Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पर्यटकीय क्षेत्र दोमुखाको आकर्षणको केन्द्र बन्दै बाल उद्यान
    पर्यटन

    पर्यटकीय क्षेत्र दोमुखाको आकर्षणको केन्द्र बन्दै बाल उद्यान

    ramBy ram२०७६ श्रावण १, बुधबार ०३:४३ गते3 Mins Read

    राम निरौला

    कनकाई / पूर्वको प्रसिद्ध पर्यटकीयस्थल शिवसताक्षीको दोमुखामा थप आकर्षकका रुपमा रहेको बाल उद्यानको निर्माण कार्य अन्तीम चरणमा पुगेको छ ।

       प्राकृतिक दृश्यको अवलोकन गर्नकालागि मानिसहरुको भिड लाग्ने गरेको यस पर्यटकीय स्थलमा वाल उद्यानले पर्यटन प्रवद्र्धनमा समेत थप टेवा पुग्ने विश्वास गरिएको छ । पवित्र कनकाई नदीको किनार साथै चुरे पहाडको काखैमा रहेको यो पर्यटकीय क्षेत्र झापाको शिवसताक्षी नगरपालिकास्थित वडा नं.१० मा पर्दछ । शिवसताक्षी नगरको गौरवका योजनाहरु मध्येको एक मानिने दोमुखा क्षेत्रको बाल उद्यान एक विगाहा क्षेत्रफलमा फैलिएको निर्माण समितिका अध्यक्ष एवम् दोमुखा धार्मिक एवम् पर्यटकीय विकास क्षेत्रका अध्यक्ष धनप्रसाद लावतीले वताएका छन् । दोमुखा क्षेत्रमा निर्माण भएको बालमैत्री उद्यानभित्र बालवालिकाहरुलाई लक्षीत गरेर व्यवस्थापन गरिएका मनोरञ्जनात्मक विभिन्न किसिमका खेलहरु, पानीको झरना सहितको आकर्षक फूलवारी, प्रतिक्षालय लगायतका आकर्षण रहने निर्माण समितिका अध्यक्ष लावतीले बताए ।

       धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास निर्माण साथै यसको संरक्षण सम्वद्र्धनमा निरन्तर रुपमा हाल तेस्रो कार्यकालको नेतृत्व तहमा रहेर कार्यसम्पादन गर्दै आउँनुभएका लावतीले बाल उद्यानसँगै दोमुखामा आकर्षक वाटर पार्क निर्माण गर्ने गुरु योजना रहेको बताएका छन् । उद्यान निर्माणकालागि आ.व.२०७५÷०७६ मा नगरवाट ५० लाख र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं.१ वाट रु.५० लाख गरी १ करोडको लागतमा पहिलो चरणको काम सम्पन्न भएको वताइएको छ । आ.व.२०७६/०७७ मा समेत स्थानीय तहवाट ४० लाख, प्रदेश सरकारवाट ५० लाख साथै संघीय सरकारवाट ४० लाख गरी जम्मा १ करोड ३० लाख रकम विनियोजन भइसकेकोले धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखाको विकास एवम् विस्तारमा थप सहयोग पुग्ने विश्वास गरिएको छ ।

       जनप्रतिनिधीहरुको सहयोगका कारण पर्यटकीय क्षेत्र दोमुखाले मुहार फेर्न थालेको भन्दै स्थानीय समध्वज कार्कीले खुशी व्यक्त गरे । लामो समयदेखी जनप्रतिनिधी विहिन बनेको मुलुकमा जनप्रतिनिधीहरुले नेतृत्व सम्हालेसँगै विकास निर्माणको तिव्र गति साथै जिर्ण बन्दै गएका सार्वजनिक सम्पतीहरुको संरक्षण एवम् पुनः निर्माण हुँदै गएको वताइएको छ ।

    शिवसताक्षीको विकास नै नगर समृद्धिको मुख्य आधारः नगर प्रमुख शेर्मा
    ऐतिहासिक एवम् धार्मिक पर्यटकीय क्षेत्र शिवसताक्षीको समग्र विकास नै नगर समृद्धिको मुख्य आधार भएको शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले वताएका छन् ।

      आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाई बन्दै गएको यस क्षेत्रका ऐतिहासिक साथै धार्मिक पर्यटकीय स्थलहरुको दिगो विकासकालागि स्थानीय तहको तर्फवाट कुनै कमजोरी नहुने शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले वताएका छन् । आर्थिक स्रोतको समेत बलियो आधार बन्न सक्ने यस्ता क्षेत्रहरुको संरक्षण र सम्वद्र्धन गर्ने कार्यलाई स्थानीय सरकारले पहिलो प्राथमिक्तामा राख्ने नगर प्रमुख शेर्माले प्रतिवद्धता जनाए । झापा जिल्लाकै धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रहरुको राम्रो सम्भावना बोकेको शिवसताक्षी नगरको विकास निर्माण साथै यसको संरक्षण सम्वद्र्धनमा स्थानीय सरकारका तर्फवाट प्राथमिक्ताका साथ योजना अघि बढाइएको नगर प्रमुख शेर्माले वताएका छन् ।

       शिवसताक्षी नगर क्षेत्रको विकास निर्माणको गतिलाई अझै व्यवस्थित बनाउँनकालागि नगरको गौरवको योजना मार्फत महत्वपूर्ण काम हुँदै गरेको नगर प्रमुख शेर्माले वताए । नगरले प्राथमिक्तामा राखेका गौरवका योजनाहरुमा दोमुखा पर्यटकीय क्षेत्रको बाल उद्यान, सतासीधाम धार्मिक तथा पर्यटकीय क्षेत्र, चिल्लागड ऐतिहासिक धार्मिक क्षेत्र, डुँडामारी सिमसार, नगरपालिका रिङ रोड, नगरपालिका जोड्ने लिङ्क रोड, नगर क्षेत्रकै फोहोर मैला व्यवस्थापनकालागि लेण्डफिल्ड बनाउँने तयारीका साथ जमिन खरिद भइसकेको लगायतका योजनाहरुलाई शिवसाताक्षी नगरपालिकाले गौरवका योजना अन्तर्गत राखेर गतिविधि गरिरहेको वताइएको छ ।

      नगरले यस आ.व.मा संचालन गरेका लक्षीत वर्गका योजनाहरुमा गुडिया बनाउँने, व्युटिपार्लर, उद्घोषण, परालको जुत्ता चप्पल बनाउँने, सिन्के धुप बनाउँने, सिलाइकटाई, महिला ड्राइभिङ, इमब्रोइडरी स्तरोन्नती वडा नं.४ र ५, ढाका र सिलाई वडा नं.८,९ र ११ , मोतिमाला निर्माण, महिला नेतृत्व तथा क्षमता विकास लगायतका तालिम सम्पन्न गरिसकेको वताइएको छ ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.