Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्राकृतिक विपत्तीमा परेका कनकाई नगरबासीलाई राहत वितरणको सुरुवात
    आर्थिक

    प्राकृतिक विपत्तीमा परेका कनकाई नगरबासीलाई राहत वितरणको सुरुवात

    कनकाई खबरBy कनकाई खबर२०८० बैशाख १४, बिहीबार ०७:५४ गते2 Mins Read


    कनकाई खबर \ झापाको कनकाई नगर क्षेत्रमा प्राकृतिक विपत्तीमा परेका नगरवासीलाई राहत वितरण गर्न सुरुवात गरिएको छ ।


    गत चैत १७ गते आएको हावाहुरीसहितको असिना पानीले नगरवासीको बस्ने घर, पशुचौपायको गोठ साथै अन्नबालीमा समेत ठूलो मात्रामा क्षति पुर्याएपछि कनकाई नगरपालिकाको विपत व्यवस्थापन समितिको आकस्मीक बैठकमा भएको निर्णय अनुसार स्थलगत अध्ययन गरी राहत रकम वितरण गर्न थालिएको हो ।


    कनकाई नगरका क्षतिग्रस्त घरपरिवारलाई तीन भागमा विभाजन गरी पूर्ण, आंशिक र सामान्य क्षतिको विवरणका आधारमा राहत रकम वितरण गर्ने निर्णय भएअनुसार कार्य प्रारम्भ भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । सोही अनुरुप कनकाई नगरपालिका परिसरमा वडा नं. १ को वडासमितिले ५२ जनालाई राहत रकम वितरण गरेको छ ।


    कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, वडाअध्यक्ष सुशिलकुमार पोखरेलसहित वडाका जनप्रतिनिधिहरुको उपस्थितीमा पीडित परिवारलाई राहत रकम वितरण गरिएको हो । विपतको घडीमा वडाबासीलाई थोरै भए पनि स्थानीय सरकारका तर्फबाट मलप पट्टी गर्दै राहत प्रदान गरिएको कनकाई नगरपालिकाका प्रमुख पोखरेलले बताए । संघीय सरकारबाटै बजेट कटौती भएका कारण बजेट अभावमा नगरका धेरै काम हुन नसके पनि वडाको बजेटलाई प्राथमिकतामा राखेर सकेसम्म जनताको आवश्यक्तालाई सम्बोधन गर्न खोजीएको नगर प्रमुख पोखरेलले बताए । कनकाई नगर क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरेर थप राहत सुविधाकालागि संघ र प्रदेशमा समेत पठाइएको नगर प्रमुख पोखरेलले जानकारी दिए ।


    पहिलो चरणमा हावाहुरीसहितको असिनाले घरमा क्षति पुगेका परिवारलाई थोरै भए पनि राहत होस् भनेर राहत प्रदान गरिएको वडाअध्यक्ष सुशीलकुमार पोखरेलले बताए । वडामा पूर्ण क्षति भएका १८ परिवारलाई प्रतिपरिवार रू. १० हजार, आंशिक क्षति भएका १८ परिवारलाई प्रतिपरिवार रू.७ हजार ५सय र सामान्य क्षति भएका १६ परिवारलाई रू ५ हजारका दरले राहत रकम वितरण गरिएको वडाअध्यक्ष पोखरेलले जानकारी दिए ।

    कृषिबालीमा क्षति पुगेकाहरुलाई राहतका लागि सम्बन्धित निकायमा पहल भइरहेको र नगर तथा वडागत रुपमा प्राप्त प्रतिवेदनका आधारमा क्षति भएको मकै खेतीका लागि उन्नत जातको धानको विऊ उपलब्ध गराउने निर्णय भएको कृषि शाखा प्रमुख यदुनाथ उप्रेतीले जानकारी दिए । राहत रकम वितरण कार्यक्रममा कनकाईका शिक्षा शाखा प्रमुख पिताम्बर गौतम, वडा सदस्य निर्मला खड्का, हरिकुमार राई, दलबहादुर थापा, संजिता घतानी ल्वागुन, कर्मचारी लक्ष्मी अधिकारी लगायतको उपस्थिति रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.