Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » फोटो पत्रकार महासंघ झापा अध्यक्षमा इन्द्रजीत मुखिया
    समाचार

    फोटो पत्रकार महासंघ झापा अध्यक्षमा इन्द्रजीत मुखिया

    कनकाई खबरBy कनकाई खबर२०८० बैशाख ३१, आईतवार १८:१५ गते2 Mins Read


    कनकाई खबर \ नेपाल फोटो पत्रकार महासंघ झापाको अध्यक्षमा इन्द्रजीत मुखिया सर्वसम्मत चयन भएका छन् /

    बिर्तामोडमा भएको महासंघको तेस्रो अधिवेशनबाट मुखिया सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । निवर्तमान अध्यक्ष कमलप्रसाद पाण्डे (विनोद) र हिमाल खरेलले अध्यक्ष पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएसँगै मुखिया सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

    बिर्तामोडमा भएको महासंघको दोस्रो अधिवेशनबाट मुखियाको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष विष्णुप्रसाद लामिछाने, सचिव नरेश खरेल, सहसचिव भारती राई र कोषाध्यक्षमा शरद जोशी चयन भएका छन् । त्यस्तै सदस्यहरु लोकेश अधिकारी, बिगम श्रेष्ठ, विष्णु श्रेष्ठ र दिपेन्द्र कटुवाल चयन भएका छन् । कार्यक्रममा निवर्तमान अध्यक्ष पाण्डेले आफ्नो कार्यकाल सफल बनाउन अहोरात्र खट्ने अन्य पदाधिकारी तथा सदस्यका साथै सम्बन्धित सबैलाई धन्यवाद दिए ।

    मुखियाले आफूलाई इलामबाट झापा ल्याएर यो स्थानसम्म पुर्याउने आफ्ना स्वर्गीय दाजु काजीमान मुखियाको स्मृतिमा फोटो पत्रकारिता पुरस्कार स्थापना गर्ने घोषणा गरे । महासंघले साधारणसभा हुनुभन्दा अघि फोटो पत्रकारिता तालिम आयोजना गरेको थियो । पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईंले फोटोको माध्यमबाट समाज रुपान्तरणका लागि सन्देश दिन सकिने बताइन् ।

    कार्यक्रममा बिर्तामोड–२ का वडाध्यक्ष किशोर पौडेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० झापाकी अध्यक्ष भूमिका सुब्बालगायतले शुभकामना मन्तव्य राखेका थिए । सदस्य अमित खम्बूले स्वागत गरेको कार्यक्रम सचिव विष्णुप्रसाद लामिछानेले सञ्चालन गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.