्णमाया भुजेल, गोविन्द सुवेदी, अनिल गोयल, ईलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख मानवहादुर मिश्र, ट्राफिक प्रहरी सुरुङ्गाका प्रमुख, बजार व्यवस्थापन समिति ,कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष तुलसी विमली, चेम्बर अफ कमर्श कनकाईका मिनाल तिम्सिना, सुरुङ्गा जेसीजका अध्यक्ष प्रविन तिम्सिना, सुनचाँदी व्यवसायी मिलन खरेल, सुरुङगा सहकार्य युवाक्लवका अध्यक्ष सुमन कार्की, युवा समाजसेवी टिका ओली, व्यवसायी रमेशचन्द्र मैनाली, तिलक श्रेष्ठ, टेम्पो व्यवसायीका प्रतिनिधि देवेन्द्र सेल्वाल सहित विभिन्न सामाजिक संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थितिमा बृहत अन्तरक्रिया सम्पन्न भएको कनकाई—३ का वडासदस्य गोविन्द सुवेदीले जानकारी दिए ।


    अन्तरक्रिया कार्यक्रममा बजार क्षेत्रमा भएका घर टहरालाई व्यवस्थित गर्न साथै घर धनीहरुलाई समेत आफ्नो घरको छतबाट आएको पानी आफ्नै जमिनमा झर्ने गरी व्यवस्थित गर्न निर्देशन दिएको कनकाई–३ का वडाअध्यक्ष चम्लागाईँले जानकारी दिए । निर्देशनलाई केही व्यक्तिहरुबाट अटेर गरेका कारण कार्यान्वयन पक्षमा कडाई गर्नु पर्ने अवस्था देखिएको वडाअध्यक्ष चम्लागाईँ बताउँछन् ।पुर्व पश्चिम लोकमार्गबाट ८२ फुट भित्र राखिएका निर्माण सामाग्री साथै टहराहरु हटाउँन गरिएको अनुरोधलाई अटेर गरी बस्ने जोकोही पनि व्यवसायीले यथाशिघ्र सो क्षेत्र खाली गरिदिन वडाअध्यक्ष चम्लागाईँले अनुरोध गरेका छन् ।


    त्यस्तै बजार क्षेत्रमा सार्वजनिक शौचालयको चाँडै व्यवस्थापन गर्नुका साथै चोरी तस्करीको न्युनीकरण गर्न बजार क्षेत्रमा सिसि क्यामरा जडान गर्ने र बजार क्षेत्रका घरधनीहरु प्रत्येकले आफ्नो घर अगाडी एउटा÷एउटा बत्ती बाल्न अनुरोध गर्ने बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.