Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुशासनमा चलेका झापाका सहकारीहरु ध्रुविकरणमा !
    खेलकुद

    सुशासनमा चलेका झापाका सहकारीहरु ध्रुविकरणमा !

    कनकाई खबरBy कनकाई खबर२०८० जेष्ठ १, सोमबार १६:४२ गते3 Mins Read

    फाइल फोटो

    झापा \ सहकारी भन्ने वित्तिकै सबैलाई एउटै डालोमा राखेर हेर्ने अनि एउटामा समस्या उत्पन्न भए सबैलाई खराब देख्ने प्रवृत्तिको अन्त्य गराउन झापाका सहकारीहरु ध्रुविकरण हुन थालेका छन् ।

    सहकारी संस्थाहरु स्वनियमनमा चल्ने विश्वब्यापी मान्यताको फाइदा उठाउँदै कतिपय संस्थाका सञ्चालक र कर्मचारीहरुले मनोमानी ढंगबाट वित्तीय सन्तुलन बिगारेका कारण सहकारी अभियान माथि नै प्रश्न चिन्ह उठेको बताइन्छ । अहिलेको आर्थिक मन्दीमा सहकारी तथा वित्तीय संस्थामा उत्पन्न हुने सानो समस्यालाई पनि ‘तिलको पहाड’ बनाएर मजा लिने तत्वहरुबाट जोगिन र अभियानलाई जोगाउन झापामा सहकारीहरुमा ध्रुविकरण सुरु भएको पाइएको हो ।

    ‘कोअपरेटिभ एलाइन्स अफ झापा’ नामक एउटा लुज फोरम गठन गरी सहकारी ऐन, नियम, नीति र विधिमा उल्लेखित सुशासन र मापदण्डमा चलेका सहकारीहरुले ध्रुविकरण सुरु गरेका हुन् । एलाइन्सको वैशाख ३१ गते सम्पन्न दोस्रो बैठकले सिङ्गो सहकारी अभियानलाई ट्र्याकमा हिंड्न सात बुँदे अपील पनि जारी गरेको छ ।  

    ‘आफ्नो संस्था ठिक बाटोमा हिंडिरहेको छ भन्ने कुराको एण्डिकेटरहरु पारदर्शी रुपमा प्रस्तुत गर्ने, सो संस्थाका बारेमा एलाइन्सका सबैले मसिनो गरी जानकारी लिने, समस्यामा परिहाल्यो भने एकापस मिलेर भरथेग गर्ने, सहकारीका बीचमा अस्वस्थ प्रतिष्पर्धा नगर्ने आदि एलाइन्सका रचनात्मक निर्णयहरु हुन्’ कर्णाली साकोसका अध्यक्ष टसबहादुर श्रेष्ठ बताउँछन् ।

    आफ्नो संस्था सुशासनमा चलेको छ भनी आश्वस्त पार्न एलाइन्सले तयार गरेको  ढाँचामा सहकारी संस्थाहरुले अघिल्लो महिनाको वित्तीय कारोबार विवरण हरेक महिनाको १० गतेभित्र सार्वजनिक गर्नुपर्ने नियम बनाइएको छ । एलाइन्सका अर्का सदस्य खोमप्रसाद बगालेले भने, ‘पारदर्शिताको टुल्समार्फत अभियानमा सो संस्थाको अवस्था छर्लङ्ग देखाएर समस्या भए नभएको बारे पब्लिक अडिट गराई सुशासनमा चलेको भए एलाइन्समा मिसिन सबैलाई आह्वान छ ।

    सहारा नेपाल साकोस लिमिटेडका कोषाध्यक्ष डम्बर देउजाको अध्यक्षतामा बिर्तामोडमा सम्पन्न कोअपरेटिभ एलाइन्सको दोस्रो बैठक सम्पन्न भएको थियो । बैठकमा सहकारी संस्था, अभियानकर्मी तथा सरोकारवालाहरुमा लक्षित गरी जारी गरेको अपीलको पूर्ण पाठ यस्तो छ ।

    १. कोअपरेटिभ एलाइन्स अफ झापाले तोकेको ढाँचामा सहकारी संस्थाहरुले अघिल्लो महिनाको वित्तीय कारोबार विवरण हरेक महिनाको १० गतेभित्र सार्वजनिक गर्नुहुन,
    २. सहकारीमा सम्पत्तीभन्दा सदस्यको महत्व बढी हुने भएकाले सदस्य जागरण अभियान (सदस्य शिक्षा) योजनावद्ध र निरन्तर सञ्चालन गर्नुहुन,
    ३. सहकारी संस्थामा सिमित सदस्यको ठूलो बचत र सिमित सदस्यहरुलाई ठूलो लगानी जुनसुकै बेला जोखिममा परिणत हुनसक्ने भएकाले यस विषयमा सञ्चालकहरु सधैं सतर्क रहनु हुन,
    ४. सहकारी संस्थाको दिगो विकास र सुरक्षित वित्तीय सन्तुलनका लागि सदस्यबाट नियमित र दीर्घकालीन बचत संकलन गर्नुहुन,
    ५. सहकारी–सहकारी बीचमा अस्वस्थ प्रतिष्पर्धा नगरी असल सहकारी संस्कार बसाउन तथा प्रारम्भिक सहकारी संस्था र सहकारी अभियानका विरुद्ध अनर्गल प्रचार भइरहेको पाइएमा आधिकारिकता बुझेरमात्र धारणा बनाउनु हुन,
    ६. वित्तीय सन्तुलन मिलाउन नसकेर समस्यामा परेका कतिपय सहकारी संस्थाले समयमा नै बचत फिर्ता गर्न नसकेर कठिन अवस्था बनेको भए सम्बन्धित संस्थाबाट कर्जा लिएका ऋणि सञ्चालक र सदस्यहरुले आफूले तिर्न बुझाउन पर्ने साँवा ब्याज समयमा नै भुक्तानी गरेर संस्थालाई अप्ठ्यारोबाट जोगाउनु हुन,
    ७. सहकारीबाट लिएको ऋण तिर्नुपर्दैन भनेर भ्रम छर्ने व्यक्ति र संस्थालाई यस्तो गलत काम नगर्न सचेत गर्दछौं । सहकारीमा एउटा सदस्यले राखेको बचत रकम अर्को सदस्यले कर्जाका रुपमा ऋण लिएको हुन्छ । सहकारी संस्था कसैको अनुदानबाट चलेको नभई सदस्यको बचत परिचालनबाटै हुने भएकाले भ्रममा नपर्न सहकारीका सबै ऋणिहरुमा जानकारी गराउँदछौं ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.