कनकाई खबर \ सहारा नेपाल साकोसको २८ औं वार्षिकोत्सवको अवसरमा सेवाकेन्द्र शिवगन्जले दुधे–शिवगन्ज सडक खण्डमा जेब्रा क्रसिङ निर्माण गरेको छ ।

दुधे–शिवगन्ज सडक खण्डको सवारी चाप र आम मानिसको सुरक्षालाई मध्यनजर गरी सो क्षेत्रका विभिन्न ७ स्थानमा जेब्रा क्रसिङ निर्माण कार्य सम्पन्न गरेको सेवा केन्द्रका प्रमुख नारायण पौडेलले जानकारी दिए । पुर्व पश्चिम लोकमार्गको दुधेबाट दक्षिण तर्फ शिवगन्ज– कुन्जीबारी हुँदै भारतसँग सिमान जोडिएको यो सडक खण्डमा सबै किसिमक सवारी साधन ओहोर–दोहोर भइरहने भएकाले जेब्रा क्रसिङ निर्माणले सवारी दुर्घटना न्युनीकरणमा थप मद्दत पुग्ने विश्वास गरिएको सेवा केन्द्र प्रमुख पौडेल बताउँछन् ।
सेवाकेन्द्र सहयोग समितिका संयोजक विमल बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्राको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी थोप्राले जेब्राक्रसिङ् निर्माणको कार्य हेर्दा सानो काम जस्तो देखिएपनि यसले सांकेतिक रुपमा हरेक सवारी चालक साथै पैदलयात्रीहरु सबैमा अनुशासनको पाठ सिकाउँने भएकाले यो काम आँफैमा ठूलो महत्वको भएको बताएका छन् ।लामो इतिहास बोकेको एक सफल र सुदृढ संस्थाका रुपमा आफ्नो पहिचान बनाएको सहारा साकोस वित्तिय कारोबारका क्षेत्रमा मात्र सिमित नभइ सामाजिक क्षेत्रमा समेत अब्बल दर्जाको संस्था भएको भन्दै नगर प्रमुख थोप्राले सहारा साकोसको खुलेर प्रशंसा गरे ।

शिवगन्ज सेवा केन्द्रका सहयोग समिति सदस्य वृहस्पति गुरागार्इँले संचालन गरेको औपचारिक कार्यक्रममा सहारा नेपाल साकोसका क्षेत्रीय संयोजक लोक बहदुर रोक्का, इलाका प्रहरी कार्यालय शिवगन्जका प्रमुख नारायण कुँवर, ट्राफिक प्रहरी प्रमुख निर बहादुर बिक, सहयोग समिति सदस्यहरु साथै स्थानीय सरोकारवाला व्यक्तित्वहरुको समेत सहभागीता रहेको थियो ।