Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा खानेपानी निर्वाचनको स्वतन्त्र प्यानलले निर्वाचन खर्च गर्यो सार्वजनिक
    आर्थिक

    सुरुङ्गा खानेपानी निर्वाचनको स्वतन्त्र प्यानलले निर्वाचन खर्च गर्यो सार्वजनिक

    कनकाई खबरBy कनकाई खबर२०७९ चैत्र २२, बुधबार ०७:३५ गते2 Mins Read


    कनकाई खबर \ सुरुङ्गा खानेपानीको हालै सम्पन्न निर्वाचनमा स्वतन्त्र प्यानलका तर्फबाट अध्यक्षमा निर्वाचित भएका भीमप्रसाद अधिकारीको नेतृत्वमा रहेको स्वतन्त्र समूहले निर्वाचनमा भएको आयव्यय विवरण सार्वजनिक गरेको छ ।


    निर्वाचन परिचालन कमिटिका संयोजक शम्भुप्रसाद ढकाल सुस्केराको अध्यक्षता एवं स्वतन्त्र समाजसेवी शेरवहादुर थापा, नवनिर्वाचित अध्यक्ष भीमप्रसाद अधिकारी सहितको उपस्थितीमा बसेको समूहको बैठकमा कमिटिका आर्थिक संयोजक रमेशचन्द्र मैनालीले स्वतन्त्र प्यानलका तर्फबाट भएको आयव्यय विवरण सार्वजनिक गरेका हुन् । निर्वाचनमा फजुल खर्च नगरी मितव्ययीता अपनाउँने उद्घोषका साथ निर्वाचनमा होमीएको स्वतन्त्र प्यानलले निर्वाचनमा भएको खर्चको आयव्यय विवरण सार्वजनिक गरेसँगै अन्य सबैकालागि मार्गनिर्देश भएको बताइएको छ । निर्वाचनमा भएको खर्च जनतासँग अनुमोदन गराउँने प्रयासमा लागेको स्वतन्त्र समुहको यो कार्यले निरन्तरता पाउँन सकेमा मात्र अभियान सफल हुने विश्वास गरिएको छ / बैठकमा सहभागी सबैबाट नवनिर्वाचित अध्यक्ष अधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गरीएको थियो ।


    निर्वाचन परिचालन कमिटिका आर्थिक संयोजक मैनालीले दिएको जानकारी अनुसार निर्वाचनमा उम्मेद्वारसहित केही सहयोगी मनहरुबाट प्राप्त भएको जम्मा ५७ हजार ५ सय रुपैंया मध्ये ५२ हजार ३ सय ७५ खर्च भएको हो । बचत रहेको ५ हजार १२५ रुपैंयाँ सामाजिक क्षेत्रमा खर्च गर्ने योजना रहेको संयोजक मैनाली बताउँछन् ।


    संयोजक मैनालीले दिएको जानकारी अनुसार स्वतन्त्र समुहको निर्वाचन परिचालनकालागि समुहका अग्रज व्यक्तित्व शेरवहादुर थापाबाट रु.१० हजार, धनवहादुर बोगटीबाट रु.५ हजार, माधव पोखरेलबाट रु.३ हजार, कृष्णप्रसाद चुडालबाट रु.५ हजार, गोमा निरौला ढुङ्गेलबाट रु.३ हजार, भिमप्रसाद अधिकारीबाट रु.५ हजार, राजकुमार फुयालबाट रु.३ हजार, देवीमाया न्यौपाने भण्डारी रु.३ हजार, खड्गप्रसाद चुडाल रु.१ हजार, वासुदेव निरौला रु.१ हजार, विन्दुराज दहाल रु.१ हजार, डिल्लीराम बाह्रकोटी रु.५ सय, खेमराज अधिकारी रु.५ सय, रमेशप्रसाद मैनाली रु.२ हजार, शम्भुप्रसाद ढकाल सुस्केरा रु.१ हजार, टिका ओली रु.१ हजार, मोहन थापा रु.१ हजार, नन्द चुडाल रु.१ हजार, दिननाथ खतिवडा रु.१५ सय, पूर्णवहादुर बेडारी रु.१ हजार, तीलचन्द्र उप्रेती रु.५ हजार, खगप्रसाद प्रसाईँ रु.३ हजार रहेको छ ।


    खर्च तर्फ पिउने पानी २ काटन रु.३ सय, टेन्ट रु. ५ हजार, कैंची रु.१७५, अटो र सिटी भाडा रु.२ हजार, खाना रु.३५सय, नास्ता रु.९ सय, प्रचार प्रसार रु.३५ सय, प्रेस रु.३३ हजार र पत्रपत्रिका रु.४ हजार गरी जम्मा खर्च ५२ हजार ३७५ रहेको आर्थिक समिति संयोजक मैनालीले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.