Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा वडास्तरीय फुटबल प्रतियोगिता, उद्घाटन खेलमा वडा नं.५ बिजयी
    खेलकुद

    कनकाईमा वडास्तरीय फुटबल प्रतियोगिता, उद्घाटन खेलमा वडा नं.५ बिजयी

    कनकाई खबरBy कनकाई खबर२०८० बैशाख १७, आईतवार ०३:१९ गते3 Mins Read


    कनकाई खबर \ झापाको कनकाईमा वडास्तरीय नकआउट फुटबल प्रतियोगिता संचालन भएको छ ।

    नेपाल खेलकुद महासंघ कनकाई नगर समितिको आयोजनामा संचालन भएको प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य एल.पी. साँवा लिम्वूले गरेका हुन् । महासंघका अध्यक्ष गोविन्द सुवेदीको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको उद्घाटन खेल कनकाईको वडा नं.५ र ९ विच भएको थियो । उद्घाटन खेलमा ० – ३ को गोल अन्तरले वडा नं.५ विजेता घोषित भएको खेल संयोजक पूर्ण लिम्बूले जानकारी दिए । वडा नं.५ का लागि रुचन लिम्बूले खेलको १२ मिनटमा एक गोल गरी आफ्नो टिमलाई अग्रता दिलाए । त्यस्तै खेलको १४औं मिनटमा विशाल राईले एक गोल गरेका थिए भने १६औं मिनटमा वडा नं.५ ले पाएको पेनल्टीको सदुपयोग गर्दै रुचनले नै अर्को गोल गर्दै पहिलो हाप अगाडी नै वडा नं.९ का विरुद्ध ३ गोल गरी सुरक्षित बनेको वडा नं. ५ अन्ततः विजेता घोषित बन्यो ।


    खेलको म्यानअफ द म्याच विजेता टिमका रुचन लिम्बू घोषित भए । उनलाई तुलसीबारीस्थित विहानी फर्निचर उद्योगका संचालक गणेश दहालले पुरस्कार स्वरुप रु.१ हजार नगद र ट्रफी प्रदान गरे । प्रतियोगिता कनकाई —५ स्थित तुलसीवारीको खेलमैदानमा संचालन भएको हो । नेपाल खेलकुद महासंघ कनकाई नगर कमिटीले वैशाख १६ देखि २३ गते सम्म संचालन गर्ने प्रतियोगिताको विजेताले नगद ३१ हजार र उपबिजेता टिमले नगद २१ हजार रुपैयाँ पुरस्कार सहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने महासंघका झापा सचिब शुक्रराज भण्डारीले जानकारी दिए । उनकाअनुसार कनकाई नगरका ९ वटै वडाको सहभागीता रहने प्रतियोगिताका प्रत्येक खेलमा म्यानअफ द म्याचको समेत व्यवस्था गरिएको छ ।


    ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जन स्वास्थ्य हाम्रो सरोकार’ भन्ने मुल नाराका साथ प्रतियोगिताको आयोजना गरिएको महासंघ कनकाई नगर कमिटी अध्यक्ष गोबिन्द सुवेदीले जानकारी दिए । युवाहरुलाई संगठित गर्दै खेलकुदको माध्यमबाट लागू औषध तथा दुब्र्यसनीको बाटोमा जानबाट रोक्दै अनुशासित र संस्कारयुक्त जीवन यापनमा अभिप्रेरित साथै सामाजिक जीवनमा स्थापित गर्ने उद्येश्यले प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष सुवेदीले बताए । खेल खेल्ने खेलाडीहरुको दिगो व्यवस्थापनकालागी सरकार गम्भिर हुनु जरुरी रहेको भन्दै महासंघ अध्यक्ष सुवेदीले युवा खेलाडीहरुको खेल क्षेत्र बाटै जिविकोपार्जनको माध्यम बन्नु पर्ने भन्दै सांसद साँवा मार्फत संसद भवनमा छलफलको विषय बन्नु पर्ने तर्फ जोड दिए ।


    महासंघ झापाका सचिवालय सदस्य एवं कनकाई वडा नं.२ का वडाअध्यक्ष प्रताप राईले संचालन गरेको औपचारिक कार्यक्रममा कनकाई वडा नं.५ का वडाअध्यक्ष कृष्णवहादु राई, कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष जविन तिम्सिना, समाजसेवी शेरवहादुर थापा, अखिल नेपाल महिला संघ जिल्ला कमिटी झापाको सचिवालय सदस्य सुनिता खरेल सिग्देल लगायतले प्रतियोगिताको सफलताको कामना गरे ।

    वडास्तरीय फुटबल प्रतियोगिता समापनपछि कनकाई नगर स्तरीय फुटबल टिम निर्माण गर्ने उद्येश्यका साथ खेलाडी छनौटकालागी सन्त रायमाझीको संयोजकत्वमा दिलकुमार कार्की, बाबुराम कोइराला,जीवन श्रेष्ठ र उज्वल वास्तोला सदस्य रहने गरी खेलाडी छनौट समिति गठन गरी जिम्मेवारी प्रदान गरिएको कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष जविन तिम्सिनाले जानकारी दिए । वडास्तरीय प्रतियोगिताको आइतवारको खेल वडा नं.–१ र वडा नं.– २ विच हुने खेल संयोजक पुर्ण लिम्वूले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.