Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » लोकप्रिय गायक प्रमोद खरेलबाट सुरुङ्गास्थित होटल समृद्धिको उद्घाटन
    आर्थिक

    लोकप्रिय गायक प्रमोद खरेलबाट सुरुङ्गास्थित होटल समृद्धिको उद्घाटन

    कनकाई खबरBy कनकाई खबर२०८० बैशाख २१, बिहीबार १२:४५ गते2 Mins Read


    कनकाई खबर \ झापाको सुरुङ्गामा अत्याधुनिक सुविधा सम्पन्न होटल समृद्धि संचालनमा आएको छ ।

    बन्द निषेधित धार्मिक तथा पर्यटकीय क्षेत्र कनकाई—३ स्थित सुरुङ्गामा संचालनमा आएको होटल समृद्धि एण्ड कफी हाउसको लोकप्रिय गायक प्रमोद खरेलले उद्घाटन गरेका हुन् । गणपति स्टिल एण्ड आल्मुनियम हाउस संचालन गर्दै आएका स्थानीय एक सफल व्यवसायी गोपाल सिटौलाले व्यवसायीक प्रयोजनकालागी ४ करोडको लागतमा निर्माण गरेको आफ्नै भवनबाट होटल व्यवसाय संचालन गरेका हुन् । आफ्नी छोरी समृद्धिको नामबाट संचालनमा ल्याएको होटल व्यवसायकालागी करिव एक करोडको थप लगानी भएको संचालक सिटौला बताउँछन् । युवा व्यवसायी सिटौलाले संचालन गरेको व्यवसायबाट अन्य बेरोजगार जनशक्ति समेत स्वरोजगार बन्न सकेकोमा खुशी व्यक्त गर्दै चर्चीत गायक प्रमोद खरेलले एक सफल उद्यमीले जीवनमा कहिल्यै पनि पछुतो हुनु नपर्ने प्रतिक्रिया दिए ।

    पर्यटकीय क्षेत्रको प्रशस्त सम्भावना बोकेको कनकाई नगरीमा आउँने पर्यटकहरुको खानपान साथै बसोबासकालागी उचित व्यवस्थापनमा थप सहयोग पुग्ने विश्वासका साथ होटल संचालनमा ल्याइएको संचालक सिटौला बताउँछन् ।आन्तरिक तथा वाह्य पर्यटकहरुको थप आकर्षणका रुपमा होटल समृद्धि परिसरमा रहेको सेल्फी जोनसहितको गार्डेन साथै पानीको फोहोराले आगन्तुक पाहुनाहरुलाई थप मनोरञ्जन प्रदान गर्ने होटलका संचालक सिटौलाले बताए ।

    अण्डर ग्राउण्डसहित ६ तले व्यवसायीक भवनमा सुविधा सम्पन्न एसी, स्विट रुम, डिलक्स सहित अन्य गरी एकै पटकमा ७० जना सम्मको खानपान र बसोबासको व्यवस्था मिलाउँन सकिने छ भने अण्डर ग्राउण्डमा रहेको पार्टी हलमा दुईसय जनाको क्षमता रहेको बताइएको छ । कनकाईको राजधानीका रुपमा मानिने सुरुङ्गामा यस किसिमको होटल व्यवसाय संचालनमा आएका कारण कनकाई नगरीको पर्यटन प्रवद्र्धनमा समेत थप टेवा पुग्ने विश्वास गरिएको छ ।


    होटलको एकातर्फ कफी पारखीहरुकालागी अग्र्यानिक कफीको व्यवस्था छ भने अर्को तर्फ विभिन्न ब्राण्डका पेय पदार्थसहित माछाका विभिन्न परिकारको स्वाद लिन पाइने संचालक सिटौला बताउँछन् । माछाका परिकारहरुमा फिस कम्बोसेट, फिस पकौडा, प्राउण्ड फिस, होल फिस, चिल्ली ड्राई लगायत रहेको बताइएको छ ।

    बजार क्षेत्रको होहल्लाबाट केही अलग पारिवारीक वातावरणमा रहेको होटल समृद्धि सुरुङ्गास्थित हरिकुल नमुना माविको उत्तर तर्फ हाइवेसँगै रहेको बताइएको छ । होटल उद्घाटनको अवसरमा तीनदिन सम्म विशेष अफरसहित दुई बोतल टुबोर्ग बियर खरिदमा एक बोतल टुबोर्ग सित्तैमा उपलव्ध गराउँने होटल संचालक सिटौलाले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.