Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » विषादीमुक्त अभियानमा कनकाई नगरपालिका
    समाचार

    विषादीमुक्त अभियानमा कनकाई नगरपालिका

    कनकाई खबरBy कनकाई खबर२०८० बैशाख १३, बुधबार १५:४७ गते3 Mins Read
        

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाले नगर क्षेत्रमा विषादीमुक्त अभियान संचालन गरेको छ ।


    कारितास नेपालको आयोजना एवं कनकाई नगरपालिकाको आर्थिक सहयोगमा नगर क्षेत्रमा बिषादी मुक्त सप्ताह संचालन गरिएको हो । एक विशेष कार्यक्रमका विच सप्ताह कार्यक्रमको समापन गरिएको छ भने विषादीमुक्त अभियानलाई निरन्तरता दिँदै अघि बढ्ने उद्घोष गरिएको छ । कनकाई नगरपालिकाको आर्थिक सहयोगमा कारितास नेपालले नगरका विभिन्न वडामा समूह निर्माण गरी जैविक तथा आइ.पि.एम. खेती प्रवद्र्धन कार्यक्रम संचालन गर्दै आएको छ ।


    सुरुङ्गा जेसीजको सभाहलमा विभिन्न समूहमा रहेका कृषकहरु सहभागी रहेको कार्यक्रमका अवसरमा उपस्थित सबैले हातमा प्ले कार्ड लिएर बजार परिक्रमा गरेका थिए । समृद्ध कनकाई हाम्रो रहर, विषादी रहित सुन्दर शहर लगायत विषादी प्रयोग गर्दा हुने हानीका बारेमा सचेतना जगाउँर्दै र्याली प्रदर्शन गरिएको थियो ।


    औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कारितास नेपालसँगको सहकार्यमा भएको कार्यक्रमले कनकाई नगर क्षेत्रलाई विषादीमुक्त नगर बनाउँन थप सहयोग पुगेको बताएका छन् । जनप्रतिनिधिका रुपमा स्थानीय तहको नेतृत्व सम्हाले यता कनकाईलाई विषादी मुक्त नगर बनाउँन विभिन्न कार्यक्रम संचालन गरिसकेको भएपनि पछिल्लो समय कारितास नेपालसँगको सहकार्यमा अभियानले तिव्रता पाएको नगर प्रमुख पोखरेलले बताए । विषादीका कारण क्यान्सर लगायत विभिन्न रोगबाट ग्रसीत बनेका नगरबासीको दयनीय अवस्थालाई मध्यनजर गर्दै कनकाई नगर क्षेत्रमा कृषि बालीलाई बिषादी मुक्त बनाउन केही वर्ष अघिदेखि नै कारितास नेपालसँगको सहकार्यमा नगरका विभिन्न वडामा सामुहिक अग्र्यानिक खेती संचालन गर्दै आएको नगर प्रमुख पोखरेलले प्रष्ट पारे ।


    “आई.पि.एम. प्रविधि अपनाऔं, दिगो कृषिमा टेवा पुर्याऔं”भन्ने मूल नाराका साथ कारितास नेपालले संचालन गरेको अभियानमा जैविक तथा आइ.पि.एम. खेती प्रवद्र्धन कार्यक्रमलाई प्राथमिक्ताका साथ अघि बढाइएको कारितास नेपाल कनकाईका वरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटीले जानकारी दिए । कारितास नेपालको आयोजना तथा कनकाई नगरको आर्थिक सहयोगमा कनकाई नगरलाई कृषि बालीमा बिषादी मुक्त गर्ने अभियानकालागि सप्ताहको आयोजना गरिएको कारितास नेपालका वरिष्ठ सामाजिक परिचालक शिवाकोटी बताउँछन् ।


    कार्यक्रममा कृषकहरुले उत्पादन गरेका विभिन्न तरकारी बालीमा कसरी बिषादी रहित बनाउने भन्ने बारेमा सचेतनामुलक नाटक प्रस्तुत गरिएको थियो भने विद्यार्थीहरुले समेत “रासायनिक बिषादी न्यूनीकरणमा विद्यार्थीको भुमिका” विषयक सचेतनामुलक वक्तृत्वकला प्रस्तुत गरेका थिए । वक्तृत्वकला प्रतियोगितामा हरिकुल नमुना माविकी छात्रा नुमा शेर्मा प्रथम, झापा मेरीगोल्ड अंग्रेजी मावीकी प्रिन्सा तिम्सिना दोस्रो र झापा मेरीगोल्डकै आदित्य बुढाथोकीले तेस्रो स्थान प्राप्त गर्न सफल भएकी थिइन भने पशुपति अंगे्रजी माविकी प्राप्ती गौतम चौथो भएकी थिइन् ।
    अगुवा कृषक भीमवहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कारितास नेपालका प्रादेशिक प्रवन्धक देवेन्द्र पोखरेलले सहभागीहरुलाई स्वागतसहित औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा कनकाई—२ का वडाअध्यक्ष प्रताप राई, वडा नं.—३ का अध्यक्ष युवराज चम्लागाईँ , कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्ट , कनकाई कृषि शाखाकी अधिकृत प्रियङ्का गौतम , कनकाई नगरपालिकाका बालमैत्री स्थानीय शासन बिज्ञ प्रजेश खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन कारितास नेपालका कृषि प्राविधिक टंकप्रसाद कट्टेलले गरेका थिए । स्थानीय जनप्रतिनिधि, विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको कार्यक्रममा कनकाई नगरपालिका क्षेत्रका विभिन्न वडामा रहेका कृषक समुह सहित अन्य पालिकाबाट समेत कृषकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.