Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दोमुखा सहकारीले वार्षिक उत्सवमा सहयोग सामाग्री वितरण
    समाचार

    दोमुखा सहकारीले वार्षिक उत्सवमा सहयोग सामाग्री वितरण

    ramBy ram२०७६ असार २५, बुधबार १५:३२ गते2 Mins Read

     

      सुरुङ्गा / कनकाई नगरपालिका ३ सुरुङ्गास्थित दोमुखा बहुउद्येश्यीय सहकारी संस्था लि.ले विभिन्न उपयोगी सहयोग सामाग्री वितरण गर्दै संस्थाको २१ औं वार्षिक उत्सव मनाएको छ ।

       विहान बेलुका हातमुख जोड्न धौ धौ परिरहेका अति विपन्न समुदायका असक्त, अपाङ्ग, वृद्धवृद्धाको पहिचान गरी कनकाई ४ स्थित कोटीहोम क्षेत्रमा आश्रय लिईरहेका ३० जाना सर्वसाधारणलाई मंगलवार सहकारी संस्थाको तर्फवाट खाद्य सामाग्री वितरण गरिएको हो । संस्थाकी उपाध्यक्ष एवम् वार्षिक उत्सव समारोह संचालन समितिकी संयोजक गोमादेवी निरौला ढुङ्गेलको सभापतित्वमा कोटीहोम परिसरमै कार्यक्रमको आयोजना गरि सहयोग सामाग्री वितरण गरिएको हो । वार्षिक उत्सवकै अवसरमा संस्थाले कनकाई २ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र धनुषकोटी धाममा संचालित संस्कृत पाठशालामा अध्ययन गर्ने १३ जना विद्यार्थीहरुलाई आवश्यक पुस्तक, लत्ताकपडा एवम् खाद्य सामाग्री वितरण गरेको संस्थाका व्यवस्थापक रमेश बारकोटीले वताएका छन् ।

       पाठशाला परिसरमै आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथी कनकाई २ का वडाअध्यक्ष परशुराम गिरीले सहयोग सामाग्री वितरण गरेका हुन् । दुवै स्थानमा सामाग्री वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथी वडाअध्यक्ष गिरीले सामाजिक क्षेत्रमा सहकारीले गरेको यस किसिमको सहयोगले स्थानीय सरकारलाई समेत सचेत गराएको भन्दै खुशी व्यक्त गरेका छन् । हरेक वर्ष सहकारी संस्थाले आफ्नो वार्षिक उत्सवको अवसरमा सामाजिक गतिविधीमा सक्रियता देखाउँदै अघि बढ्ने जनाएको छ । संस्थाका सचिव भरत थपलियाले स्वागत तथा लेखा समिति सदस्य तेजवहादुर प्रधानले संचालन गरेको कार्यक्रममा सुकेडाँगी सामुदायिक वनका अध्यक्ष भक्तवहादुर पौडेल, प्यारागन एकाडेमीकी संस्थापक अध्यक्ष चम्पा सुवेदी लगायतले मन्तव्य राख्दै सामाजिक क्षेत्रमा सहकारी संस्थाले गरेको कार्यको प्रशंसा गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.