Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेपाल भारत मैत्री संघ उपशाखा सुरुङ्गाको आँखा जाँचबाट १६ सय लाभान्वीत
    समाचार

    नेपाल भारत मैत्री संघ उपशाखा सुरुङ्गाको आँखा जाँचबाट १६ सय लाभान्वीत

    कनकाई खबरBy कनकाई खबर२०८० बैशाख २९, शुक्रबार १५:३२ गते3 Mins Read


    कनकाई खबर \ नेपाल भारत मैत्री संघ उपशाखा सुरुङ्गाले कनकाई नगर क्षेत्रका शैक्षिक संस्थाहरुमा विद्यार्थी आँखा जाँच कार्यक्रम सम्पन्न गरेको छ ।

    मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा संचालन भएको तीन दिवसीय आँखा जाँच कार्यक्रमबाट १६ सय बढी विद्यार्थी साथै शिक्षक कर्मचारी लाभान्वीत भएको संस्थाका अध्यक्ष अर्जुन बोहोराले जानकारी दिए । छुट्टा छुट्टै दुई स्थानमा भएको आँखा जाँच कार्यक्रम कनकाईको वडा नं.८स्थित पाथीभरा एकाडेमीमा र कनकाई ३, सुरुङ्गास्थित पशुपति अंग्रेजी माविमा सम्पन्न भएको हो ।


    नेपाल भारत मैत्री संघ उपशाखा सुरुङ्गाका सभापति अर्जुन बोहोराको अध्यक्षता एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको दुई दिवसीय कार्यक्रम सुरुङ्गास्थित पशुपति अंग्रेजी माविमा सुक्रबार सम्पन्न भएको छ ।


    पशुपति माविमा नर्सरीदेखी कक्षा १० सम्म अध्ययनरत विद्यार्थी मध्ये ४९४ छात्रा र ४६३ छात्र साथै शिक्षक कर्मचारी सहित ११ सय बढीले सेवा लिएको कार्यक्रम संयोजक संस्थाकी उपाध्यक्ष कविता बस्नेतले जनाएकी छन् । त्यस मध्ये ६५ जनाको दृष्टि दोषको समस्या देखिएका कारण अवस्था हेरेर चस्मा उपलव्ध गराउँने साथै ५ जनालाई थप परिक्षणकालागी अस्पतालमा रेफर गरिएको मेची आँखा अस्पतालका स्वास्थ्य शिक्षा अधिकृत युवराज बोहोराले जानकारी दिए ।


    कार्यक्रमलाई सम्बोधन गर्दै कनकाई नगरपालिकाका प्रमुख पोखरेलले आँखा जस्तो संवेदनशिल अङ्गमा सानै उमेरमा समस्या देखिनु दुःखद भएको भन्दै यो सामाजिक समस्याका रुपमा जटिल बन्दै गएको बताए । प्रविधिका कारण पनि पछिल्लो समय वालवालिकाहरु आँखाको समस्याबाट पिडित बन्दै गएको भन्दै नगर प्रमुख पोखरेलले त्यस तर्फ हरेक अभिभावक सचेत हुनु पर्नेमा जोड दिए ।


    पशुपति अंग्रेजी माविका व्यवस्थापन समिति अध्यक्ष पुण्यप्रसाद उप्रेती, विद्यालयका सम्पूर्ण शिक्षक, कर्मचारी साथै विद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रममा प्रिन्सिपल एल.पी. उप्रेतीले मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न भएको आँखा शिविरबाट विद्यालय परिवार लाभान्वीत भएको बताए । आयोजक संस्थाप्रति धन्यवाद ज्ञापन गर्दै विद्यालयका प्रिन्सिपल उप्रेतीले हरेक वालवालिकाले आँखा जस्तो संवेदनशिल अङ्गका विषयमा चनाखो हुनु पर्ने साथै समय समयमा परिक्षण गर्नु पर्नेमा जोड दिए ।


    उता लक्ष्मीपुरस्थित पाथीभरा एकाडेमीमा सम्पन्न भएको एक दिवसीय आँखा जाँच कार्यक्रममा ५८० विद्यार्थी लाभान्वीत भएको बताइएको छ । दुवै स्थानमा परिक्षण गरिएका अधिकांशको आँखा फुलो परेको, आँखाको ढकनी तल झर्ने साथै आँखा हल्लिने समस्या रहेको अस्पतालका अधिकृत युवराज बोहोराले बताए । पाथिभरा एकाडेमीमा सम्पन्न कार्यक्रममा कनकाई— ८ का वडाअध्यक्ष लिलाबहादुर कटुवालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पाथीभरा एकाडेमीका सिइयो श्रीकान्त थापा, चन्द्र चुडाल, विष्णु चुडाल, सुशील सुवेदी लगायत सहभागी थिए ।


    संस्थाले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत सामाजिक उत्तरदायित्वका रुपमा शिक्षा, स्वास्थ एवं सांस्कृतिक संरक्षणका क्षेत्रमा विभिन्न कार्यक्रम संचालन गर्दै आएको संस्थाका अध्यक्ष अर्जुन बोहोराले जानकारी दिए । त्यस मध्ये यस संस्थाले विभिन्न समयमा देउसी भैली ,तिज मिलन कार्यक्रम ,रक्तदान ,अवलोकन भ्रमण गर्दै आएको बताइएको छ । विद्यार्थी आँखा जाँचकालागी भएको औपचारिक कार्यक्रमको संचालन संस्थाकी सचिव गोमादेवी कार्कीले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.