Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » आर्थिक सम्बृद्धि नै विकासको आधार हो, झापालीले गफ होइन काम गरेर देखाउनुपर्छः सांसद साँवा
    समाचार

    आर्थिक सम्बृद्धि नै विकासको आधार हो, झापालीले गफ होइन काम गरेर देखाउनुपर्छः सांसद साँवा

    कनकाई खबरBy कनकाई खबर२०७९ चैत्र २७, सोमबार ०२:०५ गते3 Mins Read

    काठमाडौं \  नेकपा एमालेका प्रतिनिधिसभाका सांसद एलपी साँवा लिम्बूले झापालीले गफ होइन काम गरेर देखाउनुपर्ने बताएका छन् ।


    काठमाडौंको अनामनगरमा शनिवार आयोजित झापा सेवा समाजले प्रकाशन गरेको भित्तेपात्रो वितरण तथा नयाँवर्ष २०८० सालको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै झापाको क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद् साँवाले झापालीको बारेमा एउटा राम्रो इतिहास भएकाले त्यसलाई थप पुष्टि गर्न काम गरेर देखाउनुपर्ने खाँचो रहेको बताए । ‘झापाली भनेपछि सबैले पत्याएका छन्, हामीमा सबैको विश्वास पनि छ त्यसैले कामको माध्यमबाट हामीले अरुलाई पनि प्रभावमा पार्नुपर्छ’ उनले भने ‘हामी एकजुट हुने हो भनें केही पनि असम्भव छैन त्यस्ता धेरै उदाहरण मसँग छन् ।’ झापा ४ बाट २०७४ सालको प्रतिनिधिसभाको र अहिलेको निर्वाचनमा पनि अत्यधिक मत ल्याएर निर्वाचित भएका उनले राम्रो काममा सबैको समर्थन आवश्यक भएको बताए ।


    कहिलेकाहीँ आपसमा खुट्टा तान्ने प्रवृत्ति गलत भएको भन्दै उनले आलोचनाबाट माथि उठेर जिल्ला र देशको विकासमा ध्यान केन्द्रित गर्न आग्रह गरे । उनले सोलार प्लान्ट निर्माण गरेको प्रसंग कोट्याउँदै भने ‘एक पटक हामीले केही गरौं भनेर छलफल थाल्यौं, सबैको सल्लाहमा सोलार प्लान्ट निर्माण गर्ने र त्यसबाट आम्दानी गर्न सकिन्छ भन्ने भयो, अरु तदर्थ समितिको अध्यक्ष बस्न मानेनन् र मलाई नै जिम्मा दिए, गर्दागर्दै अब त्यसबाट आम्दानी हुने बेला भइसकेको छ ।’ आफूसँग पर्याप्त दृष्टिकोण भएकाले राम्रो कामको लागि सबैसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको उनले बताए । केही काम गर्न खोज्दा आलोचना गरिहाल्ने र असफल पार्न खोज्ने बानी सच्याएर सकारात्मक बन्नसमेत सबैलाई आग्रह गरे ।


    युवा र दक्ष जनशक्ति बिदेशिने क्रम रोक्न राज्य र नागरिक दुबै पक्षले आ आफ्नो स्थानबाट योगदान गर्न आवश्यक रहेको पनि उनले बताए । आर्थिक सम्बृद्धि विना विकास सम्भव नभएकाले उत्पादन मुलक काम गर्नुपर्नेमा पनि उनको जोड थियो ।


    सधैं जनताको दुःख सुखमा सहभागी हुँदै आएका उनले जनताले आफूलाई दिएको विश्वास साकार पर्ने बताए । उनले झापा सेवा समाजलाई अघि बढाउन आफ्नो तर्फबाट पूर्ण रुपमा सहयोग हुने भन्दै थपे ‘समाज चुप लागेर बस्नु हुँदैन, केही गर्न सकिएन भनें हाम्रो अर्थ हुँदैन त्यसैले जे सकिन्छ त्यो गरिरहनुपर्छ ।’

    सम्बोधनका क्रममा उनले झापामा जन्मिएर काठमाडौंमा कर्मथलो बनाएकाहरुलाई सबैभन्दा धेरै बासस्थानका लागि कोठा पाउन नै गाहे हुनेगरेको र पाईहाले पनि केहि घरधनीको व्यावहारका कारण समस्या आएको घटनालाई कोट्याउदै त्यसको समाधानका लागि आर्थिक सम्बृद्धिको बाटोमा लागेर नयाँ तरिकाबाट समस्याको समाधान खोज्नुपर्ने बताए । उनले भने, बस्नलाई कोठा भाडामा पाईदैँन, या गेट, पानी फोहर बिजुली जस्ता कुराबाट बहालमा बस्नेलाई दुःख दिईन्छ भने आर्थिक उपार्जनको काम गरेर आफै बनाउने तर्फ लाग्नुपर्छ । तर आर्थिक उन्नति सुतेर आउदैँन ।

    यस्तै अधिवक्ता स्वागत नेपालले देश र जनताका समस्या हटेर जानको साटो झन् विकराल अवस्था सिर्जना भई देश नै आर्थिक संकटमा परेका बेला नयाँ बर्ष मनाउनुको खासै अर्थ नरहने बताए । उनले काठमाडौंलाई कर्मथलो बनाएका झापाली एक जुट भएर काम गर्नुपर्ने पनि बताए । समाजका अध्यक्ष लक्ष्मण भण्डारीले झापाको हकहितमा मात्र नभएर देशकै लागि केही गरौं भन्ने उद्येश्यले समाजको स्थापना गरिएको बताए । उनले कसैबाट आर्थिक संकलन नगरेकाले समाज सञ्चालनमा समस्या भएको बताए । उनले समाज विशुद्ध रुपमा सबैको साझा भएकाले समाजमा आवद्ध हुनसमेत सबैलाई आग्रह गरेका छन् ।

    कार्यक्रममा झापा घर भई काठमाडौं उपत्यकासहित वरपर बस्दै आएका विभिन्न पेशा र व्यावसायमा सहभागी भएकाहरुको उपस्थिति रहेको थियो ।
    समाजले विभिन्न दैवीप्रकोपका घटनाका साथै देशमा परेको असहज अवस्थामा पनि आफ्नो तर्फबाट सम्बन्धित क्षेत्रमा पुगेर सहयोग गर्दै आएको अध्यक्ष भण्डारीले जनाए । समाज २०७४ सालमा स्थापना भएको हो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.