Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गामा साँस्कृतिक पर्यटन प्रवद्र्धनसँगै दोस्रो फुड फेस्टिवल
    आर्थिक

    सुरुङ्गामा साँस्कृतिक पर्यटन प्रवद्र्धनसँगै दोस्रो फुड फेस्टिवल

    कनकाई खबरBy कनकाई खबर२०८० बैशाख ११, सोमबार १७:५० गते2 Mins Read

    कनकाई खबर \ झापाको सुरुङ्गामा दोस्रो फुड फेस्टिवल तथा साँस्कृतिक पर्यटन प्रवद्र्धन महोत्सव संचालन भएको छ ।

    होटल ब्यवसायी संघ झापाको आयोजना तथा संघको क्षेत्रीय समिति सुरुङ्गाको सह–आयोजनामा संचालन भएको महोत्सवको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले एक विशेष समारोहका विच उद्घाटन गरेका हुन् । होटल व्यवसायी संघ जिल्ला अध्यक्ष इन्दिरा श्रेष्ठको सभापतित्वमा सम्पन्न उद्घाटन विशेष समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथीका रुपमा रहेका कनकाई नगरपालिकाका प्रमुख पोखरेलले पर्यटन प्रवद्र्धनका क्षेत्रमा कनकाई नगरपालिकाले आफ्नो अभियान संचालन गरिसकेको बताए । कनकाईको समृद्धि नै पर्यटनबाट सम्भव हुने भन्दै कनकाई नगरपालिकाका प्रमुख पोखरेलले होटल व्यवसायी संघले संचालन गरेको महोत्सवले कनकाईको धार्मिक तथा साँस्कृतिक पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।


    कनकाई –३ सुरुङ्गास्थित कृषि उपज बजार क्षेत्रमा संचालन भएको फुड फेस्टिवल महोत्सव यहि वैशाख ११ गते सोमबारदेखी २३ गते शनिवार सम्म संचालन हुने महोत्सवको उद्घाटन गर्नु अघि विभिन्न जातजातीको आ–आफ्नो भेषभूषासहितको र्यालीले सुरुङ्गा बजार परिक्रमा गरेको थियो । भूकम्प र कोभिड महामारीबाट उठ्न नसक्दै आर्थिक मन्दीका कारण धरासायी बन्दै गरेका ब्यवसायीलाई चलायमान बनाउने उद्येश्यले महोत्सवको आयोजना गरिएको होटल ब्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले बताएकी छिन् । साथै महोत्सवले स्थानीय धार्मिक संस्कृति एवं प्राकृतिक पर्यटनलाई प्रवद्र्धन गर्ने समेत उद्येश्य राखेको बताइएको छ ।

    फुड फेस्टिवल महोत्सवमा राष्ट्रिय, अन्र्तराष्ट्रिय र स्थानीय स्तरका साथै जनजातीका संस्कृति र खानाका परिकार रहने होटल ब्यवसायी संघ झापाका सचिव तथा महोत्सवका संयोजक खेम ओलीले जानकारी दिए । महोत्सवमा विभिन्न जातजातीका आ—आफ्नै परम्परा साथै संस्कार झल्कने खानाको परिकारका स्टलहरु राखिएको संयोजक ओलीले बताए ।

    महोत्सवमा हरेक दिन स्थानीय तथा राष्ट्रिय कालाकारहरुको विशेष प्रस्तुती रहने आयोजक समितिले जनाएको छ । कार्यक्रम संयोजक ओलीले स्वागत गरेको औपचारिक कार्यक्रमको संचालन संघका महासचिव शिव पौडेलले गरेका थिए । कार्यक्रममा होटल व्यवसायी संघ केन्द्रिय समतिका उपाध्यक्ष रविन गौतम, संघको कोशी प्रदेश अध्यक्ष राजन दंगाल, राप्रपाका झापा जिल्लाा अध्यक्ष केशवप्रसाद ओझा, नेकपा एमाले जिल्ला सदस्य एवं कनकाई नगर ईञ्चार्ज रविन्द्र लम्साल, नेपाली कांग्रेसका जिल्ला सदस्य लिलाप्रसाद चिमरीया लगायतले लामो समयदेखि बन्द निषेधित शान्ती क्षेत्रका रुपमा छ्ट्टै पहिचान बनाएको कनकाई नगरीमा संचालन भएको दोस्रो फुड फेस्टिवल तथा साँस्कृतिक पर्यटन प्रवद्र्धन महोत्सवले आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । महोत्सवमा हरेक दिनको बेलुकी संचालन हुने साँस्कृतिक विशेष कार्यक्रमको संचालन संचारकर्मी अनुप भण्डारीबाट हुने भएको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.